Wednesday, March 29, 2017

जाजरकोटमा नेताको हत्या भएपछि नेविसंघको आकस्मिक बैठक, आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौं, १६ चैत । नेपाली कांग्रेस जाजरकोटका युवा नेता तथा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य रवीन्द्र शाहको मंगलबार राति अज्ञात समूहले हत्या गरेपछि नेपाल विद्यार्थी संघको आकस्मिक बैठक बसेको छ ।

संघका केन्द्रिय अध्यक्ष नैनसिंह महरको अध्यक्षतामा बुधबार विहान बसेको बैठकले हत्याको बिरोधमा दिउँसो दुई बजे काठमाडौंमा त्रिचन्द्र कलेज र देशभरका क्याम्पसमा एक घन्टा बिरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । त्यस्तै बिहीबार देशैभरका कलेजमा विरोधका कार्यक्रम गरिनेछन् भने शुक्रबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको छ ।

मंगलबार राति अज्ञात समुहद्वारा शाहको बर्बरतापूर्ण, पासबिक तरिकाले हत्याको घटनाले सिंगो संगठन दुःखी र मर्माहत भएको जनाउँदै यो घटना लोकतन्त्रमाथिको प्रहार भएको संघको ठहर छ । आसन्न स्थानीय निर्वाचनको पूर्व संध्यामा लोकतान्त्रिक पार्टीको जुझारु नेताको निर्ममतापूर्वक गरिएको हत्या लोकतन्त्रमाथिकै आक्रमण भएको अध्यक्ष महरले बताए ।

नयाँ संविधान कार्यान्वयन गरेर लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने अवसर प्राप्तिका बेला लोकतान्त्रिक कार्यकर्तामाथि गरिएको आक्रमणलाई राज्य र पार्टीले त्यही रुपमा हेर्न जरुरी भएको ठम्याइ नेविसंघको छ । संघले घटनाको सुक्ष्म ढंगले अनुसन्धान गरेर हत्यारा पत्ता लगाइ कडा कारवाहीको माग समेत गरेको छ ।

यस्ता छन् कार्यक्रमः 

१-आज दिउसो २ बजे उपत्यकाको त्रिचन्द्र क्याम्पस अगाडिबाट बिरोध प्रदर्शन र देशभर सबै जिल्लामा क्याम्पस अगाडी बिरोध प्रदर्शन ।
२ – भोलि चैत्र १७ गते देशभर सबै क्याम्पस अगाडि बिहान ९ बजे देखि १० बजे सम्म बिरोध प्रदर्शन ।
३ – चैत्र १८ गते प्रत्येक जिल्ला प्रशासन कार्यालयमा प्रदर्शनसहित ज्ञापनपत्र बुझाउने । साथै २४ घन्टाभित्र घटनाको यथार्थ सार्बजनिक नगरिए आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने ।
-dainik nepal

Tuesday, March 28, 2017

नेपाल १० खेलाडीमा सीमित, फिलिपिन्सले ३ गोल गर्‍यो

१५ चैत, काठमाडौं । एसियन कप छनौट अन्तर्गत फिलिपिन्सबिरुद्ध जारी खेलमा नेपाल सुरुवाती १२ मिनेटमै १० खेलाडीमा समेटिएको छ ।

खेलको १२औं मिनेटमा फिलिपिनो खेलाडीको हेडर प्रहार नेपाली मिडफिल्डर बिक्रम लामाले हातले रोकेका थिए । रेफ्रीले उनलाई सिधै रेड कार्ड देखाए भने फिलिपिन्सलाई पेनाल्टीको अवसर दिए ।

टोलीका कप्तान फिल योङहस्वेण्ड प्रहार गरेको पेनाल्टी नेपाली गोलरक्षक किरण चेम्जोङले रोकेर गोलको खतरा टारेका थिए ।

तर फिलिपिन्सले २१औं मिनेटमा पुनः पेनाल्टीको अवसर पायो । त्यस अवसरमा भने फिल चुकेनन् र १-० को अग्रता दिलाए । डिफेण्डर रविन श्रेष्ठले फिलिपिनो खेलाडीलाई डिबक्सभित्र फल गरेपछि उसले पेनाल्टीको अवसर पाएको थियो ।

त्यसको दुई मिनेट बित्न नपाउँदै फिलिपिन्सले अर्को गोल गर्‍यो । उसका लागि फिल योङहस्वेण्डले गोल गरे ।

२८औं मिनेटमा नेपालले तेस्रो गोल खायो । यसपटक इयान राम्सेले फिलिपिन्सका लागि गोल गरे ।

सुरुवातमै १० खेलाडीमा समेटिनुपरेपछि नेपालले अहिले रक्षात्मक खेल खेलिरहेको छ ।
-online khabar

Monday, March 27, 2017

आरआरमा स्ववियु चुनावः भित्र मतदान, बाहिर ढुंगा हानाहान

१५ चैत, काठमाडौं । तनावका बचि प्रदर्शनीमार्गस्थित रत्नराज्य (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भइरहेको छ ।


कडा सुरक्षाका बीच मतदान भइरहेको छ । बाहिर भने तनाव बढ्दो छ । संयुक्त विद्यार्थी संगठनको नाममा केही विद्यार्थीहरुले चुनाव रोक्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको छ । विद्यार्थीहरुले ढुंगामुढा गरेका छन् ।

फागुन २३ का लागि तय भएको आरआरको स्ववियु चुनाव निर्वाचन आयोगको निर्देशनपछि रोकिएको थियो । तर, सर्वोच्च अदालतले चुनाव रोक्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश लिएपछि चुनाव भएको हो ।
-online khabar

यो ‘खतरनाक’ सूचनापछि मधेस पस्यो सेना! प्रधानसेनापति नै खटिए

काठमाडौं, १४ चैत । गत फागुन १० गते जंगीअड्डामा बसेको पृतनापति बैठकमा राजनीतिक अस्थिरता र केही बिखण्डनकारी समूहका गतिविधिबाट मुलुकको सुरक्षा कमजोर बनेको भन्दै चिन्ता व्यक्त गरेको एक महिनापछि नेपाली सेनालेसम्बन्धित क्षत्रमै पुगेर सुक्ष्म अध्ययन थालेको छ ।

निर्वाचन घोषणा भएपछि प्रदेश नं. २ मा सुरक्षा चुनौती थपिएको विश्लेषण भइरहेको बेला प्रधानसेनापति राजेन्द्र क्षत्री प्रदेश भ्रमणमा निस्किएका थिए । तरुण साप्ताहिकले समाचार छापेको छ ।

दुई साताअघि धनुषा पुगेका उनले त्यहाँको सुरक्षा अवस्थाबारे जानकारी मात्रै लिएनन्, सीमा सुरक्षा स्तम्भको अवस्था र दसगजामा हुने गतिविधिबारे विस्तृत जानकारी लिएका थिए ।



धनुषास्थित नेपाली सेनाको गोरखनाथ गणको वार्षिकोत्सव अवलोकन गरी त्यहाँको सुरक्षा स्थिति र सम्भावित सुरक्षा चुनौतीबारे जानकारी लिएका क्षत्रीले सप्तरी र सर्लाहीको भ्रमण गरेका थिए । त्यहाँबाट महोत्तरीसम्म समेत पुगेका थिए ।

सुरक्षा स्रोतका अनुसार, सेनापतिको भ्रमण प्रदेशको अवस्था बुझ्ने, पृथकतावादी क्रियाकलापको सूक्ष्म अध्ययन गर्न सम्बन्धित गणहरूलाई निर्देशन दिनेलगायतका कार्यक्रममा केन्द्रित थियो ।
-Dainik Nepal

स्वास्थ्यका लागि अमृत हो पुदिना, हेर्नुस् यसका १२ फाइदा

एजेन्सी । गाउँघरमा पाइने पुदिनामा कैयौं औषधिको गुण पाइन्छ । यसमा भिटामिन ‘ए’ को मात्रा धेरै हुने भएकाले मानव स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसले मुहार चम्किलो बनाउन पनि त्यतिकै सहयोग गर्छ । यो गर्मीका समयमा स्वास्थ्यका लागि झन बढी फाइदाजनक मानिन्छ ।

जस्तैः

– पुदिनाको पात पिसेर निधारमा लगाएमा टाउको दुख्ने समस्याबाट आराम पाइन्छ ।

– पुदिना, तुलसी, अदुवा र कालीमोर्चालाई मिलाएर पानीमा उमाल्नुहोस् । जुन रस ग्यास्टिक समस्या भएकाले लगातार सेवन गर्दा जरैदेखि समस्या समाधान हुन्छ ।

– पुदिनाको पातको धुलोलाई चिनीसंग मिलाएर खाएमा पेट दुख्ने समस्या निको हुन्छ ।

– पुदिनाको ताजा रस सेवन गर्दा रुघाखोकी निको हुन्छ ।

– ज्वरो आएको बेला पुदिना र तुलसीको पात पानीमा उमालेर सेवन गर्दा ज्वरो ठीक हुन्छ ।

– दाद, एलर्जी भएको ठाउँमा पुदिनाको पात पिसेर लेप लगाउँदा ठीक हुन्छ ।

– पुदिनाको सेवनले खटाई लाग्ने समस्या पनि निको हुन्छ ।

– यसको सेवनले गर्मीमा लाग्ने लू बाट पनि राहात मिल्न सक्छ ।

– यदि शरीरमा घाउ छ भने त्यहाँ पुदिनाको लेप लगाउँदा छिटो निको हुन्छ ।

– पुदिनाको पात पिसेर त्यसको लेप मुहारमा लगाउँदा पनि दाग, धब्बा निको हुनुका साथै मुहार चम्किलो पनि हुन्छ ।

– यदि सानो बच्चालाई गर्मीका कारण झाडापखाला लागेको छ भने पुदिनाको पात दूधमा उमालेर दिनमा दुईदेखि तीन पटक दुई÷दुई चम्चा खुवाएमा झाडापखाला निको हुन्छ ।

– यसको चटनी (अचार) बनाएर खाएमा पेटको सबै समस्या निको हुन्छ ।
-dainik nepal

थ्रेसहोल्डले ल्याएको तरंगः मधेशीदेखि एकसिटे दलहरुमा भुइँचालो, अब के हुन्छ ?

थ्रेसहोल्डले अब दल टुक्रिएर संसदमा एक जना मात्रै भएपनि प्रतिनिधित्व गर्ने, मन्त्री बन्ने आशा सकिएको छ ।
लामो प्रयासपछि भर्खरै मात्र थ्रेसहोल्ड लागू भएको छ । प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ तीन प्रतिशत भोट पाउने दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने गरेर थ्रेसहोल्ड पारित भएको छ । तीन महिनाअघि संसदमा पुगेको प्रस्ताव बल्ल पास भएको हो । थ्रेसहोल्ड पारित भएपछि भने केही साना दलले असन्तुष्टि जनाएका छन् । तर, यसलाई स्वीकार्नुको विकल्प उनीहरुसँग छैन ।

थ्रेसहोल्ड लागू भइसकेपछि अब भने साना दलका नेताहरु फरक बाटो खोज्नतिर लागेका छन् । अहिलेकै अवस्थामा नेपाली काँग्रेस, एमाले र माओबादी केन्द्र मात्रै राष्ट्रिय दलको मान्यता पाउँछन् । समानुपातिकबाट सिट प्राप्त गरेका दलका नेता भने स्वतन्त्र रुपमा मात्रै संसदमा छिर्ने स्थितिमा छन् ।

राप्रपा, मधेशी जनअधिकार फोरम, नयाँ शक्ति लगायतका आफूलाई केही निर्णायक शक्ति ठान्ने दलहरुले भने दल विस्तारलाई बढी जोड दिन सक्छन् । यी दलहरुको पार्टी एकता पनि पनि पर्छ । केही दिनअघि नयाँ शक्ति र संघीय समाजबादी फोरमबीच पार्टी एकताको कुरा पनि अगाडि बढेको थियो । तर, समझदारी हुन भने सकेन ।

थ्रेसहोल्डले अब दल टुक्रिएर संसदमा एक जना मात्रै भएपनि प्रतिनिधित्व गर्ने, मन्त्री बन्ने आशा सकिएको छ । त्यसले गर्दा पनि अब साना दलहरु आफ्नो पार्टीलाई विस्तार गर्दै लैजानेकी अन्य दलसँग एकता गर्ने वा समाहित हुने भन्ने दोधारमा छन् ।
विकल्प: पार्टी विस्तार, एकता वा समाहित

संसदीय निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ तीन प्रतिशत भोट पाउनुपर्ने सीमा निर्धारण भएपछि साना दलहरुले पार्टी विस्तार, अन्य दलसँग एकता वा समाहित हुनुको विकल्प अब छैन । यसअघि आपसी मनमुटाव, पदको वार्गेनिङ निमिल्नु लगायतका कारण फुटेका पार्टीहरु पनि अब एक हुने स्थितिमा आउनुपर्ने देखिन्छ ।

यसैकारण थ्रेसहोल्ड लागू भइसकेपछि साना दलहरु अब के गर्ने भन्ने विषयमा दौडधुपमा लागेका छन् । यसको झल्को मधेशबादी दलहरुमा देखिन थालेको छ । विगतमा एकै दलबाट फुटेर टुक्राटुक्रा भएका मधेश केन्द्रीत दलहरुले एक आपसमा पनि पार्टी एकता गर्नुपर्छ भन्ने महसुश गरिसकेका छन् ।

संविधानमा आफ्नो एजेण्डाले राम्रो स्थान पाउन नसकेकोमा एक हुनुपर्छ भन्ने मनसाय बनाएका मधेश केन्द्रीत दलहरुलाई थ्रेसहोल्डले त्यसमा झन बल पु¥याएको छ । केही समय अगाडिदेखिनै पार्टी एकताको कुरा अगाडि बढेर बिचमै रोकिएको भएपनि अब भने यस विषयले निरन्तरता पाउन सक्छ । यसको सुरुवात नेताहरुले गरिसकेका पनि छन् ।

अहिलेको परिस्थितिले मधेशबादी नेताहरुलाई पार्टी एकता गर्नुपर्छ भन्ने कुरा तानेको छ । सरकारको समर्थन फिर्ता लिएदेखिनै मधेशबादी दलहरु आपसी छलफलमा पनि जुट्न थालिसकेका छन् ।

अहिलेकै अवस्थामा राष्ट्रिय दलको मान्यता पाउन सक्ने स्थितिमा रहेका अन्य दलहरुले पनि राष्ट्रिय दलको मान्यता पाउनका लागि दल विस्तार गर्नुपर्छ । दल विस्तार गर्न सकिने सम्भावना नरहेको खण्डमा अर्को दलसँग मिलेर पार्टी एकता वा कुनैदलमा समाहित हुनुको विकल्प छैन ।

शाख जोगाउन कुन बाटो रोज्न सक्छन् ?

