Sunday, May 7, 2017

त्यो साँझ ८ बजेको कल…

टिंग … टिंग … मोबाइलमा घन्टी बज्यो करिब ८ बजे राति । Contact भन्दा बाहिरको थियो, एकछिन सोँचे उठाउ कि नाई घन्टी एकनास नै बजेकोले उठाउन बाध्य भए । हेल्लोको अपेक्षा थियो, तर कान नै झनन्न हुने गरि आवाज आयो ‘ओइ तलाई लाज कत्ति पनि छैन है’

हत्त न पत्त आफ्नो जिउ हेरें ऐनामा । अनि एक नजर झ्यालमा कतै म लुगा खोलेर त बसिन भनेर लुगा जिउ मै पाए मन केहि ढुक्क भयो ।

एकछिन सम्म पनि फोनमा स्वर उस्तै थियो त्यत्तिकै ‘लाज नभएको नकचरा! म अक्क न बक्क हुँदै मौन जवाफ दिए ‘हेल्लो, हजुर’ । (कसैले नसुन्ने आवाजमा आफ्नै मनले) फेरी उतैबाट आवाज आयो ‘ओइ चुप बस लाज छैन है तलाई, भागेर सुख पाउँछु भन्दै छस्, तँ जहाँ भएपनि समात्न सक्छु बुझिस तैले मलाई चिनेको रहेनछस्’ म अझै अक्क न बक्क नै थिए निशब्द भएर ।

बोल्न आँट नआएको होइन तर म सँग त्यस्तो पागल्नीसँग बोल्ने कुनै शब्द नै थिएन त्यसैले चुप बसे । एकछिन सायद चुप बस्नु मेरो कमजोरी पो सम्झ्यो क्यारे पागलनीले । अब बोल्न कर नै लगेपछि न बोलि म पनि कहाँ बसे र ? अनि भनि दिए ‘मेरी प्यारी कान्छीलार्इ म नचिनौं ला र ?


विनिता रेग्मी
उताबाट रिसको फोहरा फुट्यो र अघिभन्दा अलि बढी बोलिमा वृद्वि भएछ, ‘ओइ साले के सोचिस हँ मलाई झन् राम्रो मुखले बोलेको त मत्तिन्छ्स ।’

म झन् तीन छक्क, उसको पहिलेको बोलि त राम्रो पो अरे । अब झन् खुल्दुली भयो मलाई त्यो पागलनी हेर्नलार्इ खुल्दुली हुँदाहुँदै पनि पागलनीसँग बोल्ने मेरो केहि शब्द नै थिएन अनि आफैँले फोन काटिदिए ।

काटेर पनि सुख कहाँ पाइयो र फेरी कान खाने गरि बज्न थाल्यो टिंग……………. एकोहोरो टिंग… टिंग…ले फोन उठाउन कर नै लाग्यो, मलाई पहिले कै आवाज आयो ‘फोन काट्छस् जत्ति चोटी काट्छस् त्यति नै गर्छु बुझिस् ।’

विस्तारै मैले भने ‘हस हजुर हस’

‘खुब चेपारो बन्दै गएको थिइस् नि चाँडै आएर तिर्छु भन्दै, आज ४ महिना बितिसक्यो तेरो चाँडै अझ आएन है’ म यसै त छक्क झन् छक्क परे । जीवनमा आफूले थाहा पाएसम्म कसैको सामान लिएको या कसैसँग पैसा सापट लिएको याद भएन् अब यो क तिर्नुपर्ने भन्दै छे यो पागल्नीले सोच्न थाले ।

‘भोलि खुरुक्क आइनस् भने जानेको छु’ उसले भनि ।

‘कहाँ आऊ त हजुर म ?’ आफूले पनि साहस जुटाएर बोले ।

‘अब कहाँ बसको त्यो कुरा पनि भुलिस् होला है’

