Sunday, May 7, 2017

त्यो साँझ ८ बजेको कल…

टिंग … टिंग … मोबाइलमा घन्टी बज्यो करिब ८ बजे राति । Contact भन्दा बाहिरको थियो, एकछिन सोँचे उठाउ कि नाई घन्टी एकनास नै बजेकोले उठाउन बाध्य भए । हेल्लोको अपेक्षा थियो, तर कान नै झनन्न हुने गरि आवाज आयो ‘ओइ तलाई लाज कत्ति पनि छैन है’

हत्त न पत्त आफ्नो जिउ हेरें ऐनामा । अनि एक नजर झ्यालमा कतै म लुगा खोलेर त बसिन भनेर लुगा जिउ मै पाए मन केहि ढुक्क भयो ।

एकछिन सम्म पनि फोनमा स्वर उस्तै थियो त्यत्तिकै ‘लाज नभएको नकचरा! म अक्क न बक्क हुँदै मौन जवाफ दिए ‘हेल्लो, हजुर’ । (कसैले नसुन्ने आवाजमा आफ्नै मनले) फेरी उतैबाट आवाज आयो ‘ओइ चुप बस लाज छैन है तलाई, भागेर सुख पाउँछु भन्दै छस्, तँ जहाँ भएपनि समात्न सक्छु बुझिस तैले मलाई चिनेको रहेनछस्’ म अझै अक्क न बक्क नै थिए निशब्द भएर ।

बोल्न आँट नआएको होइन तर म सँग त्यस्तो पागल्नीसँग बोल्ने कुनै शब्द नै थिएन त्यसैले चुप बसे । एकछिन सायद चुप बस्नु मेरो कमजोरी पो सम्झ्यो क्यारे पागलनीले । अब बोल्न कर नै लगेपछि न बोलि म पनि कहाँ बसे र ? अनि भनि दिए ‘मेरी प्यारी कान्छीलार्इ म नचिनौं ला र ?


विनिता रेग्मी
उताबाट रिसको फोहरा फुट्यो र अघिभन्दा अलि बढी बोलिमा वृद्वि भएछ, ‘ओइ साले के सोचिस हँ मलाई झन् राम्रो मुखले बोलेको त मत्तिन्छ्स ।’

म झन् तीन छक्क, उसको पहिलेको बोलि त राम्रो पो अरे । अब झन् खुल्दुली भयो मलाई त्यो पागलनी हेर्नलार्इ खुल्दुली हुँदाहुँदै पनि पागलनीसँग बोल्ने मेरो केहि शब्द नै थिएन अनि आफैँले फोन काटिदिए ।

काटेर पनि सुख कहाँ पाइयो र फेरी कान खाने गरि बज्न थाल्यो टिंग……………. एकोहोरो टिंग… टिंग…ले फोन उठाउन कर नै लाग्यो, मलाई पहिले कै आवाज आयो ‘फोन काट्छस् जत्ति चोटी काट्छस् त्यति नै गर्छु बुझिस् ।’

विस्तारै मैले भने ‘हस हजुर हस’

‘खुब चेपारो बन्दै गएको थिइस् नि चाँडै आएर तिर्छु भन्दै, आज ४ महिना बितिसक्यो तेरो चाँडै अझ आएन है’ म यसै त छक्क झन् छक्क परे । जीवनमा आफूले थाहा पाएसम्म कसैको सामान लिएको या कसैसँग पैसा सापट लिएको याद भएन् अब यो क तिर्नुपर्ने भन्दै छे यो पागल्नीले सोच्न थाले ।

‘भोलि खुरुक्क आइनस् भने जानेको छु’ उसले भनि ।

‘कहाँ आऊ त हजुर म ?’ आफूले पनि साहस जुटाएर बोले ।

‘अब कहाँ बसको त्यो कुरा पनि भुलिस् होला है’

‘हो त भुले अब क गर्नु त ?’ म पनि के कम थर्काउने स्वरमा भने

लाग्यो पक्कै पनि रिसले मुर्मुरी होलि । आँखा रातोरातो ठूलो पारि होलि । तृष्णा चाहिँ एकदम नै जाग्यो त्यो रूपमा त्यस पागल्नीलाइ हेर्ने ।