आगामी दिनमा हुने संसदीयको चुनावबाट साना दलहरुलाई संसदमा पाइला टेक्न भर्खरै लागू भएको थ्रेसहोल्डले बलियो बार लगाइदिएको छ । जुन बार तोडेर भित्र पस्न निकै मेहनत गर्नुपर्ने छ ।

थ्रेसहोल्ड लागू भएपछि सरकारको प्रतिपक्षी गठबन्धदमा रहेका केही साना दलहरुले एमालेको साथ पनि छोडेका छन् । ती दलहरुले थ्रेसहोल्डमा एमालेले समर्थन गरेको र आफूहरुलाई धोका दिएको आरोप लगाएका छन् । एमालेको साथ छोडेसँगै आफूहरुलाई बलियो बनाउन साना दलहरुले अब दौडधुपमा लागेका छन् र लाग्नुपर्ने पनि भएको छ । आफ्नो दलको पहिचान आर्थात साख जोगाउन पनि दलहरुले संगठन विस्तार गर्नुपर्छ । तर, दल विस्तार गरेर आशातित प्रतिफल प्राप्त गर्न सकिन्न भन्ने कुरामा ढुक्क रहेकाहरु भने पार्टी एकताको विषयलाई अगाडि बढाउन सक्छन् । पद र पार्टीको नामबारे समहती जनाएर पार्टी एकतालाई साना दलहरुले प्राथमिकता दिन सक्छन् ।

राप्रपा, मधेशी जनअधिकार फोरम, नयाँ शक्ति लगायतका आफूलाई केही निर्णायक शक्ति ठान्ने दलहरुले भने दल विस्तारलाई बढी जोड दिन सक्छन् । यी दलहरुको पार्टी एकता पनि पनि पर्छ । केही दिनअघि नयाँ शक्ति र संघीय समाजबादी फोरमबीच पार्टी एकताको कुरा पनि अगाडि बढेको थियो । तर, समझदारी हुन भने सकेन ।

थ्रेसहोल्डको सकारात्मक पक्ष
यसअघि एक सिट मात्रै भएपनि संसदमा प्रतिनिधित्व गर्न पाएका दलहरुले थ्रेसहोल्ड लागू भएपछि विरोध गर्नु उनीहरुका लागि स्वभाविक हो । तर, अब त्यो बाटो बन्द हुने भएपछि कुनैपनि विकल्प अपनाएर बलियो स्थान ओगट्नुपर्छ भन्नेतिर लाग्नुपर्ने भएको छ ।

यसले गर्दा अब साना दलहरु एकजुट हुन सक्छन् । जसले गर्दा अब एक दल भएर संसदको ढोका भित्र छिर्ने वातावरण बनाउन सक्छन् ।

एक सिटे दलको अन्त्य

आगामी वैशाख ३१ गते हुने स्थानीय तह चुनावमा सबै सिट प्रत्यक्ष नै हुने भएकाले राजनीतिक दलसम्बन्धी कानुनमा गरिएको थ्रेसहोल्डको व्यवस्थाले त्यसलाई कुनै असर गर्नेछैन । तर, आगामी दिनमा हुने संसदीय चुनावमा प्रतिनिधित्व गर्ने दलको अन्त्य हुन्छ ।

पार्टी फुट्दैन र एजेण्डा स्थापित गर्न सहज

थ्रेसहोल्डले अब कुनै पनि दल फुटाएर अर्को दल निर्माण गरि विस्तार गर्न त्यति सजिलो हुने छैन । अहिलेकै अवस्थामा हेर्दा पनि पार्टी फुटाएर अलग्गिएका दलहरुको अवस्था त्यति राम्रो देखिँदैन । थ्रेसहोल्ड लागू भएपछि पनि पार्टी फुटाएर अर्को पार्टी खोल्ने आँट गर्न गाह्रो छ । जसले गर्दा पार्टी बलियो हुन जान्छ । त्यस्तै, संसदमा बलियो स्थान बनाउँदै संसदमा प्रतिनिधित्व गर्न सक्यो भने आफ्ना एजेण्डालाई स्थापित गर्न सहज हुन्छ ।

आर्थिक भार घट्छ

अहिलेको अवस्थामा ३२ दलले प्रतिनिधित्व गरिरहेका छन् । ती दललाई संसद् सचिवालयले संसदीय दलको कार्यालय दिनु परेको छ । हैसियतअनुसार दलको नेता र प्रमुख सचेतक तथा सचेतकले समेत संसदबाट सुविधा लिइरहेका छन् । जसले गर्दा देशरलाई आर्थिक भार बढेको छ । थ्रेसहोल्ड लागूपछि आगामी दिनमा राष्ट्रिय दलको संख्या निश्चित रुपमा यो भन्दा धेरै कम हुन्छ ।

दल नै कम भएपनि अहिले हुने आर्थिक भार स्वतः घट्छ । थ्रेसहोल्ड पार गरेर राष्ट्रिय मान्यता प्राप्त नगरेका दलले दलीय सुविधा पाउने छैनन् । उनीहरुलाई एउटा सांसदले प्राप्त गरेने सुविधा मात्र उपभोग गर्छन् । उनीहरुले संसद्मा समेत दलीय भन्दा पनि स्वतन्त्र रुपमा प्रवेश हुनेछन् र धारणा राख्नेछन् ।
-dainik nepl

नेपालले अमेरिकामा मन्दिर बनाउने, छ लाख डलरमा जग्गा खरिद

वासिङ्टन डिसी, १४ चैत । नेपालीको बाहुल्यता भएको मेरिल्यान्ड राज्यमा नेपाली संस्कृति झल्कने हिन्दू बौद्ध मन्दिर निर्माणका लागि छ लाख ८० डलरमा जग्गा तथा भवन खरिद गरिएका छन् ।

बैंकको लिलाममा रहेको करिब १० लाख डलर पर्ने मूल्यको ३१ एकड जमिन र बङ्गला, सहायक घर, स्वीमिङ पुल, टेनिस कोर्ट समेतको भौतिक संरचना खरिद गर्न नेपाली समुदाय सफल भएको छ । अमेरिकामा रियल स्टेटको क्षेत्रमा क्रियाशील रहनुभएका र मन्दिर निर्माणका लागि बोर्ड अफ ट्रष्टी समेत रहनुभएका कृष घिमिरेको पहलमा उक्त भौतिक संरचना खरिद गर्न नेपाली समुदाय सफल भएको हो ।

“खरिदसम्बन्धी सम्पूर्ण प्रक्रिया हामीहरुले शुक्रबार सम्पन्न गरेका छौँ,” घिमिरेले रासससँग भन्नुभयो – “अब यसको मर्मत सम्भार गरेर आगामी डिसेम्बरसम्ममा सञ्चालनमा ल्याउने सोच बनाएका छौँ । मर्मत सम्भार गर्न र पूर्णरुपमा सञ्चालनमा ल्याउन करिब १६ लाख डलर लाग्ने प्रारम्भिक अनुमान रहेको छ ।”
घिमिरेले दिनुभएको जानकारी अनुसार चार महिनाको अवधिमा मेरिल्यान्ड राज्यमा बसोबास गर्दै आएका ८०० परिवारको सहयोगमा रकम सङ्कलन गरिएको हो । छोटो समयमा यसरी रकम सङ्कलन गर्न सफल भएर नेपाली समुदायले महत्वपूर्ण सन्देश दिन सफल भएको छ ।

“हामीहरुले यो अभियानमा दोस्रो पुस्ताका युवायुवतीलाई समेत परिचालन गर्दै उनीहरुको संलग्नतामा यसलाई सफल बनाउन लागिपरेका छौँ,” घिमिरेले अगाडि थप्नुभयो – “पारदर्शिता, स्वच्छ कार्यशैली र समुदायको प्रतिबद्धताको कारणले हामी यो सम्पत्ति खरिद गर्न सफल भएका छौँ ।” रासस

Sunday, March 26, 2017

कमल थापाको राप्रपा फेरि फुट्यो, दीपेन्द्रकी प्रेमिका उपाध्यक्ष बन्दै

काठमाडौं, १४ चैत । गत मंसिर ६ गते एकीकरण भएको राप्रपा फेरि फुटेको छ । असन्तुष्ट समूहको आइतबार बिहान भएको भेलाले डा.प्रकाशचन्द्र लोहनीको अध्यतामा ५१ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको छ ।

पार्टीको नाम एकीकृत राप्रपा राखिएको छ । चुनाव चिन्ह पुरानै कायम गरिएको छ । चुनाव चिन्ह हलो कि गाई ? भन्ने विवादका कारण राप्रपा फुटेको हो ।

डा.लोहनी नेतृत्वको राप्रपाले चुनाव चिनह हलो कायम गरेको छ । तर निर्वाचन आयोगले निर्णय गर्न भने बाँकी छ । तरुण साप्ताहिकले समाचार छापेको छ ।

नवगठित राप्रपाका केन्द्रीय सदस्य तथा प्रेस संयोजक महेश्वर रोकायका अनुसार बुधबार साँझ १० देखि १२ बजेसम्मको शुभसाइतमा निर्वाचन आयोगमा गएर पार्टीलाई विधिवत् रुपमा दर्ता गरिनेछ ।

नवगठित राप्रपामा केशरबहादुर विष्ट, गणेश शेरचन, सगुन लावती, बालकृष्ण न्यौपाने, दिलविकास राजभण्डारीलगायतका समूह पनि समेटिएका छन् ।

स्थानीय तहको निर्वाचन सम्मुख आइसकेको र टिकट नपाउने जति नवगठित राप्रपामा जान सक्ने सम्भावनाका कारण कमल थापाले नयाँ रणनीति अवलम्बन गरेका छन् ।

पशुपतिशम्शेर राणा, लोकेन्द्रबहादुर चन्दलाई कुनै हालतमा पनि नवगठित राप्रपामा जान नदिने रणनीति कमल थापाको छ ।

यसका लागि उनले पशुपति शम्शेर राणाकी छोरी देवयानी राणालाई केन्द्रीय सदस्य मनोनीत गरेर उपसभापतिको जिम्मेवारी दिने आश्वासन दिएका छन् भने लोकेन्द्रबहादुर चन्दका कान्छा छोरा अरुणलाई केन्द्रीय सदस्य मनोनीत गर्ने तयारी गरेका छन् ।
-dainik Nepal

२२७ नेपाली विदेशी जेलमाः नौ नेपालीलाई मृत्युदण्डको फैसला

१४ चैत, काठमाडौं । ४३ लाख ८९ हजार नेपाली वैदेशिक रोजगारीमा रहेको वैदेशिक रोजगार विभागको तथ्यांक छ । वैदेशिक रोजगारीमा गएकामध्ये दुई सय २७ जना नेपाली विभिन्न मुलुकको जेलमा छन् ।


हत्या, बलात्कार, लागुऔषध कारोबारलगायत गम्भीर अभियोगमा उनीहरूले जेलजीवन बिताइरहेका हुन् । तीमध्ये केहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ, केही ब्लडमनी तिर्न नसकेर जेलमा छन् भने केहीलाई जन्मकैदको सजाय सुनाइएको छ । यीबाहेक कागजात नमिलेर, भिसाको म्याद सकिएरलगायत अन्य सामान्य अभियोगमा के–कति नेपाली पक्राउ परेका छन् भन्ने तथ्यांक सरकारसँग छैन ।

फाइल तस्वीर

रोजगारीको सिलसिलामा साउदी अरेबिया पुगेका नेपालीमध्ये ६९ जना जेल परेका छन् । बहराइनमा पनि सातजना नेपाली जेलमा रहेका छन् । एउटै कोठामा बस्ने नेपाली नागरिकको हत्या गरेका अभियोगमा भोजपुरका पर्शुराम राईलाई दक्षिण कोरियाको अदालतले १३ वर्षको कैद सजाय तोकेको छ । याँ पत्रिका दैनिकमा समाचार छ ।

त्यस्तै नेपाली सहकर्मीसँग झगडा गरी दुईवटा औँला काटेको अभियोगमा झापाका शेखर पौडेल पनि दक्षिण कोरियामा पक्राउ परेका छन् । उनको मुद्दा विचाराधीन छ । कुवेतमा लागुऔषधको सेवन र कारोबारलाई ठूलो अपराध मानिन्छ । त्यहाँ पक्राउ परेकामध्ये अधिकांश नेपाली लागुऔषध सेवन र कारोबारको मुद्दा खेपिरहेका छन् । कुवेतको जेलमा रहेका नेपालीमध्ये ५३ जना केटा र नौजना केटी छन् । हत्याको आरोपमा समेत कुवेतको जेलमा केही नेपालीले सजाय काटिरहेका छन् ।

मलेसियाको जेलमा रहेका १३ नेपालीमध्ये सबैजना केटा छन् । तीमध्ये आठजना हत्या अभियोगमा पक्राउ परेका हुन् । ओमनको जेलमा भने तीनजना नेपाली मात्र जेलमा छन् । कतारमा ५२ जना नेपालीले जेलजीवन बिताइरहेका छन् । संयुक्त अरब इमिरेट्स (युएई)का विभिन्न जेलमा १९ जना नेपाली छन् ।
-online khabar

नेपाल-भारत खुल्ला सिमाना रोक्न सर्वोच्च अदालतमा मुद्दा, रिट दर्ता गर्ने को-को ?