‘हो त भुले अब क गर्नु त ?’ म पनि के कम थर्काउने स्वरमा भने

लाग्यो पक्कै पनि रिसले मुर्मुरी होलि । आँखा रातोरातो ठूलो पारि होलि । तृष्णा चाहिँ एकदम नै जाग्यो त्यो रूपमा त्यस पागल्नीलाइ हेर्ने ।

‘प्लिज सरी ल’ हात जोड्दै मधुर आवाजमा भनि मेरो हाँसो फुस्कियो । उसको त्यो निश्चल मनले मागेको माफीबाट मैले भने ‘इट्स ओके’ ‘तर मेरो कानको चाहिँ चेकअप गरिदिनु पर्छ है ।’

‘म त घर आउँदिन् अन्तै कतै भए चाहिँ आउँछु त्यहि पनि भोलि होइन पर्सि मात्र’

पागल्नीको अलि रिस मरेछ, क्यारे हल्का कट्किँदै’ हुन्छे । एक दिनलार्इ समय दिए ।

हाम्रो भेट्ने ठाउँ तय भयो तोकिएको दिन म भेट्न जानको लागि लुगा लगाएर तयार भए मनमा कौतुहलता उठिरहेको थियो । कस्ती होलि ति पागल्नी भन्ने म १५ मिनेट अगाडिीनै त्यस ठाउँमा पुगेर प्रतिक्षा गर्न लागे ।

परबाट एउटा निलो रंगको स्कूटरमा निलो हेल्मेट लगाएर आउँदै गरेको एउटा केटि देखे । म त्यो स्कूटर चलाउनेलार्इ नियाल्दै थिएँ साँच्ची नै कडा स्वर भएकी पागल्नीले मेरो मुटुको ढोका गर्दै थिई ढक.. ढक .. उसले खोजेकी मान्छेलार्इ यताउता नजर लगाउँदै खोज्दै थिएँ ।

म चाहिँ परबाट उसको सुन्दरता नियाल्दै थिए, ठिक्क कि अग्ली, पातली, गोरी, वर्णकी पागल्नी । उसले खोजेको मान्छे त्यहाँ नदेखेर उसको मुहारमा रिस देखिँदै थियो । फेरी लाग्यो पागल्नी यहि नै हो कि होइन भन्ने ।

पुरै पागल्नी यहि नै हो भन्ने यकिन गर्न मैले उसको मोबाइलमा फोन गरें, उसले हत्त न पत्त आफ्नो गोजी छामी मैले उत्तिनै खेर मोबाइल बन्द गरिहाँले, उसले आफ्नो मोबाइल हेर्न थाली सायद नचिनेको मोबाइल नम्बर देखेर चुप बसी, उसले भेट्न बोलाएको मान्छे नभएर होला सायद ।
तर, मोबाइल चाहिँ हातमै गिइराखी, मैले यसैगरी ३र४ चोटी कल गरे, चौथो पटक त्यही नम्बरबाट मलाई कल आयो ‘हेलो’ मात्र के भनेको थिए, ‘किन पटक–पटक कल’ को हो तपाई ?’

म त त्यहि बेहोस् होला झैँ भएँ, एकछिन त त्यो मधुर आवाजले अस्तिको त्यो मेघ गर्झेझैँ आवाज आज यो बोलि आकाश जमिनको फरक पाए अनि म पनि नम्र भाषामा जवाफ दिए, ‘मलाई तपाईले नै त हो नि बोलाउनुभएको भेट्नलार्इ’ भन्दै उसको अघि उभिए उ छक्क परेको मुहारले मलाई हेर्दै थिई, मलाई चाहिँ उसको मुहारले मोहनी लगाउँदै थियो उ पनि निन्द्रामा नै कसैलाई देखि झैँ लाग्यो मैले साहस बटुलेर बोलि फुटाए ‘नमस्कार’ !