‘प्लिज सरी ल’ हात जोड्दै मधुर आवाजमा भनि मेरो हाँसो फुस्कियो । उसको त्यो निश्चल मनले मागेको माफीबाट मैले भने ‘इट्स ओके’ ‘तर मेरो कानको चाहिँ चेकअप गरिदिनु पर्छ है ।’

‘म त घर आउँदिन् अन्तै कतै भए चाहिँ आउँछु त्यहि पनि भोलि होइन पर्सि मात्र’

पागल्नीको अलि रिस मरेछ, क्यारे हल्का कट्किँदै’ हुन्छे । एक दिनलार्इ समय दिए ।

हाम्रो भेट्ने ठाउँ तय भयो तोकिएको दिन म भेट्न जानको लागि लुगा लगाएर तयार भए मनमा कौतुहलता उठिरहेको थियो । कस्ती होलि ति पागल्नी भन्ने म १५ मिनेट अगाडिीनै त्यस ठाउँमा पुगेर प्रतिक्षा गर्न लागे ।

परबाट एउटा निलो रंगको स्कूटरमा निलो हेल्मेट लगाएर आउँदै गरेको एउटा केटि देखे । म त्यो स्कूटर चलाउनेलार्इ नियाल्दै थिएँ साँच्ची नै कडा स्वर भएकी पागल्नीले मेरो मुटुको ढोका गर्दै थिई ढक.. ढक .. उसले खोजेकी मान्छेलार्इ यताउता नजर लगाउँदै खोज्दै थिएँ ।

म चाहिँ परबाट उसको सुन्दरता नियाल्दै थिए, ठिक्क कि अग्ली, पातली, गोरी, वर्णकी पागल्नी । उसले खोजेको मान्छे त्यहाँ नदेखेर उसको मुहारमा रिस देखिँदै थियो । फेरी लाग्यो पागल्नी यहि नै हो कि होइन भन्ने ।

पुरै पागल्नी यहि नै हो भन्ने यकिन गर्न मैले उसको मोबाइलमा फोन गरें, उसले हत्त न पत्त आफ्नो गोजी छामी मैले उत्तिनै खेर मोबाइल बन्द गरिहाँले, उसले आफ्नो मोबाइल हेर्न थाली सायद नचिनेको मोबाइल नम्बर देखेर चुप बसी, उसले भेट्न बोलाएको मान्छे नभएर होला सायद ।
तर, मोबाइल चाहिँ हातमै गिइराखी, मैले यसैगरी ३र४ चोटी कल गरे, चौथो पटक त्यही नम्बरबाट मलाई कल आयो ‘हेलो’ मात्र के भनेको थिए, ‘किन पटक–पटक कल’ को हो तपाई ?’

म त त्यहि बेहोस् होला झैँ भएँ, एकछिन त त्यो मधुर आवाजले अस्तिको त्यो मेघ गर्झेझैँ आवाज आज यो बोलि आकाश जमिनको फरक पाए अनि म पनि नम्र भाषामा जवाफ दिए, ‘मलाई तपाईले नै त हो नि बोलाउनुभएको भेट्नलार्इ’ भन्दै उसको अघि उभिए उ छक्क परेको मुहारले मलाई हेर्दै थिई, मलाई चाहिँ उसको मुहारले मोहनी लगाउँदै थियो उ पनि निन्द्रामा नै कसैलाई देखि झैँ लाग्यो मैले साहस बटुलेर बोलि फुटाए ‘नमस्कार’ !

आज उनी म सँगै मेरो बेडरुममा म सँगै छे । मेरो ३ बर्षको छोरा कि आमा बनेर म सधै टेलिकमको आभारी छु, मलाई पागल्नी प्रसादको रूपमा दिएकोमा ।

‘नमस्कार’ सानो स्वरले बोलि, आँखा चाहिँ म मा नै थियो, एकैछिनमा झसङ्ग हुँदै कराई ‘किन नमस्कार ? मैले तपार्इंलाई चिनेको छैन्, चिन्नु न जान्नु किन बोलाउनु तपाईलार्इं भेट्न ?’

म पनि मायालु परिधिबाट बाहिर निस्केर अलि कड़क हुँदै बोले ‘भेट्न आइनस् भने जानेको छु भन्ने पनि आफैँ अनि अहिले चिनेको छैन भन्ने पनि आफैँ के हो यो पारा ?’