काठमाडौँ, १३ चैत । सर्वोच्च अदालतमा नेपाल–भारतको खुला सिमाना रोक्न माग गर्दै सर्वोच्च अदालतमा आइतबार रिट दायर गरिएको छ ।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालयलगायतलाई विपक्षी बनाई आइतबार दायर गरेको रिट निवेदनमा नेपाल–भारत खुला सिमाना व्यवस्थापन तथा नियन्त्रण गर्नुपर्ने माग गरिएको छ ।

रिट निवेदनमा विसं २००९ को निस्केको नेपाल गजेटमा नेपाल–भारतबाट सीमा वारपार गर्दा परिचयपत्र अनिवार्य देखाई अभिलेख राख्ने व्यवस्थाको कार्यान्वयन हुनुुपर्ने, दुई देशको खुला सिमानाको व्यवस्थापन र नियन्त्रण नहुँदा आतङ्ककारी, तस्करीजस्ता गतिविधि हुने भएकाले सिमानामा नियन्त्रण गर्नुपर्ने उल्लेख छ ।
सीमामा शान्ति सुरक्षा नहुँदा नेपालीले निकै कठिनाइ भोग्नुपरेको हुँदा सिमानामा शान्ति सुरक्षाको व्यवस्था मिलाउनुपर्ने र सन् १८१६ र १९५० को नेपाल–भारत मैत्री सम्बन्धमा समेत खुला सिमाना नलेखिएको हुँदा पुनरावलोकन गर्न परमादेशको माग रिट निवेदनमा गरिएको छ ।

रिट दायर गर्ने को-को ?

रिट दर्ता गर्नेमा अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, अधिवक्ता विमल ज्ञवाली, लीलाधर उपाध्याय र शशिकुमार कार्की रहेका छन् ।
साभार: दैनिक नेपाल

साझा सवाल अङ्क - ४८६ हुम्लाको विकास कस्ले रोक्यो ? ...भिडियो हेर्नुस

जम्मा ५० हजार जनसंख्या रहेको हुम्लामा जडिबुटी, पर्यटन र जलस्रोतको अपार सम्भाना छ भनिन्छ तर जहिल्यै गरिबी र अभाबको विम्ब बनिरहेकै छ । को हो त हुम्ला विकासको बाधक ? अनि के छन् त राजनीतिक दल र तिनका नेताको हुम्लालाई समृद्द बनाउने योजना ।
खानेपानी तथा सरसफाई मन्त्री तथा हुम्लाबाट निर्वाचित (नेपाली काग्रेस) सांसद, जीवनबहादुर शाही, एमाले नेता गोरखबहादुर बोगटी र माओवादी केन्द्रका नेता कर्णजीत बुढाथोकीसँग हुम्ला सदरमुकाम सिमीकोटमा गरिएको बहस ।

यो अङ्क सँगै साझा सवालले पुरै ७५ जिल्ला समेटन सफल भएको छ... हेर्नुस भिडियो

म्यादी प्रहरीमा मधेसी युवाको आकर्षण मोर्चाका नेता भन्छन्- नजाऊ भन्न सकिन्न

१३ चैत,काठमाडौं । संविधान संशोधन नगरी मधेसमा चुनाव हुन नदिने मधेसी मोर्चाको अडान कायमै रहँदा निर्वाचन प्रयोजनका लागि खुलेको म्यादी प्रहरीको भर्ना प्रक्रियामा भने मधेसी युवाको आकर्षण बढेको छ ।


मधेसका जिल्लामा निर्वाचनका कार्यक्रममा अवरोध गर्दै आएका मोर्चा कार्यकर्ताले म्यादी प्रहरी भर्तीमा भने मधेसी युवालाई रोक्न सकेका छैनन् ।

मधेसी मोर्चाको प्रभाव रहेका २ नम्बर प्रदेशका जिल्लामा समेत मधेसी युवाहरु म्यादी प्रहरीमा भर्ती हुन जिल्ला प्रहरी कार्यालयमा लाइन लागेका छन् । नेपाल प्रहरीले म्यादी प्रहरी लागिको भर्ना आवहृवान गरे लगत्तै तराई मधेसका जिल्लामा आवेदन दिने युवाको लाम लागेको छ ।

बेरोजगार युवाहरु म्यादी प्रहरीको आवेदन फारम बुझाउने लाइनमा छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय चुनावलाई ‘बहिष्कार’ गर्ने रणनिती बनाइरहेको अवस्थामा मधेसमा म्यादी प्रहरी बन्नका लागि मधेसी सामुदायकै युवाहरुको लाम लागेको छ ।

भर्ना आहृवान गरिएको दोस्रो दिन सम्म करिब २ सय ५० जनाको दरखास्त दर्ता भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डेले बताए । रुपन्देहीमात्र होइन पश्चिम तराईका कपिलबस्तु, बाँके, नवलपरासी, कैलाली, कन्चनपुर लगायतका जिल्लामा पनि म्यादी प्रहरीका लागि थारु र मधेसी युवाको आकर्षण देखिएको छ ।

मधेसी मोर्चाले एमालेको मेची महाकाली अभियान बिथोल्ने क्रममा प्रहरीको गोली लागेर ५ जनाका मृत्यु भएको सप्तरीमा समेत चुनावी प्रयोजनका लागि मागिएको म्यादी प्रहरीमा भर्ती हुन स्थानीय युवाको लाइन लागेको छ ।

मध्य तराईका धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट लगायतका जिल्लामा पनि मधेसी युवाले म्यादी प्रहरीको लागि आवेदन दिएका छन् ।



यसैबीच मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले चुनावी प्रयोजनका लागि भइरहेको म्यादी प्रहरी भर्ती प्रक्रिया बिथोल्ने वा मधेसी युवालाई रोक्ने पक्षमा मोर्चा नरहेको बताएका छन् ।

कर्णले अनलाइनखबरसँग भने- ‘म्यादी प्रहरीको भर्ती रोक्ने कुरा छैन, जानेहरु जान्छन्, नजाऊ भनेर हामीले भन्ने कुरा पनि भएन । चुनाव भनेको राजनीतिक सहमतिका आधारमा टुंगो लाग्ने कुरा हो ।’

प्रहरीले म्यादी प्रहरीका लागि चैत ११ गते देखि चैत १७ गते सम्म आवदेन दिन भनेको छ । नेपाल प्रहरीले निर्वाचनका देशभरीबाट ७५ हजार म्यादी प्रहरीको माग गरेको छ ।
-online khabar

नेपाल टेलिकमको प्रिपेड, पोष्टपेड, स्काई मोबाइल सम्बन्धि महत्वपूर्ण जानकारी ।

नेपाल टेलिकमको प्रिपेड , पोष्टपेड, स्काई आदी सिमलाई के गरी एक्टीभेट गराउने ? सबैलाई जानकारी गराउन शेयर गरौ ।

मोबाइल सम्वन्धी महत्वपूर्ण जानकारी ।

१‍ नयाँ नमस्ते प्रिपेड सीमकार्ड एक्टिभ गर्न १४१५ मा कल गर्ने
२‍ आफ्नो मोबाइल नम्बर थाहा पाउन *9# मा कल गर्ने
३ मोबाइलको ब्यालेन्स थाहा पाउन *400# मा कल गर्ने
४ NT Recharge Card बाट मोबाइल रिचार्ज गर्न *412*pin# मा कल गर्ने
अन्य थप जानकारी तलको तस्विरबाट ।
Ntc

सीमांकनबिना संशोधन असम्भव : मोर्चा

मधेस आन्दोलनको जग नै सीमांकन हो
आइतवार, चैत १३ काठमाडौं : मधेसी मोर्चाले सीमांकनसहित संविधान संशोधन विधेयक पारित गर्दै धारा २७४ समेत संशोधन हुनुपर्ने 'बटमलाइन' प्रस्तुत गरेको छ । मोर्चाका शीर्ष नेताहरूले सीमांकनबिनाको सरकारी कार्यदलले ल्याउने प्रस्तावमा कुनै प्रकारको छलफल र परामर्श हुनै नसक्ने जिकिर पनि गरेका छन् ।
सीमांकनबिनाको संविधान संशोधनमा सहमत हुन नसक्ने बताउँदै उनीहरूले सत्ता पक्षको दाबीमा कुनै सत्यता नभएको दाबी गरे । पहिलो मधेस आन्दोलन, गत नौ महिनासम्म भएको आन्दोलन र त्यसको निरन्तरताको उद्देश्य नै सीमांकन रहेको दाबी उनीहरूले गरेका छन् । साउन १९ गते माओवादी केन्द्र र कांग्रेससँग भएको तीनबुँदे सहिमतिमै स्पष्ट रूपमा उल्लेख गरिएको सीमांकनबारे सरकारले गलत प्रचार गरेको उनीहरूको भनाइ छ ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संसद्मा प्रस्तावित सीमांकनलगायत विधेयक परिमार्जनसहित पारित गर्नुका साथै धारा २७४ लाई पनि संशोधन गर्नुपर्ने बताए । उनले अन्नपूर्णसँग भने, 'स्थानीय तहको निर्वाचन शान्तिपूर्ण ढंगले विरोध गर्ने र निर्वाचन हुन नदिने मोर्चाको स्पष्ट अडान छ । सरकारले जबर्जस्ती निर्वाचन गराए पनि त्यो मान्य हुँदैन । मोर्चा निर्वाचनको पक्षमा हुन सक्दैन ।' दलको मान्यताका लागि तीन प्रतिशतको थ्रेसहोल्ड मान्य नहुने उल्लेख गर्दै उनले संसद्देखि सडकसम्म यसको विरोध गर्ने बताए ।
संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले संविधान संशोधनलाई लिएर सरकारले केके गर्यो भन्ने विषयमा आफूहरू जानकार नरहेको बताए । उनले भने, 'म कुनै कार्यदलमा छैन । सीमांकनबिनाको संशोधन भन्दै गठन गरिने कार्यदलमा बस्नुको कुनै औचित्य पनि रहँदैन ।' मधेस आन्दोलनको जग नै सीमांकन रहेकाले सीमांकनबिना संविधान संशोधन हुन नसक्ने दाबी श्रेष्ठले गरे । सत्ता पक्षले आफ्ना कमजोरी लुकाउन सहमतिको कुरालाई उचालिरहेको हुनसक्ने उनले बताए ।

स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण ढंगले विरोध गर्ने र निर्वाचन हुन नदिने मोर्चाको स्पष्ट अडान छ ।
- महन्थ ठाकुर, अध्यक्ष, तमलोपा
मधेस आन्दोनलको जग नै सीमांकन रहेकाले सीमांकनबिना संविधान संशोधन हुन सक्दैन ।
- राजेन्द्र श्रेष्ठ, सहअध्यक्ष, संघीय समाजवादी फोरम नेपाल
सम्झौताका नाममा आन्दोलन तुहाउन, रोक्न र कमजोर गर्न तीन दलले गरेको नयाँ प्रस्ताव मधेस र मधेसीविरुद्ध छ ।
- राजेन्द्र महतो, अध्यक्ष, सद्भावना पार्टी

संशोधनमार्फत समाधान गर्ने हो भने कुनै पनि विषयलाई थाती राख्नु हुँदैन ।
- महेन्द्र यादव, अध्यक्ष, तराई मधेस सद्भावना पार्टी
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले निर्वाचनका लागि सम्झौता गरी नयाँ षड्यन्त्रमा आफूहरू नफस्ने बताए । उनले भने, 'सम्झौताका नाममा आन्दोलन तुहाउन, रोक्न र कमजोर गर्न तीन दलले गरिरहेको नयाँ सम्झौताको प्रस्ताव मधेस र मधेसीविरुद्ध छ ।' सरकारले संविधान संशोधन नगरी सहमतिका लागि आयोग बनाएर समस्या समधान गर्न गरेको प्रस्तावमा मोर्चा नअल्झिने र मधेसलाई छोडेर मुलुकमा कुनै पनि निर्वाचन सम्भव नहुने दाबी महतोले गरे ।
तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवले सीमांकनबिनाको संशोधनमा मधेसी मोर्चा राजी भयो भन्दै गरिएको प्रचारमा सत्यता नरहेको बताए । उनले भने, 'सीमांकनबिनाको संशोधन प्रस्ताव प्रधानमन्त्री दाहाल र प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीले देशलाई खाल्डोमा हाल्ने षड्यन्त्रको उपज हो ।' अहिले दाहाल र ओली मधेसीका नाममा मुलुकलाई बर्बादीतर्फ लैजाने नीतिमा रहेको आरोप उनले लगाए । सीमांकनसहितको संशोधन नगरी समस्या समाधान हुन नसक्ने बताउँदै उनले भने,'संशोधनमार्फत समाधान गर्ने हो भने कुनै पनि विषयलाई थाती राख्नु हुँदैन ।' मोर्चा अब प्रमुख तीन दलको उधारोमा नचल्ने उनले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहालले चीन प्रस्थान गर्नुअघि बिहीबार राति संविधान संशोधनलाई निकास दिएर चीन जान खोजे पनि सीमांकनबिनाको प्रस्ताव राखेको र त्यसमा पनि सत्ता पक्षकै राप्रपा र प्रमुख विपक्षी एमालेले असहमति जनाएको दाबी मोर्चाका नेताहरूले गरेका छन् ।
मोर्चाले संविधानको मर्म र भावनाअनुसार सीमांकनसहितको संशोधन तथा केन्द्र (संसद्), प्रान्त (प्रदेश) र स्थानीय निकाय निर्वाचन क्रमशः हुनुपर्ने माग गरिरहेको छ ।
-annapurna post

Saturday, March 25, 2017

धनगढी पुगेर बाबुरामले भने- भारतलाई माफी मगाएरै छाड्नुपर्छ

धनगढी, १३ चैत । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले कञ्चनपुरको पुनर्वास घटनामा भारतलाई माफी मगाएरै छाड्नुपर्ने बताएका छन् ।

भारतीय सुरक्षाकर्मीको गोलीबाट नेपाली नागरिक गोविन्द गौतमको मृत्यु हुँदासमेत सरकार गैरजिम्मेवार र लाचार ढंगमा प्रस्तुत भइरहेको भन्दै बाबुरामले आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा भने- ‘जुनसुकै हालतमा भारतलाई माफी मगाएरै छाड्नुपर्छ ।’