आज उनी म सँगै मेरो बेडरुममा म सँगै छे । मेरो ३ बर्षको छोरा कि आमा बनेर म सधै टेलिकमको आभारी छु, मलाई पागल्नी प्रसादको रूपमा दिएकोमा ।

‘नमस्कार’ सानो स्वरले बोलि, आँखा चाहिँ म मा नै थियो, एकैछिनमा झसङ्ग हुँदै कराई ‘किन नमस्कार ? मैले तपार्इंलाई चिनेको छैन्, चिन्नु न जान्नु किन बोलाउनु तपाईलार्इं भेट्न ?’

म पनि मायालु परिधिबाट बाहिर निस्केर अलि कड़क हुँदै बोले ‘भेट्न आइनस् भने जानेको छु भन्ने पनि आफैँ अनि अहिले चिनेको छैन भन्ने पनि आफैँ के हो यो पारा ?’

दुवैतर्फ एकछिन वातावरण मौन भयो, मैले आफ्नो मोबाइलबाट अस्ति भएको कुराकानीको समय देखाए, त्यसपछि पागल्नी बल्ल लाजले रातो भइलाग्थ्यो । मुस्ताङ्गको स्याउझैँ क्वाप्प टोकी हालु । लाजले भुतुक्क हुँदै सानो स्वरले भनि ‘सरि’

‘मैले अलि बुझिन् है अस्ति रातिदेखि मेरो कानको जालीले अलि काम गरेको छैन् ।’

‘प्लिज सरी ल’ हात जोड्दै मधुर आवाजमा भनि मेरो हाँसो फुस्कियो । उसको त्यो निश्चल मनले मागेको माफीबाट मैले भने ‘इट्स ओके’ ‘तर मेरो कानको चाहिँ चेकअप गरिदिनु पर्छ है ।’

अलि जिस्कने भावमा भनि उनको त्यो जिस्कने भावको ‘खुब’ मलार्इ साँच्ची नै औधी मनपर्यो । ‘खुब न होला’ लौ खा म पनि जिस्कने मुडमा आइहाले एकछिन दुवै जना हाँस्यौ ।

दुवै जनामा परिचय आदानप्रदान भयो । खास कुरा के रहेछ भने त्यस रात उनले आफ्नो घरमा भाडामा बसेर जाने एक जनालार्इ कल गरेकी रहिछे ।
जसले उनको घरको भाडा पछि आएर तिर्ने शर्तमा हिँडेको रहेछ । त्यो केटा निकै समयसम्म भाडा तिर्न नआएकोले उसलाई कल गरेकी रहिछे ।

तर टेलिकमको आशिर्वादले त्यो कल भानु या मलाई प्रसादको रूपमा मेरोमा कल लागेको रहेछ र नै हाम्रो संवाद चल्यो । आज उनी म सँगै मेरो बेडरुममा म सँगै छे । मेरो ३ बर्षको छोरा कि आमा बनेर म सधै टेलिकमको आभारी छु, मलाई पागल्नी प्रसादको रूपमा दिएकोमा ...

सरकारको नेतृत्व जेठ पहिलो साता परिवर्तन हुँदै, अब देउवा प्रधानमन्त्री

२४ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ पहिलो साता शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने भएका छन् । आलोपालो सरकारको नेतृत्व लिने दुई दलबीचको भद्र सहमति कार्यान्वयन गर्दै प्रचण्डले सत्ता हस्तान्तरण गर्ने माओवादीका वरिष्ठ नेताहरुले बताएका छन् ।

सहमति कार्यान्वयन भएमा अहिलेको सत्ता गठबन्धन पनि कायमै रहने उनीहरुले बताएका छन् ।
गत १९ साउनमा प्रधानमन्त्री प्रचण्ड चुनिनुअघि कांग्रेस–माओवादीबीच स्थानीय तह निर्वाचन प्रचण्डको नेतृत्वमा तथा प्रदेश र केन्द्रको निर्वाचन कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गर्ने भद्र सहमति भएको थियो । त्यतिखेर प्रचण्ड र देउवाले नौ–नौ महिना सरकारको नेतृत्व गर्ने समझदारी बनेको आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