दुवैतर्फ एकछिन वातावरण मौन भयो, मैले आफ्नो मोबाइलबाट अस्ति भएको कुराकानीको समय देखाए, त्यसपछि पागल्नी बल्ल लाजले रातो भइलाग्थ्यो । मुस्ताङ्गको स्याउझैँ क्वाप्प टोकी हालु । लाजले भुतुक्क हुँदै सानो स्वरले भनि ‘सरि’

‘मैले अलि बुझिन् है अस्ति रातिदेखि मेरो कानको जालीले अलि काम गरेको छैन् ।’

‘प्लिज सरी ल’ हात जोड्दै मधुर आवाजमा भनि मेरो हाँसो फुस्कियो । उसको त्यो निश्चल मनले मागेको माफीबाट मैले भने ‘इट्स ओके’ ‘तर मेरो कानको चाहिँ चेकअप गरिदिनु पर्छ है ।’

अलि जिस्कने भावमा भनि उनको त्यो जिस्कने भावको ‘खुब’ मलार्इ साँच्ची नै औधी मनपर्यो । ‘खुब न होला’ लौ खा म पनि जिस्कने मुडमा आइहाले एकछिन दुवै जना हाँस्यौ ।

दुवै जनामा परिचय आदानप्रदान भयो । खास कुरा के रहेछ भने त्यस रात उनले आफ्नो घरमा भाडामा बसेर जाने एक जनालार्इ कल गरेकी रहिछे ।
जसले उनको घरको भाडा पछि आएर तिर्ने शर्तमा हिँडेको रहेछ । त्यो केटा निकै समयसम्म भाडा तिर्न नआएकोले उसलाई कल गरेकी रहिछे ।

तर टेलिकमको आशिर्वादले त्यो कल भानु या मलाई प्रसादको रूपमा मेरोमा कल लागेको रहेछ र नै हाम्रो संवाद चल्यो । आज उनी म सँगै मेरो बेडरुममा म सँगै छे । मेरो ३ बर्षको छोरा कि आमा बनेर म सधै टेलिकमको आभारी छु, मलाई पागल्नी प्रसादको रूपमा दिएकोमा ...

सरकारको नेतृत्व जेठ पहिलो साता परिवर्तन हुँदै, अब देउवा प्रधानमन्त्री

२४ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ पहिलो साता शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने भएका छन् । आलोपालो सरकारको नेतृत्व लिने दुई दलबीचको भद्र सहमति कार्यान्वयन गर्दै प्रचण्डले सत्ता हस्तान्तरण गर्ने माओवादीका वरिष्ठ नेताहरुले बताएका छन् ।

सहमति कार्यान्वयन भएमा अहिलेको सत्ता गठबन्धन पनि कायमै रहने उनीहरुले बताएका छन् ।
गत १९ साउनमा प्रधानमन्त्री प्रचण्ड चुनिनुअघि कांग्रेस–माओवादीबीच स्थानीय तह निर्वाचन प्रचण्डको नेतृत्वमा तथा प्रदेश र केन्द्रको निर्वाचन कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गर्ने भद्र सहमति भएको थियो । त्यतिखेर प्रचण्ड र देउवाले नौ–नौ महिना सरकारको नेतृत्व गर्ने समझदारी बनेको आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

सभामुखको चेतावनी- महाभियोग संसदको विशेषाधिकार, तीनवटै निकाय सीमाभित्र बसौँ

‘अदालतले विशेषाधिकारमा हस्तक्षेप गर्न मिल्दैन्’

काठमाडौं, २४ वैशाख । सभामुख ओनसरी घर्तीले संसदको विशेषाधिकार हनन् भएको भन्दै सबै व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका आ–आफ्नो क्षेत्राधिकारभित्र बस्नुपर्ने बताएकी छन् ।

नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आइतबार विशेष पत्रकार सम्मेलन गरेर घर्तीले महाभियोग लगाउने विषय संसदको विशेषाधिकार रहेको बताइन् । ‘महाभियोग कसरी अगाडि बढाउने भन्ने कुरा संसदको अधिकार हो’, सभामुख घर्तीले चेतावनीयुक्त शैलीमा भनिन्, ‘राज्यका तीनवटै निकाय आ–आफ्नो अवस्थामा बस्नु पर्छ ।’

सभामुख घर्तीले राज्यका तीन वटै निकायबीच टकरावको स्थितिमा जानु भनेको आन्दोलनहरूबाट प्राप्त उलब्धि गुम्ने खतरा हुने बताइन् ।