संयोजक भट्टराईले राजनीतिक स्थिरताका लागि ल्याइएको थ्रेस होल्डको व्यवस्था जायज भएको भन्दै साना दलले विरोध गर्नुको कुनै अर्थ नरहेको दाबी गरे ।
असन्तुष्ट मधेसी मोर्चालाई पनि सहमतिमा ल्याएर तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिँदै बाबुरामले निर्वाचनका लागि आफ्नो पार्टी तयार रहेको जानकारी गराए ।

राष्ट्रिय एकतालाई मजबुत बनाउन संविधान संशोधन गर्नुको विकल्प नभएको भन्दै उनले संशोधन नभए देशमा फेरि ठूलो द्धन्द हुने चेतावनी दिए । हिमाल, पहाड, तराईका जनतालाई समेट्ने गरी समयावधिमा निर्वाचन हुनुपर्ने उनको भनाई छ ।-Dainik Nepal

संघीय फोरमका नेता अशोक वर्माले राजीनामा दिए, उपेन्द्र यादवलाई धक्का

बुटवल, १३ चैत । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले रुपन्देही जिल्ला कार्यसमितिमा ठाडो हस्तक्षेप गरेर ‘यादव’ जातीको बर्चश्व बनाएको भन्दै संगठन गर्दै आएका युवा नेता अशोक वर्माले सदस्य पदबाट राजीनामा दिएका छन् ।

युवा नेता वर्माले जिल्ला अध्यक्षलाई सम्बोधन गरेर रुपन्देही जिल्ला कार्यसमितिको सदस्यबाट राजीनामा दिएका हुन् । वर्माको राजीनामाले केन्द्रसम्म हलचल मच्चाएको छ । उपेन्द्र यादवलाई राजीनामा प्रकरणले तानव उत्पन्न भएको स्रोतको भनाइ छ ।

युवा नेता वर्माले राजीनामा पत्रमा भनेका छन्, ‘रुपन्देही जिल्ला कार्यसमितिभित्र नातावाद, कृपावाद तथा एकल जातीको नीति कायम भएकोले बुटवल क्षेत्र नम्बर ४ को अध्यक्ष रहने गरी बाँकी अन्य पदबाट राजीनामा दिएको जानकारी गराउँछु’
रुपन्देही जिल्लाको महाधिवेशनमा ठाडो हस्तक्षेप भएको भन्दै वर्मासहितका युवा नेताहरूले बन्दसत्रमा नारावाजी गर्दै बहिष्कार समेत गरेका थिए । वर्मासहितका युवाहरूले बन्दसत्र बहिष्कार गरेपछि अध्यक्ष उपेन्द्र यादवले विवादलाई थामथुम पार्ने प्रयास गरेका थिए ।

पार्टीभित्र विशेष गरेर यादव जातीको बर्चश्व रहेको भन्दै रुपन्देहीमा विद्रोह भएपछि उपेन्द्र यादव संकटमा परेका छन् । यस्तै विद्रोह अरु जिल्लामा पनि हुने तयारीमा रहेको एक नेताले बताए ।
-dainik nepal

बझाङमा भूकम्पको धक्का

बझाङ, चैत १२ – बझाङमा भूकम्पको धक्का महसुश गरिएको छ ।

शनिबार बेलुका ७ बजेर २० मिनेट जाँदा बझाङको लेकगाउँबाट २० किलोमिटर उत्तर केन्द्रविन्दु भएर ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक तिर्थ दाहालले जानकारी दिनुभयो ।

बैशाख १२ र त्यसपछि लगातार रुपमा अाएका पराकम्पले गर्दा बेलुकाकाे खाना खान बसेका मानिसहरु भागाभाग गरेका थिए ।

गत बैशाख १२ पछि पराकम्प नभएर बझाङमै भूकम्पको धक्का महसुस गरिएको थियो । यसले पनि सर्वसाधरणलार्इ डर पैदा गरेका हो ।
केही सञ्चारमाध्यमहरुमा ठूलो भूकम्प अाउनुअगाडी साना भूकम्प अाउँछ भनेर सुनेका बासिन्दाहरु डरले त्रसित रहेका खबर प्राप्त भएकाे छ ।

प्रचण्ड सरकार टाउकोले टेकेर हिँडिरहेको छः उपेन्द्र यादव

'एमाले हाम्रो स्थायी शत्रु होइन'

१२ चैत, काठमाडौं । संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले सरकारका कारण मुलुकमा भ्रष्टाचार र बेथिति चरम रुपमा बढेको आरोप लगाएका छन् ।


भ्रष्टाचार र बेथितिलाई कारण बनाउँदै उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारको बिकल्पको संकेत गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले शनिवार गरेको साक्षात्कारमा उनले भने- ‘मुलुकमा बेथिती बढेको छ, एनसेलसँग अर्बों लाभकर उठाउन सकेको छैन भने, सरकारले आफ्ना कार्यकर्ताको नाममा करोडांै पैसा पठाएर चुनाव जित्ने मौका छोपिरहेको छ ।’

अध्यक्ष यादवले एनसेलसँग लिनुपर्ने लाभकरको विषयमा सरकारले छानविन गर्नुपर्ने माग गरे । उनले भने, ‘यो ठूलो भ्रष्टाचार हो, अहिले अख्तियारलाई थन्क्याइहाले, अब कसले छानविन गर्छ ? मुलुकलाई लुटेर चुनाव गर्न खोजिँदैछ ।’

यादवले सरकार स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेर उल्टो बाटोमा हिँडिरहेको आरोप लगाउँदै भने, ‘कहीँ नभएको जात्रा नेपालमा भनेजस्तै भएको छ, स्थानीय निर्वाचनको नाममा अहिलेको सरकारले उल्टो बाटो पछ्याईरहेको छ, सुल्टो बाटो भनेको पहिले केन्द्रीय संसदको चुनाव गर्नुपर्छ ।’

यादवले भने, ‘अहिलेको संविधानले मधेसी, जनजाती, थारु, संघीयता पक्षधर र सीमाङ्कनको विषयलाई उपेक्षा गरेको छ, यो संविधान पुर्नलेखन नगरिएसम्म मुलुकको भलो हुँदैन ।’

उनले प्रचण्ड नेतृत्वको वर्तमान सरकार टाउकोले टेकेर हिँडिरहेको आरोप लगाउँदै भने,’ टाउकालेे यात्रा कहाँसम्म गर्न सक्छ ?, हामी खुट्टाले हिँड्नको लागि सुझाव दिईरहेका छौँ, हिजो राजाले पनि यस्तो निर्वाचन नगरेका होइनन्, त्यस्तै आज सरकारले सेना परिचालन गरेर निर्वाचन गर्नु भनेको मुलुकलाई झन भड्खालोमा जाक्ने काम हो ।’

उनले थपे, ‘सरकारका कामहरू सबै हामीले देखेका छौँ, निवार्चन हुँदैन, हुन दिँदैनौँ, तर हामी वार्ताबाट भाग्दैनौ, पछिल्ला दिनहरुमा वार्ताको नाममा हामीलाई खेलाउने काम भएको छ, दिन कटाउने काम भैरहेको छ ।’

यादवले एमाले आफूहरुको स्थायी सत्रु नभएको र राजनीतिमा स्थायी सत्रु र मित्र नहुने स्पष्ट पार्दै एमालेसँगको सम्बन्ध सकारात्मक रहेको बताए ।

यादवले संविधान संशोधन नगरी समस्याको समाधान हुन नसक्ने बताउँदै संशोधनमार्फत समाधान गर्ने हो भने कुनै पनि विषयलाई थाँती राख्न नहुने बताए ।

प्रधानमन्त्री दाहालको चीन भ्रमणप्रति टिप्पणी गर्दै यादवले भने, ‘मुलुकको समस्या समाधान गर्नुपर्ने बेलामा उहाँ चीन जानुभयो, मुलुकको समस्या समाधान गरेर चीन मात्रै होइन, जापान, अमेरिका जहाँ गए पनि हामीलाई भन्नु केहि छैन ।’
-Upendra Yadav

घ्यू कुमारीले गर्छ १६ भन्दा बढी औषधीको काम !

आँखाको रोगमा
घ्यू कुमारीको गुदीमा राम्रो बेसार फिटेर मनतातो पारी आखाँमा राती सुत्ने बेलामा बाँध्नाले आँखाको सम्पूर्ण रोग निको हुन्छ ।

कानको रोगमा
घ्यू कुमारीको गुदी मनतातो पारेर २\३ थोपा दाहिने कान दुखोमा देब्रे कानमा र देब्रे कान दुखेमा दाहिन कानमा हाल्ने र दुबै दुखेमा दुबैमा हाल्नाले ठीक हुन्छ ।

मस्तिष्कको रोगमा
नित्य १ चम्चा घ्यू कुमारी खाने र तालुमा लगाउने गरेमा टाउको पोल्ने, पित्त विकार आदि ठिक हुन्छ र मस्तिष्क ठण्डा हुन्छ ।

पुरानो ज्वरोमा
घ्यू कुमारीको जरा १ चम्चा तातो पानीसँग खानाले जीर्ण ज्वरो पनि निको भएर आउँछ । यसो गर्दा वमन भएमा डराउनु पर्दैन पित्त निस्केर जान्छ ।

जण्डीस, कमलपित्त भएमा
बिहान बेलुका १\१ चम्चा घ्यू कुमारी सेवन गर्ने गरेमा आँखा, शरीर पहेलो भएको हट्दै जान्छ र निको हुन्छ ।

खटिरामा
घ्यू कुमारीको गुदी तताएर खटिरामा बाँधेमा घाउ छिट्टै पाक्छ र निको हुन्छ ।

वायुगोला\गानो गएमाः
१ चम्चा घ्यू कुमारीको गुदी, १चम्चा राम्रो बेसार १ चिम्टी सिदेनून फिटेर तातो पानीसँग खाली

पेट केही दिन खाएमा ठीक हुन्छ ।

चिनी रोग (डाइबेटिज) मा
१ चम्चा घ्यू कुमारीको गुदीमा १ चम्चा गुर्जोको सत्व (चिनी) फिटेर खाने गरेमा रोग निको हुँदै जान्छ ।

यौवनवान बनिरहन
२ चम्चा घ्यू कुमारीको गुदी बिहान\बेलुका खाने गर्नाले कुनै रागले छुदैन, दाँत बलियो हुन्छ, स्वर सुरिलो हुन्छ, कपाल कालो हुन्छ, शरीरमा सँधै बल प्रदान गरिरहन्छ ।

कुनै पनि विषमा
घ्यू कुमारीको रस वा गुदी नित्य सेवन गर्नाले सम्पूर्ण शरिरको विष नाश हुन्छ, बल तागत प्रदान गर्छ । यसलाई मालिसको रुपमा शरिरमा लगाउनाले पनि प्रशस्त फाईदा हुन्छन् ।

टाउको दुखेमा
घ्यू कुमारीको लेदो मनतातो पारेर कञ्चटमा लगाउनाले वातज, पितज टाउको दुख्ने ठीक हुन्छ ।

पेटमा गाँठो देखिएमा
घ्यू कुमारी तताएर पेटमा गाँठो भएको ठाँउमा बाँध्नाले गाँठो ठीक हुँदै जानेछ ।

बच्चालाई कब्जिएत भएमा
घ्यू कुमारीको लेदो र साबुनको गाज फिटेर नाइटोमा वरिपरि लगाउनाले दिसा लागेको निको हुन्छ ।

वाथ भएमा
घ्यू कुमारीको गुदी नित्य बिहान/बेलुका एक/एक चम्चा खाने गरेमा वाथरोग ठीक हुन्छ । घ्यू कुमारीको गुदी नित्य बिहान/बेलुका एक/एक चम्चा खाने गरेमा वाथरोग ठीक हुन्छ । मर्केको, चोट लागेको र सुनिएकोमा घ्यू कुमारीको गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट पनि ठिक हुन्छ ।

मर्केको, चोट लागेको र सुनिएकोमा
घ्यू कुमारीको गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट पनि ठिक हुन्छ ।

दाद आएमा
घ्यू कुमारी, लसुनमा पिनेर लेप लगाउने गरेमा दाद आएको ठिक हुन्छ ।


नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।

अमेरिकी डलर डेढ वर्षयताकै सस्तो

चैत १२, २०७३ काठमाडौं : आउँदो आइतबारका लागि केन्द्रीय बैंकले एक अमेरिकी डलरको विनिमय एक सय चार रुपैयाँ ४० पैसा (खरिद दर) तोकेको छ। यो ०७२ भदौ ३ गतेयताकै सस्तो हो। ०७२ मदौ ३ गते एक अमेरिकी डलरको विनिमयदर एक सय चार रुपैयाँ ४० पैसा थियो। त्यस्तै आइतबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर एक सय ५ स्पैयाँ तोकेको छ।

पछिल्ला दिनहरूमा नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर कमजोर बन्दै गएको छ। डलर कमजोर बन्दै गएपछि स्वदेशी मुद्रा बलियो देखिएको हो। तर, स्वदेशी अर्थतन्त्रमा उल्लेख्य सुधार भएकाले रुपैयाँ बलियो भएको नभई भारतीय अर्थतन्त्रमा देखिएको सुधार भएको विज्ञहले बताएका छन्। भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमयदर स्थिर रहेका कारण अमेरिकी डलरको तुलनामा भारु बलियो हुँदा नेरु पनि बलियो देखिएको हो। खासगरी भारतको विधानसभा चुनावमा उत्तरप्रदेशमा भारतीय जनता पार्टीको गठबन्धन निर्वाचित भएसँगै त्यहाँको अर्थतन्त्र सुधार अडकलबाजी गरिएको छ। यसबाट भारतीय मुद्रा बलियो हुँदै गएको हो। अधिकांश भागमा प्रकानमन्त्री नरेन्द्र मोदीकै दल भाजपाले जितेपछि उनी नेतृत्वको सरकार बलियो हुने भएकाले आर्थिक सुधारको गति तीब्र हुने अपेक्षा गरिएको छ। विधानसभामा भाजपाको बहुमत हुने देखिएपछि पुनः मोदीकै सरकारले निरन्तरता पाउने अडकलबाजीहरू गरिएका छन्। यसो भएमा भारतमा राजनीतिक स्थिरा आउने अनुमान गरिएको छ। यस्तो अवस्था आएमा अहिले सरकारसमक्ष पेस भएका आर्थिक सुधारका लागि आवश्यक नीतिहरू पारित गर्न सजिलो हुनेछ। यसबाट भारतको आर्थिक गतिविधि अभिवृद्धि हुनुका साथै विदेशी लगानी बढ्ने विश्वास गरिएको छ।