सभामुखको चेतावनी- महाभियोग संसदको विशेषाधिकार, तीनवटै निकाय सीमाभित्र बसौँ

‘अदालतले विशेषाधिकारमा हस्तक्षेप गर्न मिल्दैन्’

काठमाडौं, २४ वैशाख । सभामुख ओनसरी घर्तीले संसदको विशेषाधिकार हनन् भएको भन्दै सबै व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका आ–आफ्नो क्षेत्राधिकारभित्र बस्नुपर्ने बताएकी छन् ।

नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आइतबार विशेष पत्रकार सम्मेलन गरेर घर्तीले महाभियोग लगाउने विषय संसदको विशेषाधिकार रहेको बताइन् । ‘महाभियोग कसरी अगाडि बढाउने भन्ने कुरा संसदको अधिकार हो’, सभामुख घर्तीले चेतावनीयुक्त शैलीमा भनिन्, ‘राज्यका तीनवटै निकाय आ–आफ्नो अवस्थामा बस्नु पर्छ ।’

सभामुख घर्तीले राज्यका तीन वटै निकायबीच टकरावको स्थितिमा जानु भनेको आन्दोलनहरूबाट प्राप्त उलब्धि गुम्ने खतरा हुने बताइन् ।

अहिले पनि केही नभएको भन्दै सभामुख घर्तीले भनिन्, ‘सहमति, सहकार्य र सम्वादबाट समस्याको समाधान गर्न सकिन्छ । सोही कारण आज १ बजे बोलाइएको संसदको बैठक जेठ ४ गतेसम्मका लागि स्थगित गरेको छु ।’

संसदमा अगाडि बढेको प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव र त्यसविरुद्ध सर्वोच्चका न्यायाधीश चोलेन्द्र शम्शेर जबरा राणाको इजलासबाट आएको आदेशपछि संसद र न्यायालयबीच तिक्तता बढेको थियो । सोही क्रममा सभामुख घर्तीले पत्रकार सम्मेलन गरेर संसदको विशेषाधिकारमा हस्तक्षेप नगर्न चेतावनी दिएकी हुन् ।-Dainik Nepal बाट

Saturday, May 6, 2017

यसकारण सभामुख ओनसरीलाई पनि महाभियोग लगाइदै

काठमान्डौ,२४ बैशाख- प्रतिपक्षको विरोधका बावजुद संसदमा प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध ल्याइएको महाभियोग प्रस्तावलाई अघि बढाउने क्रममा सभामुख ओनसरी घर्तीले संविधानको उल्लंघन गरेको देखिएको छ । सर्वाेच्चका न्यायाधीश चोलेन्द्र समशेर राणाको एकल इजलासले महाभियोग अघि नबढाउन अन्तरिम आदेश जारी गरेपछि सत्तापक्षले संसदको विशेषाधिकारमाथि अतिक्रमण भएको दावी गरेको छ । संविधानको धारा १०३ मा संसदको विशेषाधिकारबारे उल्लेख छ, जसमा संसदमा विचाराधीन रहेको कुनै पनि विषयमा हस्तक्षेप वा टिकाटिप्पणी गर्न नपाइने ब्यवस्था छ ।

धारा १०३ मा उल्लेखित संसद्को विशेषाधिकारको चर्चा गर्नेले संविधानको त्यही अध्यायमा रहेको धारा १०५ पढ्नु जरुरी छ । हो, धारा १०३ मा संसद्को विशेषाधिकारबारे उल्लेख छ र त्यो धाराको उपधारा ८ ले विशेषाधिकार उल्लङ्घन गर्नेलाई कैद र जरिवाना तोकेको पनि छ ।

ठीक त्यसैगरी अदालतको विशेषाधिकार उल्लेख गर्ने संविधानको धारा १०५ ले भनेको छ– नेपालको कुनै अदालतमा विचाराधीन मुद्दाहरुका सम्बन्धमा न्याय निरुपणमा प्रतिकूल असर पार्ने बिषय तथा न्यायाधीशले कर्तब्य पालनाको सिलसिलामा गरेको न्यायिक कार्यको सम्बन्धमा संघीय संसदको कुनै सदनमा छलफल गरिने छैन। यस्तो उल्लङ्घन अदालतको मानहानी हो ।