अहिले पनि केही नभएको भन्दै सभामुख घर्तीले भनिन्, ‘सहमति, सहकार्य र सम्वादबाट समस्याको समाधान गर्न सकिन्छ । सोही कारण आज १ बजे बोलाइएको संसदको बैठक जेठ ४ गतेसम्मका लागि स्थगित गरेको छु ।’

संसदमा अगाडि बढेको प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव र त्यसविरुद्ध सर्वोच्चका न्यायाधीश चोलेन्द्र शम्शेर जबरा राणाको इजलासबाट आएको आदेशपछि संसद र न्यायालयबीच तिक्तता बढेको थियो । सोही क्रममा सभामुख घर्तीले पत्रकार सम्मेलन गरेर संसदको विशेषाधिकारमा हस्तक्षेप नगर्न चेतावनी दिएकी हुन् ।-Dainik Nepal बाट

Saturday, May 6, 2017

यसकारण सभामुख ओनसरीलाई पनि महाभियोग लगाइदै

काठमान्डौ,२४ बैशाख- प्रतिपक्षको विरोधका बावजुद संसदमा प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध ल्याइएको महाभियोग प्रस्तावलाई अघि बढाउने क्रममा सभामुख ओनसरी घर्तीले संविधानको उल्लंघन गरेको देखिएको छ । सर्वाेच्चका न्यायाधीश चोलेन्द्र समशेर राणाको एकल इजलासले महाभियोग अघि नबढाउन अन्तरिम आदेश जारी गरेपछि सत्तापक्षले संसदको विशेषाधिकारमाथि अतिक्रमण भएको दावी गरेको छ । संविधानको धारा १०३ मा संसदको विशेषाधिकारबारे उल्लेख छ, जसमा संसदमा विचाराधीन रहेको कुनै पनि विषयमा हस्तक्षेप वा टिकाटिप्पणी गर्न नपाइने ब्यवस्था छ ।

धारा १०३ मा उल्लेखित संसद्को विशेषाधिकारको चर्चा गर्नेले संविधानको त्यही अध्यायमा रहेको धारा १०५ पढ्नु जरुरी छ । हो, धारा १०३ मा संसद्को विशेषाधिकारबारे उल्लेख छ र त्यो धाराको उपधारा ८ ले विशेषाधिकार उल्लङ्घन गर्नेलाई कैद र जरिवाना तोकेको पनि छ ।

ठीक त्यसैगरी अदालतको विशेषाधिकार उल्लेख गर्ने संविधानको धारा १०५ ले भनेको छ– नेपालको कुनै अदालतमा विचाराधीन मुद्दाहरुका सम्बन्धमा न्याय निरुपणमा प्रतिकूल असर पार्ने बिषय तथा न्यायाधीशले कर्तब्य पालनाको सिलसिलामा गरेको न्यायिक कार्यको सम्बन्धमा संघीय संसदको कुनै सदनमा छलफल गरिने छैन। यस्तो उल्लङ्घन अदालतको मानहानी हो ।

संसदले अदालतको मानहानी गर्दै विचाराधीन मुद्दाको कार्यक्षेत्र भित्र प्रवेश गरेपछि महाभियोगको सन्दर्भमा ‘फस्ट कमिटेड मिस्टेक’ अर्थात् पहिले गरिएको गल्ती गरिसकेको छ । यो गल्तीले अदालतको मानहानी गरेको छ । त्यो मानहानीलाई जोगाउन महाभियोग अघि नबढाउनु भन्ने आदेश जारी भएको हो ।
सभामुख ओनसरी घर्तीले संविधानको धारा १०५को ठाडो उल्लङ्घंन हुनेगरी सर्वोच्चमा विचाराधीन प्रहरी प्रमुख सम्बन्धी मुद्दालाई अधार बनाएर ल्याइएको महाभियोग प्रस्तावलाई संसदमा प्रवेश गराइन्। यो भन्दा लज्जास्पद अरु के हुन्छ ? उनले धारा १०५ को प्रतिकूल हुनेगरी ल्याइएको महाभियोग प्रस्ताव सीधा दरपीठ गर्नुपर्थ्यो। यसो नगरेबापत ओनसरी बिरुद्द नै महाभियोग प्रस्ताब लैजान सकिन्छ, किनभने उनले संविधानको उल्लङ्घन गरेको प्रस्ट छ। यद्यपि प्रतिपक्षी दलहरुले यसबारे संसद र सार्वजनिक स्पेसमा बृहत्तर छलफल नगरी हचुवाका भरमा गम्भीर कदम चाल्नु हुँदैन, चाल्ने छैनन् भन्ने विश्वास गर्न सकिन्छ।