शरीर कमजोर हुँदा खानुहोस् यी दश खानेकुरा

बुढापाकाले भन्ने गरेको ‘घामपानीको शरीर’ कहिले काहीँ तलमाथि त परिरहन्छ । शरीरले आफूलाई सँधै स्वस्थ महसुस गर्दैन । कहिलेकाँही शरीर कमजोर र आलस्यको पोको बनिदिन्छ ।

शरीरमा कमजोरी भयो भने यी उपाय अपनाउनुहोस्ः

१‍. दैनिक पालकको सागको एक गिलास जुस पिउँदा शरीरलाई ऊर्जा मिल्छ ।

२‍. एक गिलास दूधमा एक चम्चा मह र थोरै बेसार मिलाएर नियमित खाँदा कमजोरी हट्छ ।

३‍. बिहान र साँझ दैनिक दुई कोसा केरा दूधमा मिसाएर खाँदा कमजोरी हराउँछ ।

४‍. अनारको गेडा सुकाएर पिसेको धुलो बिहान र बेलुका एक–एक चम्चा नियमित खाँदा शरीरले शक्ति प्राप्त गर्छ ।

५‍. चार–पाँच वटा छोकडा, दुई–तीन वटा काजु, दुई वटा बदाम मिसाएर एक गिलास दूध उमाल्ने र त्यसमा एक चम्चा मिश्री मिसाएर नियमित पिउँदा कमजोरी हुँदैन ।

६‍. अमलाको धुलोलाई मिश्रीको धुलोसँग मिसाएर दैनिक सुत्नुभन्दाअघि एक चम्चा पाउडर खाने ।

७‍. एक गिलास दूधमा एक चिया चम्चाको चार भागको एक भाग दालचिनीको धुलो र एक चम्चा मह मिसाएर खाँदा शरीरमा स्फुर्ती आउँछ ।

८‍. साँझ पाँच चम्चा चनाको दाल एक गिलास काँचो दूधमा भिजाउने र बिहान मिश्री र किसमिस मिसाएर दैनिक पिउँदा शरीरको कमजोरी हराउँछ ।

९‍. दुई चम्चा मेथी पाँच घण्टासम्म पानीमा भिजाउने । भिजेको पानीलाई उमालेर दुई चम्चा मह मिसाएर नियमित खाँदा फाइदा पुग्छ ।

१०‍. खाना खाएपछि दैनिक एक कप अंगुरको ताजा जुस खानाले शरीर फुर्तिलो बन्छ ।
स्वास्थ्य खबरबाट ।

ज्योतिषशास्त्र: शनिवारको दिनमा भुलेर पनि नगर्नुहोस यी ७ चिजको किनमेल

शनिवार हप्ताको सबै भन्दा राम्रो दिन मानिन्छ र कतिपय मानिस शपिंगको लागि पनि जाने गर्छन । शनिवार हनुमानजीको बिशेष पुजा र शनिदेवको आराधना गर्नको लागि सबै भन्दा उत्तम दिन मानिन्छ । शनिवारमा किनमेल गर्नु राम्रो त मानिन्छ तर शनिदेवको दिन हुने भएकाले यस दिनमा केहि वस्तु किनमेल गर्नबाट बच्नु पर्छ ।

आउनुहोस जानौ यस्ता ७ चिजको बारेमा जसलाई किनमेल गर्नु तपाईको लागी हानिकारक हुन सक्छ …
१. शनिवारको दिनमा फलामबाट बनेको वस्तु दान गर्नुलाई बिशेष महत्व मान्ने गरिन्छ फलामको समान दान गर्दा शनिदेव प्रसन्न हुनुहुन्छ
र व्यापारमा मुनाफा मिल्छ । शनिवार फलाम लाई दान गर्नुस तर घर-परिवारको लागी फलामको सामान खरिद गर्न बाट बच्नुहोस ।
२. शनिवारको दिन तेल दान गर्नु पर्छ तर तेल खरिद गर्नबाट बच्नु पर्छ । शनिवारको दिनमा तेल खरिद गर्नाले मानिस रोगबाट ग्रसित हुन्छ ।
३. यदि नुनको खरिद गर्नु छ भने शनिवारको सट्टा अरु कुनै दिन खरिद गर्नुहोस् । शनिवारको दिनमा नुन खरिद गर्नाले ऋण लाग्न तथा बढ्न सक्छ ।
४. शनिवारको दिन खरिद गरिएको कैचीले सम्बन्धमा टकराव ल्याउछ । यसैले यदि तपाईलाई कैची खरिद गर्नु छ भने शनिवारको अलावा अरु कुनै दिनमा खरिद गर्न सक्नु हुन्छ ।
५. कालो तिल चढाउनाले शनिदेव प्रसन्न हुनुहुन्छ र बिपत्तिबाट मुक्त पारिदिनु हुन्छ तर यस दिन कालो तिल खरिद भने गर्नु हुदैन ।
६. यदि तपाईलाई कालो रंगको जुत्ता खरिद गर्नु छ भने शनिवार खरिद नगर्नुहोस । मान्यता छ कि शनिवार खरिद गरिएको कालो जुत्ता लगाउने मानिसलाई कार्यमा असफलता प्राप्ति हुन्छ ।
७. पढाई-लेखाई संग जोडिएको वस्तु जस्तै कागज, पेन र मसी आदि खरिद गर्ने सबै भन्दा श्रेष्ठ दिन बिहिवार हो त्यसैले शनिवारको दिनमा खरिद नगर्नुहोस यसले मानिसलाई मुर्ख बनाउछ।e
Gorkhali Khabr bata
भिडियो हेर्न तलको बाकसमा थिच्नुस

चाउचाउले निम्त्याउँछ खतरनाक रोग

चाउचाउ नेपालमा सबैभन्दा लोकप्रिय स्न्याक्समा पर्छ । छिटोछरितो र स्वादिलो हुने हुँदा हामी मध्ये धेरैले चाउचाउ खान रुचाउँछौँ । बच्चालाई मात्र होइन जवान र बृद्धहरुसम्म पनि चाउचाउ मन पराउँछन् । तर यही लोकप्रिय खाजा चाउचाउ स्वास्थ्यका लागि भने राम्रो हुँदैन भन्ने कुरा थाहा नहुन सक्छ । वुमन्स हेल्थमा प्रकाशित शोधका अनुसार चाउचाउको नियमित सेवनले हामीलाई विभिन्न प्रकारका रोग निम्तिने खतरा हुन्छ ।

यो शोधका अनुसन्धानकर्ताहरुले चाउचाउले मानिसहरुका मधुमेह, मुटु सम्बन्धी रोग र मस्तिस्क घात जस्ता खतरा हुने बताएका छन् । चाउचाउले कार्डियोमेटाबोलिक सिन्ड्रोम नामक अवस्था पैदा हुने र यसले मुटुमा विभिन्न समस्या पैदा गर्ने शोधकर्ताहरुको भनाइ छ । चाउचाउका कारण पाचनप्रणालीमा समेत समस्या हुने समेत बताइएको छ ।
हप्तामा २ पटक चाउचाउ खानेलाई पाचन प्रणालीमा समस्या आउने खतरा ६८ प्रतिशत हुन्छ । भेलोर विश्वविद्यालयका शोधकर्ताहरुले सन् सन् २००७ देखि २००९ सम्म महिलाहरुमाथि यो अध्यन गरेका थिए । चाउचाउमा हुने क्यालोरी, रिफाइण्ड कार्बोहाइड्रेट्, स्यचुरेटेड फ्याट् र सोडियमको उच्च मात्राले महिलाहरुलाई धेरै नै घाटा गर्ने उल्लेख छ ।
-Gorkhali Khabar

Friday, March 24, 2017

भारी असिनापानीले विमानस्ठलको धावनमार्गमा समस्या

अपडेट : १०: ०३ काठ्माण्डाैं
११ चैत्र राजधानीमा परेकाे असिना पानीले नेपालकाे एकमात्र अन्तराष्ट्रिय बिमानस्थलमा समस्या देखिएकाे छ । त्यहाँ विमानहरुले ल्यान्ड गर्न नसकिएको विमानस्ठल स्रोतले जानकारी दियो ।
अरु क्षतिबारे एकिन विवरण अाइसकेको छैन ।

राजधानी काठमाडौं लगायत आसपासका जिल्लाहरुमा भारी बर्षा सहित असिना परेको छ । ९ बजेर ३० मिनेटदेखि आएको अविरल वर्षासँगै आएको असिनाले बाटो पुरै सेताम्मे भएको छ ।
खाली जग्गाहरुमा हिउँ परेको जस्तै देखिएको छ ।

राजधानीमा अनौठो बर्षा बाटो २ इन्च मोटो असिनाले भरियो । फोटोफिचर

काठ्माडाैं ११ चैत्र । राजधानी काठमाडौं लगायत आसपासका जिल्लाहरुमा भारी बर्षा सहित असिना परेको छ । ९ बजेर ३० मिनेटदेखि आएको अविरल वर्षासँगै आएको असिनाले बाटो पुरै सेताम्मे भएको छ । खाली जग्गाहरुमा हिउँ परेको जस्तै देखिएको छ ।
सुत्न तरखर गरेका राजधानीबासीहरु असिना हेर्न बाहिर निस्किएका छन् ।

बोल्दाबोल्दै फोन काटियो ? अब क्षतिपूर्ति पाइने

काठमाडौँ । बोल्दाबोल्दै फोन काटियो ? नआत्तिनुस् अब क्षतिपूर्ति पाइने भएको छ । बोल्दाबोल्दै फोन काटिने, आवाज प्रस्ट नबुझिने, नेटवर्क आउनेजाने भइरहनेजस्ता समस्या दूरसञ्चार क्षेत्रमा सेवाग्राहीका वर्षौंदेखिका गुनासा अझै छन् । नेपाल दूरसञ्चार प्राधिकरणले अबदेखि फोन गर्दा यस्ता समस्या आए दूरसञ्चार सेवा प्रदायक कम्पनीबाट सेवाग्राहीलाई क्षतिपूर्ति दिलाउने गरी कानुनी व्यवस्था गर्न लागेको छ । पहिलो चरणमा बीचमै बोल्दाबोल्दै फोन काटिए सो कल बापतको पैसा फिर्ता गर्ने नियमावली र प्रविधि लागू गर्न गृहकार्य थालिएको, दूरसञ्चार प्राधिकरणले दिएको छ ।

“पैसा घट्दै जाने तर कुरा गर्न नपाउने समस्यामा अझै सुधार हुन सकेको छैन । अहिलेको दूरसञ्चार नियमावलीमा क्षतिपूर्तिसम्बन्धी प्रावधान छैन, त्यसैले अब हामी नयाँ नियमावली बनाउँदैछौँ । त्यसमा ‘कल ड्रप’ भएको समयको पैसा फिर्ता गर्नुपर्ने प्रावधान राख्दैछौँ”, प्राधिकरणका निर्देशक पुरुषोत्तम खनालले जानकारी दिनुभयो ।
calling-phone

उहाँले तोकिएको मापदण्ड पूरा नभएको बारेमा प्राधिकरणलाई वेबसाइट र मोबाइल एप (एनटीए)बाट गुनासो र उजुरी गर्न सकिने बताउनुभयो । “पहिला सेवाग्राहीले हामीलाई तथ्यपरक गुनासो गर्नुपर्छ, त्यसपछि हामी एक÷एक गरी कारबाही गर्छौं, कसैलाई छाड्दैनौँ”, उहाँले भन्नुभयो ।
सूचना तथा सञ्चार मन्त्रालयले एक महिनाअघि दूरसञ्चार नीतिको समीक्षा गर्दा प्राधिकरणलाई दूरसञ्चारको गुणस्तर सुधार गर्न यससम्बन्धी मापदण्ड र कार्यविधि बनाउन निर्देशन दिएपछि प्राधिकरणले नयाँ गुणस्तर नियमावली बनाउन थालेको हो ।

सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले उपभोक्ताको गुनासो सम्बोधन गर्ने उद्देश्यका साथ क्षतिपूर्तिको व्यवस्था गर्न लागिएको बताउनुभयो । उहाँले सेवाग्राहीलाई दूरसञ्चार सेवाको गुणस्तर प्रत्याभूत गराउने उद्देश्यका साथ क्षतिपूर्तिसहितको नयाँ व्यवस्था गर्न नयाँ नियमावली बनाउन मन्त्रालयले प्राधिकरणलाई निर्देशन दिएको उल्लेख गर्नुभयो ।
प्राधिकरणले कानुनी रूपमा सेवा प्रदायकसँग क्षतिपूर्ति लिने अधिकार अहिलेको विनियमावलीमा नभएकाले परिवर्तन गरी नयाँ नियमावलीको तयारी प्राधिकरणले गरेको छ । नियमावलीमा भ्वाइस तथा डाटाको गुणस्तर कायम गर्नुपर्ने तथा नभएको अवस्थामा सेवाग्राहीलाई क्षतिपूर्तिको व्यवस्थालगायत विषय उल्लेख गरिनेछ ।
दूरसञ्चार सेवा प्रदायकले आफ्नो प्रतिबद्धता अनुसार सेवा नदिएको गुनासो उपभोक्ताबाट धेरै आएपछि नियमावली तयार गर्न लागिएको हो । नियमावलीको मस्यौदा तयार भएपछि प्राधिकरणको बोर्डले अनुमोदन गरेर मन्त्रालयमा पठाउने र त्यसपछि मन्त्रीस्तरीय बैठकले मस्यौदा स्वीकृत गरेपछि नियमावली लागू हुनेछ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आर्थिक विकास तथा प्रशासनिक केन्द्र (सेडा)ले करिब पाँच वर्षअघि काठमाडौँ, पोखरा, विराटनगर र नेपालगन्जमा गरेको अध्ययनमा सेवा प्रदायकको गुणस्तर ‘सामान्य र कामचलाउ’ मात्र देखिएको जनाएको थियो ।
सेडाको प्रतिवेदनअनुसार सेवाको गुणस्तर तुलनात्मक रूपमा सुधार नभएको, अधिकांश स्थानमा सेवा नराम्रो देखिएको र तोकिएको मापदण्ड पूरा नभएको पाइएको छ । तर, सेडाले गरेको अध्ययनपश्चात् कुन सेवा प्रदायकको कस्तो गुणस्तर छ भन्ने कुराको स्वतन्त्र सर्वेक्षण हालसम्म हुन सकेको छैन ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार ९० प्रतिशत फोन डायल गर्नासाथ लाग्नुपर्ने र एउटा निकायबाट अर्कोमा फोन गर्दा हुने जाम (प्वाइन्ट अफ इन्टरकनेक्सन कन्जेक्सन) एक प्रतिशत मात्रै हुनुपर्ने सर्त प्राधिकरणले तोकिदिएको छ ।
यस्तै ‘सर्भिस एक्सेस डिले रेट’ १५ सेकेन्डभन्दा कममा हुनुपर्ने, ‘कल कम्प्लिसन रेट’ ४५ प्रतिशतभन्दा धेरै हुनुपर्ने, ‘कल क्वालिटी रेट’ ९० प्रतिशतभन्दा धेरै हुनुपर्ने र ‘कल ड्रप रेट’ तीन प्रतिशतभन्दा कम हुनुपर्ने ‘बेन्चमार्क’ कायम गरे पनि यो सीमा नाघेर कम्पनीले सेवा दिइरहेको सेवाग्राहीको गुनासो छ ।