संसदले अदालतको मानहानी गर्दै विचाराधीन मुद्दाको कार्यक्षेत्र भित्र प्रवेश गरेपछि महाभियोगको सन्दर्भमा ‘फस्ट कमिटेड मिस्टेक’ अर्थात् पहिले गरिएको गल्ती गरिसकेको छ । यो गल्तीले अदालतको मानहानी गरेको छ । त्यो मानहानीलाई जोगाउन महाभियोग अघि नबढाउनु भन्ने आदेश जारी भएको हो ।
सभामुख ओनसरी घर्तीले संविधानको धारा १०५को ठाडो उल्लङ्घंन हुनेगरी सर्वोच्चमा विचाराधीन प्रहरी प्रमुख सम्बन्धी मुद्दालाई अधार बनाएर ल्याइएको महाभियोग प्रस्तावलाई संसदमा प्रवेश गराइन्। यो भन्दा लज्जास्पद अरु के हुन्छ ? उनले धारा १०५ को प्रतिकूल हुनेगरी ल्याइएको महाभियोग प्रस्ताव सीधा दरपीठ गर्नुपर्थ्यो। यसो नगरेबापत ओनसरी बिरुद्द नै महाभियोग प्रस्ताब लैजान सकिन्छ, किनभने उनले संविधानको उल्लङ्घन गरेको प्रस्ट छ। यद्यपि प्रतिपक्षी दलहरुले यसबारे संसद र सार्वजनिक स्पेसमा बृहत्तर छलफल नगरी हचुवाका भरमा गम्भीर कदम चाल्नु हुँदैन, चाल्ने छैनन् भन्ने विश्वास गर्न सकिन्छ।

धारा १०५ त्यसबेला मात्र खण्डित हुन सक्छ जुनबेला अन्य कारणले महाभियोग लगाइएको भए पनि फैसला गरिएका मुद्दामा बदनियत देखिने प्रमाण जुटेको होस् । यहाँ त त्यो विचाराधीन मुद्दाको फैसला आएको छैन, त्यही फैसलामा आफू अनुकूल निर्णय गराउन प्रधानन्यायाधीशलाई अदालत जानबाट रोक्ने दाहाल-देउबाको दुराशय पो प्रमाणित हुन्छ।

धारा १०५ को थप ब्याख्या संविधानमा उल्लेख छ। उक्त प्रतिवन्धात्मक वाक्यांशले भन्छ: महाभियोगमाथि छलफल हुँदा भने अदालती फैसलाका बारेमा पनि छलफल गर्न सकिन्छ।

यसको अर्थ हुन्छ, अदालती फैसलाका बिषयमा संसदमा छलफल हुने अवस्था महाभियोग लागेको अवस्थामा मात्र हो। तर कुनै न्यायिक फैसलालाई आधार बनाएर महाभियोग लाग्ने संवैधानिक आधार त छँदै छैन।

शक्ति पृथकीकरणको लोकतान्त्रिक मान्यता त्यसबेला मात्र रक्षा गर्न सकिन्छ जब राज्यका तीनवटै अंगले आफ्नो संवैधानिक सीमा बुझेर त्यस अनुरुप कार्य गर्छन्। कार्यपालिकाको प्रकृति नै शक्तिको अभ्यास गर्ने हो। यस्तो अभ्यास गर्दा जनताका अधिकार कुण्ठित हुने, अधिकारको दुरुपयोग हुने सम्भावना भएकैले त्यसको नियोजनका लागि ब्यवस्थापिका र न्यायालयलाई अधिकार दिइएको हो ।

भनाई छ– सबै शक्ति भ्रष्ट हुने सम्भावना हुन्छ, निरंकुश शक्ति अवश्य भ्रष्ट हुन्छ । शक्तिको स्वभाव बिस्तार हुने, फैलिन खोज्ने र दमन गर्ने हुन्छ । कार्यपालिकालाई दिइएको संवैधानिक शक्ति जनताको हितमा प्रयोग गर्नका लागि हो । जतिबेला न्यायालयमा उक्त शक्तिको दुरुपयोग सम्बन्धी फिराद जान्छ, अदालतले त्यसको न्यायिक पक्ष जांची तदनुरूप फैसला दिन्छ। त्यो फैसला कानुन सरह मान्य हुन्छ ।

शक्ति पृथकीकरणको सिद्धान्तलाई मान्ने हो भने ब्यवस्थापिकाले कानुन बनाउने, कार्यपालिकाले उक्त कानुनको कार्यान्वयन गराउने र न्यायपालिकाले त्यस कानुनको ब्याख्या गर्ने हो । संविधानका धारालाई आफू अनुकुल ब्याख्या गरेर भ्रम छर्ने काम कार्यपालिका वा ब्यवस्थापिकाले गर्न पाउँदैन । ती धाराहरु कतिबेला र कुन अवस्थामा कसरी आकर्षित हुन्छन् भन्ने तथ्य न्यायपालिकाले भने अनुसार हुने हो ।

नवराज सिलवाल सम्बन्धी मुद्दाका प्रारम्भिक चरणमा कानुनको ब्याख्या मार्फत अदालतले देखाएको ‘कार्यपालिकाको शक्ति असिमित बिस्तार गर्ने चाहना’लाई नियोजित गर्ने यही कार्य दाहाल-देउबालाई मन नपरेको हो। उनीहरुलाई मन नपरेपछि सभामुख ओनसरी घर्तीलाई पनि त्यस्तै लाग्नुपर्ने ? उनले कानुन र संविधानको पालना गर्नु नपर्ने ?

धारा १०३ मा उल्लेखित संसद्को विशेषाधिकारबारे अहिले आएका ब्याख्या सत्तारुढ हरुको इच्छा र चाहना बमोजिम आएका छन्। अदालतले गरेको कुनै पनि न्यायिक फैसला संसद्को विशेषाधिकार उल्लंघन मान्ने सोच अहिलेका सत्तारुढमा देखिएको छ। यो उनीहरुको सोचको दरिद्रता मात्र हो । यस सम्बन्धी अन्तिम ब्याख्या र फैसला गर्ने अधिकार पनि अदालतमा नै निहित छ। दाहाल, देउबा र ओनसरीले के बुझ्नु जरुरी छ भने सर्वोच्च अदालत मात्र संविधानको अन्तिम व्याख्याता हो, उनीहरुले नियुक्त गरेका वकिल होइनन्। चक्रपथ डटकम बाट

Thursday, May 4, 2017

राजीनामा फिर्तापछि निधिले गरे महाअभियोग प्रस्ताव फिर्ता हुने संकेत

काठमाडौं, २१ बैशाख । उपप्रधान एवम् गृहमन्त्रीबाट दिएको राजीनामा प्रस्ताव फिर्ता लिएसंगै विमलेन्द्र निधिले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग फिर्ता हुन सक्ने संकेत दिएका छन् ।

जनकपुर विमानस्थलमा पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री निधिले महाअभियोगबारे छलफल हुन सक्ने बताएका छन् ।
उनले संविधान संशोधन र महाअभियोग फिर्ताको विषयमा अब छलफल केन्द्रीत हुने धारणा राखे ।

सोहीअनसरमा बोलदै निधिले मधेस मुद्दाको सम्बोधन, स्थानीय निर्वाचन र देश र जनताको आवश्यकताको जिम्मेवारीलाई ध्यानमा राख्दै मन्त्री पदबाट दिएको राजीनामा फिर्ता लिएको बताएका छन् ।