धनुषामा पेस्तोलसहित दुई भारतीय युवक पक्राउ

धनुषा, ११ चैत । धनुषामा पेस्तोलसहित दुई भारतीय युवक पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार गणेशमान चारनाथ–९ लवटोलीबाट प्रहरीले भारत मधुवन बिहार बस्ने २६ वर्षीय शत्रुधन यादव र २५ वर्षीय रबिन्द्र यादवलाई विहिबार नलकटुवा पेस्तोल १ थान र सोको गोली २ राउण्ड सहित पक्राउ गरेको हो ।

प्रहरी चाकी पोर्ताहाबाट खटिएको प्रहरी टोलीले उनीहरु सवार विआर ३२ के १६९५ नम्वरको मोटरसाइकल चेकजाँच गर्दा उक्त पेस्तोल र गोली बरामद भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिररहेको छ ।
-dainik nepal

प्यूठान जिप दुर्घटनामा ६ जनाको मृत्यु, तीन गम्भीर घाइते (अपडेट)

प्यूठान जिप दुर्घटनामा ६ जनाको मृत्यु, तीन गम्भीर घाइते (अपडेट)
प्यूठान, ११ चैत । धार्मिक तीर्थस्थल स्वर्गद्वारी जाँदै गरेको बा ८ च १५६१ नंको स्कार्पियो जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन् ।
काठमाडौँबाट स्वर्गद्वारी दर्शनका लागि आएका तीर्थालु चढेको गाडी स्वर्गद्वारीभन्दा तीन किमी अगाडि रुमाले भन्ने ठाउँमा सडकबाट ७०० मिटर तल खसेर दुर्घटना हुँदा हालसम्म पाँच महिला र एक पुरुष गरी ६ जनाको मृत्यु र तीनजना घाइते भएका छन् ।

सो जिपमा चालकसहित नौजना सवार रहेको प्रमूख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो । घटनामा परी घाइते भएकामध्ये दुई महिला र चालक सरोज घलेको अवस्था गम्भीर रहेको छ ।

बिहीबार साँझ स्वर्गद्वारीको आधार शिविर भिङ्ग्रीमा आइबसेका तीर्थालु मन्दिर दर्शनका लागि आज स्वर्गद्वारी जाँदै गरेका थिए । मृतकको हालसम्म सनाखत हुन सकेको छैन ।

घाइतेको अवस्था गम्भीर रहेको र प्राथमिक स्वास्थ्य चौकी, भिङ्ग्रीमा उपचार जारी रहेको स्थानीय तथा घटनास्थलमा पुग्नुभएका टेकप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

घटनास्थलमा अहिले जिल्लाबाट प्रजिअ, प्रहरी प्रमुख र नागरिक समाजको टोली जाँदैछ । इलाका प्रहरी कार्यालय, भिङ्ग्रीबाट गएको प्रहरी टोली र स्थानीयवासीले उद्धार कार्य जारी राखेका छन् । रासस

दिल्लीबाट फर्केकै दिन उपेन्द्रको फेला परे बामदेव गौतम र सुवास नेम्वाङ, बालुवाटारमा झण्डै झडप !

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार राति चीन उड्नुअघि बोलाएको सत्तारुढ दल, एमाले र मधेसी मोर्चाका नेताहरुको बैठकमा एमालेबाट सहभागी उपाध्यक्ष वामदेव गौतम र संसदीय दलका उपनेता सुवास नेम्वाङले सप्तरीमा मोर्चाले शान्तिपूर्ण ढंगले सभा सम्मेलन गर्ने अधिकार किन कुण्ठित गरेको भनी सुरुमै प्रश्न गरे ।

बनारस र नयाँ दिल्ली भ्रमणबाट बिहीबार दिउँसो राजधानी फर्केका संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले आफू केही महिनाअघि सुर्खेत जाँदा एमाले कार्यकर्ताले उसैगरी आक्रमण गरेर ‘शान्तिपूर्ण सभासभासम्मेलन गर्ने संवैधानिक हक कुण्ठित गरेको’ कटाक्ष फर्काएपछि बैठक एकैछिन विषयान्तर भएको थियो ।

मोर्चाको तर्फबाट बोलेका तमलोपा अध्यक्ष महन्थ ठाकुरले ठूला दलहरुले आफूहरुलाई उधारो आश्वासनमा सीमित राखेको भन्दै आक्रोश पोखेका थिए । ‘हामी यसपल्ट उधारो आश्वासन मान्नेवाला छैनौं, तपाईंहरुले के के गर्न खोजेको हो, पहिले गरेर देखाउनुस्,’ ठाकुरले भने, ‘अनि मात्रै सहमति हुने सम्भावनाको कुरा गरौंला ।’

सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतोका अनुसार बैठकमा स्पष्ट मुद्दाहरुमा कुनै छलफल भएन । दाहाल चीन गएकै अवधि पनि सहमतिको मिलनविन्दू पहिल्याउने, उनी चीनबाट फर्कने बित्तिकै सहमतिको निर्णायक पहल हुने आश्वासन दिएपछि बैठक बिनानिष्कर्ष टुंगिएको महतोले जानकारी दिए ।

Thursday, March 23, 2017

इमर्जिंङ कप क्रिकेटका लागि नेपाली टोली उत्साह बोकेर तयारीमा

उदाउँदो नेपाली क्रिकेट अर्को महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताको संघारमा छ । नेपालका लागि यो विशेष र महत्वपूर्ण पनि छ । घरेलु मैदानमा आइसीसी विश्व लिग क्रिकेट च्याम्पियनशीपमा केन्याविरुद्ध मिश्रित नतिजा निकालेको नेपाली राष्ट्रिय क्रिकेट टोली उत्साहका साथ एसीसी इमर्जिङ कप क्रिकेटमा उत्रदैछ । तयारी लभगग टुंग्याएको नेपालले निश्चय नै इमर्जिङमा उपाधि जित्नु भन्दा पनि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा छ । गत आईतबारदेखि कीर्तिपुरस्थित टियु मैदानमा सुरु भएको वन्द प्रशिक्षण अव अन्तिम चरणमा पुगेको छ ।
बङगलादेशमा हुने एसीसी ईमर्जिङ नेशन कप २०१७ क्रिकेट प्रतियागिताको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली केहि नयाँ पुराना खेलाडीको समिश्रणमा उभ्याइएको छ । उसोत टिमको कप्तानी भुमिकामा नियमित उपकप्तान ज्ञानेन्द्र मल्ल रहेका छन् । नेपाललाई प्रतिनिधित्व गर्दै पहिलो पटक नियमित कप्तानको हैसियतमा देखिएका ज्ञानेन्द्र मल्लले नेपालको लक्ष्य जित भन्दा पनि उत्कृष्ट प्रदर्शन गर्नु रहेको प्रष्ट पारेका छन् ।


News24 tv Nepal

निर्मलनिवासमा ब्रतबन्ध, सोल्टीमा भोज !

१० चैत, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहको ब्रतबन्ध तडक-भडकका साथ हुने भएको छ । ब्रतबन्ध सम्पन्न गरेको एकसातापति सोल्टी होटलमा भोजको आयोजना गरिने भएको छ ।

चैत १७ गते निर्मलनिवासमा धार्मिक समारोहका वीच ब्रतबन्ध सम्पन्न हुने पूर्वराजपरिवार स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

निर्मल निवासमा ब्रतबन्ध सकिएको एक सातापछि चैत २४ गते सोल्टी होटलमा निम्तालुहरुलाई भव्य पार्टी दिइने पूर्वराजपरिवारको तयारी छ ।

सामाजिक व्यवहार सुधार ऐनले विवाह ब्रतबन्ध आदिमा फजुल खर्च गर्न नहुने गरी रोक लगाएको छ ।
-online khabar

साउदीका गैरकानुनी विदेशी कामदारले आममाफी नलिए २८ लाखसम्म जरिवाना

१० चैत, काठमाडौं । साउदी अरेबियाले आममाफीका लागि दिएको ९० दिनको समयसीमा भित्रमा देश नछोड्ने अवैध (इलिगल) आप्रबासी कामदारलाई ठूलो जरिवाना रकम लगाउने निर्णय गरेको छ । आममाफीका लागि जारी गरिएको सूचनाअनुसार आफू स्वदेश फर्किन प्रक्रिया अघि नबढाउने कामदारले अब २८ लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने भएको छ ।

धेरै नेपाली कामदार पनि साउदीमा अवैध कामदारका रुपमा रहेकाले उनीहरुले आममाफीका सदुपयोग नगरे ठूलो जरिवाना तिर्नुपर्ने छ ।

कम्तिमा ४ लाख २० हजार रुपैयाँदेखि २८ लाख रुपैयाँ अर्थात १५ हजार देखि १ लाख रियालसम्म जरिवाना लगाउने निर्णय साउदीले गरेको हो । साउदीको अध्यागमन विभागले यसरी जरिवाना तिरेर फर्किएकालाई फेरि साउदीमा आउन नदिने निर्णय पनि गरेको छ ।

आममाफीको प्रक्रिया चैत १६ गतेदेखि लागू हुनेछ । यसको ९० दिनको अवधिमा श्रम ऐन उल्लंघन गर्दै साउदी अरबमा कार्यरत विदेशी कामदारले विना सजाय देश छाड्न सक्नेछन् ।

यो अभियान १९ वटा सरकारी निकायहरुले सञ्चालनमा ल्याउने छन् । यस्तो सुविधा हज वा उम्राहको दर्शनको लागि आएर भिषा अवधि समप्त भएपछि पनि घर फिर्ता नभएका र भिसासँग सम्बनिधत अन्य मामिलामा पनि यो सुविधा लागू हुनेछ ।

यो सुविधा अवधि समाप्तिपछि पनि बसाई नटुंगाउनेहरुले भने जरिजाना सहित सजाय भोग्नु पर्ने पनि त्यहाँको सरकारले स्पष्ट पारेको छ । यसअघि ३ वर्ष पहिले यस्तै कार्यक्रम सञ्चालनमा ल्याउँदा करिब २५ लाख मानिसले साउदी छोडेका थिए ।

निर्वाचनका लागि एमालेले बनायो उम्मेदवार छनौटको मापदण्ड, के के छन् ?

बागी उम्मेदवार उठे ‘अन द स्पट’ कारबाही
काठमाडौं, १० चैत । प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तहको निर्वाचनको उम्मेदवार छनोटको मापदण्ड र विधि निर्धारण गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा विहिबार बसेको स्थायी कमिटी बैठकले स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वार मापदण्ड र सिफारिस प्रक्रिया टुंगो लगाएको नेता शंकर पोखरेलले बताए ।

नयाँ मापदण्डअनुसार निर्वाचनमा एमालेको उम्मेदवार बन्न सिनियर, पार्टीमा निरन्तर लागेको, पार्टीप्रति प्रतिवद्ध, आर्थिक तथा अनुशासनको कारबाहीमा नपरेको, समावेशी, स्थानीय विकास निर्माणको नेतृत्व गर्न सक्ने र स्थानीय स्तरमा लोकप्रिय हुनुपर्नेछ ।
बैठकले उम्मेदवार छनौटको विधि पनि निर्धारण गरेको छ । जसमा वडा अध्यक्ष र सदस्यको उम्मेदवार वडा कमिटीको सिफारिसमा, गाउँनगर कमिटीको राय सल्लाहमा जिल्ला कमिटीले टुंगो लगाइनेछ ।

गाउँपालिका र नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार प्रदेश कमिटीले छनोट गर्नेछ । तर, त्यसमा पनि सम्बन्धित तहको सिफारिस र जिल्लाको राय चाहिनेछ ।

उपमहानर र महानगरका मेयर र उपमेयरको उम्मेदवार भने केन्द्रले नै छनोट गर्ने निर्णय भएको छ ।

एमालेले स्थानीय तहमा कोही बागी उम्मेदवार उठे समर्थक प्रस्तावकसहित ‘अन द स्पट’ कारबाही गर्ने निर्णय समेत गरेको छ ।
-dainik nepal

स्थानीय चुनाव भाँड्ने ‘रअ’ को डिजाइन ? हेर्नुहोस् ५ शंकास्पद योजना

समाचार टिप्पणी
आगामी बैशाख ३१ गतेका लागि घोषणा गरिएको स्थानीय तहको चुनाव कुनै पनि हालतमा सफल हुन नदिन भारतीय गुप्तचर संस्था ‘रअ’ ले डिजाइन गरेको र सोहीअनुसार नेपालमा उसले शंकास्पद गतिविधि बढाएको विश्लेषण नेपाल सरकारले गरेको छ ।

उच्च सरकारी अधिकारीहरुका अनुसार देशमा भइरहेका पछिल्ला केही घटनाहरु अत्यन्तै अप्रत्यासित एवं घुसपैठबाट गराइएका पाइएका छन् । चुनाव असफल बनाउनका लागि रअको डिजाइनमा अझै पनि यस्ता घटनाहरु हुन सक्ने भन्दै सरकारले सतर्कता अपनाएको छ ।

पहिलो योजनाः सप्तरीको गोलीकाण्ड

फागुन २३ गते सप्तरीको मलेठमा एमालेको आमसभा भइरहेका बेला प्रहरीले गोली चलाउँदा पाँचजनाको मृत्यु भयो भने केही घाइते भए । त्यहाँ गोली नचलाउने निर्देशन प्रधानमन्त्रीले दिएका थिए । प्रदर्शनकारीहरु पनि खासै धेरै थिएनन् र कार्यक्रम सकिइसकेको अवस्थामा अनावश्यकरुपमा गोली चलाइएको मधेसी मोर्चा र सरकारकै अधिकारीहरुले बताउँदै आएका छन् ।

उच्च सरकारी स्रोतका अनुसार नेपाल प्रहरीभित्रै केही शंकास्पद व्यक्तिहरु छन्, जो देशको हितमा भन्दा पनि विदेशीको स्वार्थमा बिकेका छन् र उनीहरुको हितमा काम गर्छन् ।

सप्तरीमा गोलीकाण्ड मच्चाएर एमालेको अभियानलाई मात्रै असफल पार्ने होइन कि घोषित स्थानीय चुनाव नै बिथोल्ने योजना अनुसार उक्त घटना गराइएको विश्लेषण उच्च स्रोतले गर्न थालेको छ ।
स्रोतले अनलाइनखबरसँग भन्यो- ‘भारतीय रअका कतिपय व्यक्तिले स्थानीय चुनाव रोक्न प्रचण्ड नेतृत्वको सरकारलाई दबाव दिएका थिए ।’

भारतीय रअका अधिकारीहरुले नरेन्द्र मोदीको हवाला दिँदै सरकारलाई यस्तो दबाव दिएका थिए । तर, प्रधानमन्त्रीले त्यस्तो दबाव मान्दिनँ, जसरी पनि चुनाव गराउँछु भनेर अठोट गरेपछि देशमा नसोचेका घटनाहरु हुन थालेको उच्च स्रोतले अनलाइनखबरलाई बतायो । सप्तरी घटना यसैको पहिलो शृखला भएको स्रोतको दाबी छ ।

स्मरणीय छ, केही साता अघि भारतीय गुप्तचरका एक पूर्वप्रमुख काठमाडौंमा केही दिन बसेका थिए ।

दोस्रो योजनाः राप्रपालाई सरकारबाट झारेर सडकमा ल्याउने

सप्तरीमा गोलीकाण्ड मच्चाए पनि त्यसले स्थानीय चुनाव स्थगत गराएन । त्यो काण्डपछि भड्काववादीले सोचेजस्तो मधेस आन्दोलन पनि उठेन र एमालेको मेची महाकाली अभियान पनि रोकिएन । त्यसपछि मधेसवादीलाई भड्काउने षड्यन्त्र असफल भयो । त्यसपछि सुरु भयो अर्को डिजाइन ।

निर्वाचन आयोगले अकस्मात राप्रपाको विधानमा काटछाँट गरिदियो । राजतन्त्र र हिन्दुराष्ट्र भन्ने पदावली विधानबाट निर्वाचन आयोगले अकस्मात हटाएपछि भर्खरै सरकारमा गएको रापप्रमा सत्ताबाट बाहिरै आउने पो हो कि भन्नेसम्मको स्थिति उत्पन्न भयो ।

चुनाव गराउनका लागि कमल थापा सरकारमा सहभागी भएको विषय ‘रअ’ लाई मन परेको थिएन । अझ संविधान संशोधनमा समर्थन नगर्ने तर चुनाव सफल बनाउन लागिपर्ने कमल थापाको लाइन त झन् उनीहरुलाई असैह्य नै भएको सूत्रहरुको दाबी छ ।

यही कारण निर्वाचन आयोगमा रहेका आफ्ना मान्छेमार्फत् चलखेल गरेर राप्रपालाई बिच्काउने षड्यन्त्र रचिएको सरकारी उच्च स्रोतको अनुमान छ । निर्वाचन आयोगले राप्रपाको विधान सच्याउने निर्णय गर्नै लाग्दा यसबारे प्रधानमन्त्री प्रचण्डलाई कुनै जानकारी गराइएको थिएन । र, स्वयं राप्रपाका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापालाई पनि कुनै जानकारी गराइएको थिएन ।निवार्चचतन आयोगमार्फत् अघि सारिएको डिजाइन एक हदसम्म सफल भयो । राप्रपा उत्तेजित भयो र सडकमा आयो ।

तर, यो योजना किन असफल भयो भने कमल थापाले यही घटनाको आवेशमा आएर सरकार छाड्नेसम्मको अधैर्यता चाहिँ देखाएनन् ।
आयोगले राप्रपालाई सडकमा उतारेका बेला बीजेपीका केही नेता काठमाडौंमा थिए र उनीहरुले विभिन्न च्यानलमार्फत राप्रपाले सरकार छाड्नुपर्ने ‘डोज’ दिइरहेका थिए ।

तेस्रो योजनाः हिन्दुवादीलाई कुट्ने, आन्दोलन भड्काउने

निर्वाचन आयोगमार्फत राप्रपालाई बिच्काएर सडकमा ल्याइसकेपछि उनीहरुलाई दमन गरेर उत्तेजित बनाउने र आन्दोलन उठाउने योजनामा चुनावविरोधी तत्वहरु लागिपरेको सरकारका उच्च अधिकारीहरुको बुझाइ छ ।

यही योजना अनुसार राजधानीमा राप्रपाको शान्तिपूर्ण जुलुसमाथि प्रहरीले अन्धाधुन्द लाठी चार्ज गर्‍यो । पशुपतिसमशेर राणासमेत झडपमा घाइते भए । यो घटनामा हिन्दु स्वयंसेवकहरुको घुसपैठ रहेको निश्कर्ष नेपाल प्रहरीले निकालेको छ ।

उता सरकारले भने कतै प्रहरीभित्रै रहेका विदेशी दलालको हितमा काम गर्नेहरुले त यस्तो झडप निम्त्याएका होइनन् ? सरकारका एक उच्च अधिकारी भन्छन्- ‘प्रहरीभित्र समेत भारतीय रअको पैसा खाने र उनीहरुका लागि काम गर्ने तत्वहरु रहेको हामीलाई गम्भीर आशंका छ । शान्तिपूर्ण कार्यक्रममा टाउकोमा ताकेर गोली हान्ने र राजधानीमा राप्रपामाथि अनावश्यक बल प्रयोग गर्ने काम डिजाइनअनुसार नै भइरहेको आशंका छ ।’

त्यसो त नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले पनि चुनाव बिथोल्ने खेल खेलिरहेको सरकारी पक्षको आशंका छन् । खड्काका पालामा प्रहरीमा प्रवेश गरेका कतिपय व्यक्तिलाई परिचालन गरेर प्रहरीमार्फत नै झडपको वातावरण बनाउन लागिएको हो कि भन्नेबारे सरकार गम्भीर रहेको स्रोतले बतायो ।

यद्यपि सप्तरी घटनामा जस्तै काठमाडौंमा राप्रपामाथि मारपिट गरेर उसलाई सरकारबाट बाहिर पार्ने वा हिन्दुवादीका नाममा आन्दोलन चर्काउन खोज्ने ‘रअ’ डिजाइन राप्रपाका नेताहरुको सुझबुझपूर्ण धैर्यताले गर्दा असफल भएको र चुनावको माहौल नबिथोलिएको स्रोतको दाबी छ ।

चौथो योजनाः मधेसवादी र हिन्दुवादीलाई जोड्ने

जसरी पनि नेपालमा चुनाव हुन नदिने डिजाइनमा लागेको विदेशी तत्वले मधेसी र हिन्दुअतिवादीलाई एक ठाउँमा जोड्ने डिजाइन बनाइरहेको सरकारी अधिकारीहरुको बुझाइ छ ।

स्रोतले अनलाइनखबरसँग भन्यो- ‘चुनाव हुन नदिनका लागि उनीहरु मधेसवादी र हिन्दुअतिवादीलाई आपसमा जोड्ने र उपद्रो मच्चाउने अभियानमा छन् । भारतको उत्तर प्रदेशमा आदित्यनाथ मुख्यमन्त्री बनेपछि उनीहरु झनै उत्साही भएका छन् । तर, कमल थापाको सुझबुझपूर्ण भूमिकाका कारण विदेशी दलालहरुको यो योजना सफल हुँदैन र देशमा स्थानीय चुनाव सफल भइछाड्नेछ ।’

पाँचौं योजनाः कांग्रेसलाई सरकारबाट बाहिर ल्याउने

मधेसवादी र हिन्दुवादीलाई प्रहरीमार्फत भड्काएर सडकमा ल्याउन चाहेको र मधेसवादी-हिन्दुवादी गठबन्धन गराई देशमा चुनाव बिथोल्ने योजनामा रहेको ‘रअ’ अब अर्को अस्त्र प्रयोग गर्नेतिर लागेको सरकारी स्रोतको बुझाइ छ ।

चुनाव बिथोल्नका लागि प्रचण्ड नेतृत्वको सरकारलाई ढाल्नुपर्ने निश्कर्षमा ती तत्वहरु पुगेको दाबी स्रोतले गरेको छ । यसका लागि नेपाली कांग्रेसलाई सरकारबाट बाहिर निस्कन विदेशी तत्वले दबाव दिन थालेको स्रोत बताउँछ ।

मधेसी मोर्चापछि कांग्रेसले प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने हो भने प्रचण्ड सरकारले बहुमत गुमाउँछ र सरकार ढल्नासाथ बैशाख ३१ का चुनाव स्वतः बिथोलिने निश्कर्षमा ती तत्वहरु लागेको विश्लेषण सिंहदरबारमा गर्न थालिएको छ ।

तर, प्रचण्ड नेतृत्वको सरकार यो अस्त्रबाट पनि नडराएको दाबी स्रोतले गर्‍यो । सरकारका एक उच्च अधिकारीले अनलाइनखबरसँग भने- ‘कांग्रेसले कुनै पनि बहानामा सरकार छाड्यो भने एमालेले यो सरकारलाई समर्थन दिनेछ, माओवादी, राप्रपा र एमालेको समर्थनमा सरकारले बहुमत कायम राख्दै निर्वाचनमा देशलाई अघि बढाउनेछन् ।’

स्रोतका अनुसार, प्रधानमन्त्री प्रचण्ड कुनै पनि शक्तिको दबावमा नझुक्ने र बैशाख ३१ मा स्थानीय चुनाव गराइछाड्ने अडानमा छन् । आफ्नो पार्टीले हारे पनि चुनाव गराएरै छाड्ने प्रधानमन्त्री प्रचण्डले बताउने गरेका छन् । र, प्रचण्डको यो अठोटलाई कमल थापा र एमालेले दह्रो साथ दिने बचन दिइसकेका छन् ।

त्यसो त सरकारी उच्च स्रोतका अनुसार, निवार्चन आयोगमार्फत पनि विदेशी तत्वहरुले खेल्न सक्ने आशंका जन्मिएको छ । जस्तो कि आयोगले जिल्लामा दल दर्ता हुन छुटेका कांग्रेस, राप्रपा लगायतलाई पुनः दर्ता गर्न नदिनु, साना दललाई पेलेर आन्दोलनमा जाने स्थितिमा पुर्‍याउनु जस्ता गतिविधिहरु समेत शंकास्पद रहेको सरकारको बुझाइ छ ।

तर, चुनाव हुन नदिनका लागि चलखेल र षड्यन्त्र भइरहे पनि देशैभरि निर्वाचनको माहौल बनिरहेको छ । स्थानीय तहमा उम्मेदवारी घोषणाको तयारी समेत हुन थालिसकेको छ ।

नेपालको संविधानलाई स्वागत नगरेको भारतले सरकारबाट घोषित स्थानीय चुनावलाई पनि साथ दिने औपचारिक वचन दिएको छैन । यद्यपि उसको गुप्तचर एजेन्सीले चुनाव बिथोल्ने डिजाइन सुरु गरिसके पनि राजनीतिक नेतृत्व चाहिँ लगभग मौन बसेको देखिन्छ ।

यसैबीच नयाँ भारतीय राजदूत मञ्जीव सिंह पुरी आफ्नो जिम्मेवारी सम्हाल्न शुक्रबार काठमाडौं आउँदै छन् ।
-Online Khabar

Wednesday, March 22, 2017

देउवा र ओली लचक भएपछि मोर्चाको प्रस्ताव यसरी अगाडि बढ्दै

काठमाडौं, १० चैत । सहमति भयो भने स्थानीय तहको निर्वाचनमा सहभागी भएर आफ्ना उम्मेदवारलाई जिताउने सपना देखिरहेको मधेसी मोर्चामा निरासा छाउन थालेको छ ।

विशेष गरेर सरकार गठनका बेला भएको तीन बुँदे सहमति पूर्णरुपमा कार्यान्वयन हुने अवस्था नदेखेपछि सप्तरी घटनालाई बहाना बनाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएर दवाव सृजना गरिरहेको मोर्चाले नयाँ प्रस्ताव अगाडि सारेको छ । मोर्चाको नयाँ प्रस्तावमा सहमति हुने संकेत देखिएको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

मोर्चाले सीमाङ्कनको विषय तत्कालका लागि थाँती राख्ने हो भने संविधानको धारा २७४ (४) लाई संशोधन गर्न प्रस्ताव राखेको छ । सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले संघीय सीमाङ्कन आयोगलाई ‘फुल पावर’ दिएर जाने हो भने आफूहरु तत्कालका लागि सीमाङ्कनको विषय थाँती राख्न तयार रहेको बताए ।