उनले महाअभियोग प्रस्ताव दर्ता र आइजीपी नियुक्तिमा आफ्नो असहमति भएपछि राजीनामा दिएपछि नेपाली काँग्रेसका सभापति र प्रधानमन्त्रीको आग्रह र राष्ट्रिय समस्याको संवेदनशीलतालाई दृष्टिगत गर्दै आफूले राजीनामा फिर्ता लिएको स्पष्ट पारे ।
आफूले मन्त्री पदबाट राजीनामा दिएपछि मधेसी मोर्चाका नेताले राजीनामाका बारेमा पुनर्विचारको सुझाव दिएको उनले बताए ।

Wednesday, May 3, 2017

एक अनौठो कथा : अमेरिकी सुरक्षाकर्मी आईएस आतंकवादीको प्रेममा परेपछि...

काठमाडौं, २० वैशाख — अमेरिकाको सुरक्षा नियोग एफबीआईले आफ्नो एक अनुवादक महिलाले सिरियामा गएर इस्लामिक स्टेट (आईएस) आतंकवादीसँग गोप्य विवाह गरेको पुष्टि गरेको छ ।

आतंकवादीलाई भर्ती गर्ने उक्त व्यक्तिमाथि अनुसन्धान गर्ने क्रममा उसकै प्रेमजालमा ती अनुवादक फसेकी थिइन् ।
घटनापछि एफबीआईले विभिन्न क्षेत्रको पहिचान गर्न तथा सुरक्षाका जोखिमको न्यूनीकरण गर्न अनेकौं कदम चालेको बीबीसीलाई बतायो ।
उक्त महिलाको नाम डानिएला ग्रीन हो र उनले सन् २०१४ मा आफ्ना रोजगारदाताहरूलाई झुटो बोलेको सीएनएनले पत्ता लगायो । यो स्टोरी सीएनएनले नै ब्रेक गरेको थियो ।
ती ३८ वर्षीया महिला अमेरिका भागेपछि दुई वर्ष कारागारमा बसेकी थिइन् ।
एक अमेरिकी न्यायाधीशले ग्रीनको कथा गोप्य राख्न आदेश दिएका भएपनि फेडेरल कोर्ट अभिलेखहरू सोमवार सार्वजनिक गरिएका थिए ।
ग्रीनले डेनिस कस्पर्टसँग विवाह गरेकी थिइन् । उनी जर्मनीका –याप गायक थिए र पछि आतंकवादी बने ।
सन् २०१५ मा अमेरिकी सरकारले उनलाई आतंकवादी घोषणा गरेको थियो ।
एउटा प्रोपागान्डा भिडियोमा उनले भर्खरै गिँडेको मानिसको टाउको समातेको देखिन्थ्यो ।
ग्रीनले एफबीआईको फिल्ड अफिसमा काम गर्दागर्दै सन् २०१४ को जनवरीमा कस्पर्टको अनुसन्धान गर्ने जिम्मेवारी पाएको सीएनएनले बतायो ।
६ महिनापछि उनी सिरियामा गएर कस्पर्टसँग बिहे गरिन् ।
उनले आफ्ना वरिष्ठ अधिकारीहरूलाई जर्मनीमा बुवाआमा भेट्न जाने भन्दै ढाँटिन् ।
तर खासमा उनी टर्की गइन् र त्यहाँबाट आईएसको सहयोगमा सिरिया गइन् ।
त्यतिखेर उनी एक अमेरिकी सैनिकसँग विवाह गरेर बसेकी थिइन् ।
सन् २०१४ को जुनमा उनले कस्पर्टसँग विवाह गरिन् । कस्पर्टले आफ्नो उपनाम देसो डग त्यागेर अबु तल्हा अल–अल्मानी राखेका थिए ।
तर ग्रीनलाई नयाँ लोग्नेसँग असहज हुँदै गयो ।
उनले अमेरिकामा रहेका एक व्यक्तिलाई लेखिन्, ‘मैले योपाली सब कामकुरा बिगारें ।’
अर्को दिन उनले थपिन्, ‘म अब हराएँ र फर्किन सक्दिनँ । म एकदमै कठोर वातावरणमा छु र कतिन्जेल यहाँ बस्छु मलाई थाहा छैन । तर यो सबले कुनै अर्थ राख्दैन, धेरै ढिलो भइसक्यो अब त ।’