त्यसका लागि संविधानको धारा २७४ को उपधारा ४ लाई संशोधन गरेर आयोगलाई अधिकार दिन व्यवस्था हुनुपर्ने उनको भनाई छ । यो धारा अनुसार संविधानले आयोगलाई सीमाङ्कन हेरफेर गर्ने अधिकार दिँदैन । सोही कारण मोर्चा सरकारसँग सशंकित हुँदै आएको हो ।

उता, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनको विधेयकलाई पारित गराउन इमान्दारिताका साथ पहल गर्ने सन्देश मधेसी मोर्चालाई दिएका छन् । उनको सन्देशप्रति मधेसी मोर्चाका नेताहरुले सहमति जनाएका छन् । देउवाको प्रस्तावले मधेसी मोर्चा केही हदसम्म लचक पनि भएको छ ।

सरकारमा सहभागी भए पनि राप्रपाका अध्यक्ष कमल थापाले पूर्वसहमतिलाई तोडेको देउवाको आरोप छ । स्रोतले भन्यो,‘कमल थापाले उपप्रधान र स्थानीय विकास मन्त्रालयको जिम्मेवारी लिँदा संशोधन विधेयकलाई समर्थन गर्ने प्रतिवद्धता जनाएका थिए । तर, प्रकाशचन्द्र लोहनीले पार्टी छाडेको भन्दै बहाना बनाएर सीमाङ्कनलाई थाँती राखेर अरु विषय पारित गराउन प्रस्ताव गरेका छन् ।’

देउवाले सीमाङ्कनको कुरा तत्काल थाँती राखेर जाने हो भने मोर्चालाई पनि सेफल्याण्डिङ गर्न सकिने र स्थानीय तहको निर्वाचन समयमा हुन सक्ने उल्लेख गर्दै आएका छन् ।

निर्वाचनप्रति पछिल्ला दिनमा लचकता देखाइरहेका मधेसी मोर्चाका नेताहरुले भित्रभित्रै निर्वाचनको तयारी गर्न आफ्ना जिल्ला नेताहरुलाई गोप्यरुपमा निर्देशन दिइसकेका छन् । यदि थोरै पनि कुरा मिल्यो भने कम्तिमा दुई हप्ता निर्वाचनको मिति सारेर मोर्चालाई साथै लैजाने कांग्रेसको भित्री तयारी छ । यो प्रस्तावमा एमालेका अध्यक्ष केपी ओलीले पनि सकारात्मक संकेत दिएको स्रोतको भनाइ छ ।

बरु स्थानीय निर्वाचनप्रति एमालेले दोहोरो चरित्र देखाएको मोर्चाको आरोप छ । बाहिर भन्दा एमालेले चुनाव गर्नु पर्छ भन्ने तर भित्रभित्रै निर्वाचन विथोल्ने गतिविधि गर्ने कार्यले राजनीतिक सहमति बनाउन समस्या भएको नेताहरुको आरोप छ ।

चिनियाँ रक्षामन्त्री नेपाल आउँदा दिल्लीमा किन छटपटी ? नेपाल र चीनको बीचमा नपस्न भारतलाई चेतावनी

चिनियाँ रक्षामन्त्री नेपाल आउँदा दिल्लीमा किन छटपटी ?
नेपाल र चीनको बीचमा नपस्न भारतलाई चेतावनी
९ चैत, काठमाडौं । यो साता चीन र भारतका रक्षा अधिकारीहरु नेपाल भ्रमणमा आउँदैछन् । उनीहरु नेपाल आउनुभन्दा एक साता अघिदेखि नै दुबै ठूला देशका अखबारमा ‘पेपर वार’ सुरु भएको छ ।

चीनबाट प्रकाशित हुने अंग्रेजी दैनिक पत्रिका ‘द ग्लोबल टाइम्स’ले नेपाल र चीनको सैन्य सम्वन्ध विस्तारले भारतमा ‘छटपटी’ पैदा गरेको टिप्पणी गरेको छ ।


चीनका रक्षामन्त्री जनरल चाङ वाङगुआनको विहीबारदेखि हुन लागेको नेपाल भ्रमणलाई लिएर दिल्लीका अखबारहरुले पनि नानाथरि टिप्पणी सुरु गरेका छन् ।

चीनका रक्षामन्त्री वाङगुआन रक्षा मन्त्रालयको निमन्त्रणामा १९ सदस्यीय टोलीको नेतृत्व गर्दै विहीबार नेपाल भ्रमणमा आउँदैछन् । नेपालअघि उनी श्रीलंकाको भ्रमणमा छन् ।

चिनियाँ रक्षामन्त्री यस्तो बेलामा नेपाल आउन लागेका छन् कि उनी फर्केको तीन दिनपछि अर्थात् चैत १५ गते भारतीय सेनाध्यक्ष जनरल बिपिन रावत नेपाल भ्रमणमा आउँदै छन् ।

भारतीय सेनाप्रमुख आउनुपूर्व नै चिनियाँ रक्षामन्त्री नेपाल आउने भएपछि भारतमा यसको तीब्र प्रतिक्रिया देखा परेको हो, जसलाई प्रतिवाद गर्दै चिनियाँ अखबार ग्लोबल टाइम्सले भनेको् छ, ‘यो भ्रमणले नयाँ दिल्लीलाई छटपटीमा पार्न सक्ने विश्लेषकहरुले अनुमान गरेका थिए र भारतीय मिडियाहरुले यो अनुमानलाई सत्य सावित गरेका छन् ।’

यस सन्दर्भमा भारतबाट निस्कने हिन्दूस्तान टाइम्सले प्रकाशित गरेको रिपोर्ट अमिलो र सतर्कतापूर्ण रहेको सो चिनियाँ अखबारको टिप्पणीमा उल्लेख छ ।

‘रक्षामन्त्री चाङको नेपाल भ्रमण र चीन-नेपालबीच पहिलो संयुक्त सैन्य अभ्यासले नयाँ दिल्ली हतास बनेको भन्दै पत्रिकाले यो पनि लेखेको छ कि नेपालले चीनको प्रस्तावलाई अस्वीकार गर्न सक्दैनथ्यो, मानौं चीन आफ्ना छिमेकीहरुसँग संवाद गर्दा हातमा छडी लिएर उभिएको हुन्छ,’ द ग्लोबल टाइम्स लेख्छ, ‘तर सत्य यो हो कि भारतले दक्षिण एशिया र हिन्द महासागरलाई आफ्नो पुच्छर बनाउने असफल प्रयास गर्दै आएको छ । त्यसैले यस क्षेत्रमा बेइजिङको बढ्दो प्रभावप्रति उसको असजिलोपन प्रकट हुनु स्वाभाविक हो । उदाहरणका लागि, आर्थिक तथा कुटनीतिकरुपमा भारतीय नियन्त्रणमा रहेको भुटानसँग चीनको दौत्य सम्वन्ध स्थापना नहुनुमा नयाँ दिल्लीको प्रमुख हात छ ।’

भारतको यस्तो व्यवहारले बेइजिङको श्रीलंका र नेपालसँगको सम्वन्धलाई समेत प्रभावित बनाइरहेको टिप्पणीमा उल्लेख छ ।

ग्लोबल टाइम्स अगाडि लेख्छ, ‘यदि उनीहरुले दुई विशाल छिमेकीबीच सन्तुलित व्यवहार गर्न खोजे भने नयाँ दिल्लीले यो तटस्थतालाई चीन पक्षधर नीतिका रुपमा व्याख्या गर्छ, जब यी देशबाट चीनमा कुनै उच्चस्तरीय भ्रमण हुन्छ, भारतीय मिडियाहरुले यो प्रचारवाजी गर्छन् कि भारतले उनीहरुबाट आफ्नो नियन्त्रण गुमाउन थाल्यो र दक्षिण एशियामा चीन नयाँ दिल्लीको प्रमुख थ्रेटका रुपमा प्रकट भयो ।’

भारतबाट प्रकाशित हुने टाइम्स अफ इन्डियाले भारतीय सेना प्रमुखको आसन्न नेपाल भ्रमणले चीनको टाउको दुःखाएको दाबी गरेको छ

‘अपितु, भारत वरिपरिका अधिकांश राष्ट्रहरु बेइजिङका पनि छिमेकी हुन् । छिमेकीहरुसँग स्थिर सम्वन्ध विकास गर्नुले कुनै पनि राष्ट्रको आन्तरिक विकासमा प्रमुख भूमिका खेल्छ । चीन र यसका छिमेकीहरु बीचको प्रत्येक चहलपहललाई चरम शंकाको आँखाले हेर्न नयाँ दिल्लीले बन्द गर्नुपर्छ, चिनियाँ टिप्पणीमा भनिएको छ, ‘आफ्नो कमजोर पूर्वाधारका कारण नेपाल र श्रीलंका चीनसँग संयुक्त परियोजना अघि बढ्न खोजिरहेका छन् । यी राष्ट्रहरुमा चिनियाँ कम्पनीहरुको बढ्दो संख्यामा उपस्थितिसँगै बेइजिङले उनीहरुसँग सैन्य सम्वन्ध प्रवर्द्धन गर्नु चीनको मात्र होइन, यस क्षेत्रकै हितको कुरा हो ।’

‘साझा विकासका लागि चीन र क्षेत्रीय राष्ट्रहरुले गरिरहेको प्रयासलाई भारतले बुझ्न सकोस र यसको अंग बन्न सकोस भन्ने चीन आशा राख्छ । यद्यपि, नयाँ दिल्लीले सँधै चीनलाई ठेगानमा राख्ने कुरा मात्रै सोचिरहेको हुन्छ । उसको यो सोच बदलिएन भने चीनले प्रतिकार गर्नुपर्नेछ, किनकि यसका आधारभूत हितहरु उल्लंघन हुनेछन् । हामी यस्तो चाहिरहेका छैनौं, तर बल भारतको कोर्टमा छ ।’

टाइम्स अफ इन्डिया भन्छः भारतीय सेनाप्रमुखको भ्रमणले चीन चिन्तित

उता भारतबाट प्रकाशित हुने टाइम्स अफ इन्डियाले भारतीय सेना प्रमुखको आसन्न नेपाल भ्रमणले चीनको टाउको दुःखाएको दाबी गरेको छ ।



भारतीय सेना प्रमुख जनरल बिपिन रावतले आउँदो मार्च २८ देखि ३१ सम्म नेपालको भ्रमण गर्दैछन् ।

तर, भारतीय सेना प्रमुख आउनुभन्दा ५ दिनअघि बिहीबार हुने चाङको भ्रमणका क्रममा नेपालको निर्णय प्रक्रियालाई रावतको भ्रमणले प्रभावित तुल्याउने दाबी भारतीय अखबारले गरेको छ ।

‘रावतको भ्रमणमा नेपाललाई सैन्य हार्डवेयर र सफ्टवेयर सामग्री विक्रीको विषयमा छलफल हुने अपेक्षा छ, जबकि चीन पनि यो कारोबारका लागि इच्छुक छ । यसैले चीनको चिन्ता बढाएको हो,’ अखबारले लेखेको छ ।
-Online Khabar bata

चित्रबहादुर, सिपी र नारायणमानले किन छोड्दैछन् ओलीको साथ ? अब मधेसी मोर्चासँग सहकार्य !

काठमाडौं, ९ चैत । चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चा, सिपी मैनालीको नेकपा माले र नारायणमान विजुक्छेको नेपाल मजदुर किसान पार्टी विपक्षी नौ दलीय गठबन्धनबाट बाहिरिने भएका छन् ।

राजनीतिक व्यवस्थासम्बन्धी विधेयकमा थ्रेसहोल्ड मुद्दामा एमालेले साथ नदिएपछि यीं दलहरु गठबन्धनबाट बाहिरिन लागेका हुन् ।

किन छोड्दैछन् गठबन्धन ?

नेकपा एमालले राजनीतिक व्यवस्था सम्बन्धी विधेयकमा जबरजस्ती थ्रेस होल्डको व्यवस्था हुनुपर्ने एजेण्डाको नेतृत्व गरेको भन्दै चित्रबहादुर र सिपी र नारायणमानले केपीको साथ छोड्न लागेको बताइएको छ ।

राज्य व्यवस्थासमिति अन्तर्गतको उपसमितिमा एमालेले जबर्जस्ती थ्रेस होल्ड राख्नुपर्ने एजेण्डाको नेतृत्व गरेकाले उसको पछि आफूहरु नलाग्ने चेतावनी ती दलले दिएका हुन् । नेमकिपाका प्रमुख सचेतक प्रेम सुवालले विपक्षी गठबन्धनमा रहेको प्रमुख दल एमालेले साना दललाई बाइपास गर्ने कामको नेतृत्व गरेका आरोप लगाए ।

एमाले यही हिसाबले अगाडि बढ्ने हो भने गठबन्धनमा आफूहरु रहिरहनुको औचित्य नहुने र गठबन्धन तोडिने उनले बताए । त्यस्तै, नेकपा मालेका प्रमुख सचेतक अइन्द्रसुन्दर नेम्वाङले गठबन्धन संस्कृतिविपरीत एमाले एकलौटी ढंगले अगाडि बढ्न खोजेकाले आफूहरुले गठबन्धनबकाट बाहिरिन लागेको जानकारी दिए ।

उपसमितिले राजनीतिक दलको मान्यता पाउन निर्वाचनमा प्रत्यक्षतर्फ कम्तिमा एक सिट जित्नैपर्ने र समानुपातिकतर्फ कुल खसेको मतको ३ न्युनतम ३ प्रतिशत ल्याउनैपर्ने व्यवस्थासहितको विधेयक संसदमा पेश गर्ने तयारी गरेको छ ।

अब मधेशी मोर्चासंग सहकार्य


नौं दलीय गठबन्धनमा रहेको यी तीत दलहरुले थ्रेस होल्डकै कारण बाहिने तयारी गरेपछि अब यो एजेन्डामा मधेशी मोर्चासंग सहकार्य गर्ने भएका छन् । मधेशी मोर्चाले पनि थ्रेस होल्डको विरोध गर्दै आएको छ । अन्य साना दलहरुले पनि यो एजेन्डाको विपक्षमा छन् । उनीहरुले संविधानमै नभएको थ्रेस होल्डको व्यवस्थाले समावेशीतामाथि प्रहार गरेको आरोप लगाएका छन् ।

-Dainik Nepal