सिरिया पुगेको एक महिनाभित्र उनी भागेर अमेरिका फर्किन् ।
उनले अनुसन्धानकर्ताहरूसँग आफूले कस्पर्टलाई एफबीआईको अनुसन्धानको लक्ष्य रहेको बताएको स्वीकारिन् ।
उनी कसरी आईएसको कब्जामा रहेको क्षेत्रबाट भागिन् प्रस्ट छैन ।
सन् २०१४ को डिसेम्बरमा उनले अन्तर्राष्ट्रिय आतंकवादको सवालमा झुटो वक्तव्य दिएको स्वीकार गरिन् ।
उनलाई दुई वर्षको कारवास सजाय सुनाएर गत वर्ष रिहा गरियो ।
अहिले ग्रीन एक अज्ञात ठाउँमा होटेलमा काम गर्छिन् ।
अभियोजनकर्ताहरूले उनीमाथि कठोर सजाय हुनुपर्ने बताएपनि उनले लामो समयसम्म अधिकारीहरूलाई राम्रो सहयोग गरेकाले तुलनात्मक रूपमा नरम सजाय पाइन् ।
बीबीसी

Monday, May 1, 2017

पूर्वराजाले राप्रपालाई चुनाव खर्च नदिएपछि कमल थापा रनाहामा

काठमाडौं, १८ वैशाख । राजतन्त्र पुनस्थापनाको माग अलिअलि गरेर छाड्दै हिन्दू राज्यको माग मात्र समातेर बसिरहेका राप्रपा अध्यक्ष कमल थापाको रहस्यमय रुप देखेर पूर्व राजा ज्ञानेन्द्र शाह पनि छक्क परेका छन् । साँघु साप्ताहिकमा खबर छ– राजतन्त्र पुनस्थापनाको मुद्दा त्याग्दै लम्पसार पथमा अग्रसर हुँदा पार्टीभित्रबाट ठूलै खतरा आइलाग्ने भेउ पाएर २०७४ वैशाख १४ गते थापा पूर्व राजा ज्ञानेन्द्र शाहलाई भेट्न पुगेका थिए । निर्मल निवास स्रोतका अनुसार पहिले त पूर्व राजाले थापालाई भेट्नै मानेन् ।

निकै दवाव आएपछि शाहले के प्रयोजनका लागि भेट्ने हो पहिले लिखित निवेदन दिनु भने । स्रो भनछ– थापाले लिखित निवेदन दिए भेट्न पाउँ भनेर । त्यसपछि थापाले बल्ल पूर्वराजाको दर्शन भेट पाए । थापा निकट स्रोत भन्छ–यसपाला ज्ञानेन्द्र शाहसँग भेट्न राजासँग भेट्नु जत्तिनै मुश्किल प¥यो ।
थापाले ज्ञानेन्द्र शाहसँग ४५ मिनेट जति भेट्न पाएको बताइन्छ । सो भेटमा के भयो त रु भेट गरेर फर्किएपछि थापाले पार्टीभित्र निकटहरुसँग भने–ज्ञानेन्द्र शाहले चुनाव खर्च नदिने भए । जानकारहरु भन्छन्–विगतमा चुनाव अघिपछि पनि थापाले पूर्व राजाबाट मोटो रकम खर्च वापत हात पार्दै आएका थिए । त्यसरी पाएको खर्च पार्टीभित्र पारदर्शी नभएपछि शाहले सहयोग दिन बन्द गरेका थिए ।

शाहले केही व्यापारी मित्रहरुलाई पनि सहयोग दिन बन्द गरेका थिए । कुनै रकम पनि थापाले पारदर्शी नगरेपछि ज्ञानेन्द्र शाहले खर्च दिन बन्द गरेको बताइन्छ।