धारा १०५ त्यसबेला मात्र खण्डित हुन सक्छ जुनबेला अन्य कारणले महाभियोग लगाइएको भए पनि फैसला गरिएका मुद्दामा बदनियत देखिने प्रमाण जुटेको होस् । यहाँ त त्यो विचाराधीन मुद्दाको फैसला आएको छैन, त्यही फैसलामा आफू अनुकूल निर्णय गराउन प्रधानन्यायाधीशलाई अदालत जानबाट रोक्ने दाहाल-देउबाको दुराशय पो प्रमाणित हुन्छ।

धारा १०५ को थप ब्याख्या संविधानमा उल्लेख छ। उक्त प्रतिवन्धात्मक वाक्यांशले भन्छ: महाभियोगमाथि छलफल हुँदा भने अदालती फैसलाका बारेमा पनि छलफल गर्न सकिन्छ।

यसको अर्थ हुन्छ, अदालती फैसलाका बिषयमा संसदमा छलफल हुने अवस्था महाभियोग लागेको अवस्थामा मात्र हो। तर कुनै न्यायिक फैसलालाई आधार बनाएर महाभियोग लाग्ने संवैधानिक आधार त छँदै छैन।

शक्ति पृथकीकरणको लोकतान्त्रिक मान्यता त्यसबेला मात्र रक्षा गर्न सकिन्छ जब राज्यका तीनवटै अंगले आफ्नो संवैधानिक सीमा बुझेर त्यस अनुरुप कार्य गर्छन्। कार्यपालिकाको प्रकृति नै शक्तिको अभ्यास गर्ने हो। यस्तो अभ्यास गर्दा जनताका अधिकार कुण्ठित हुने, अधिकारको दुरुपयोग हुने सम्भावना भएकैले त्यसको नियोजनका लागि ब्यवस्थापिका र न्यायालयलाई अधिकार दिइएको हो ।

भनाई छ– सबै शक्ति भ्रष्ट हुने सम्भावना हुन्छ, निरंकुश शक्ति अवश्य भ्रष्ट हुन्छ । शक्तिको स्वभाव बिस्तार हुने, फैलिन खोज्ने र दमन गर्ने हुन्छ । कार्यपालिकालाई दिइएको संवैधानिक शक्ति जनताको हितमा प्रयोग गर्नका लागि हो । जतिबेला न्यायालयमा उक्त शक्तिको दुरुपयोग सम्बन्धी फिराद जान्छ, अदालतले त्यसको न्यायिक पक्ष जांची तदनुरूप फैसला दिन्छ। त्यो फैसला कानुन सरह मान्य हुन्छ ।

शक्ति पृथकीकरणको सिद्धान्तलाई मान्ने हो भने ब्यवस्थापिकाले कानुन बनाउने, कार्यपालिकाले उक्त कानुनको कार्यान्वयन गराउने र न्यायपालिकाले त्यस कानुनको ब्याख्या गर्ने हो । संविधानका धारालाई आफू अनुकुल ब्याख्या गरेर भ्रम छर्ने काम कार्यपालिका वा ब्यवस्थापिकाले गर्न पाउँदैन । ती धाराहरु कतिबेला र कुन अवस्थामा कसरी आकर्षित हुन्छन् भन्ने तथ्य न्यायपालिकाले भने अनुसार हुने हो ।

नवराज सिलवाल सम्बन्धी मुद्दाका प्रारम्भिक चरणमा कानुनको ब्याख्या मार्फत अदालतले देखाएको ‘कार्यपालिकाको शक्ति असिमित बिस्तार गर्ने चाहना’लाई नियोजित गर्ने यही कार्य दाहाल-देउबालाई मन नपरेको हो। उनीहरुलाई मन नपरेपछि सभामुख ओनसरी घर्तीलाई पनि त्यस्तै लाग्नुपर्ने ? उनले कानुन र संविधानको पालना गर्नु नपर्ने ?

धारा १०३ मा उल्लेखित संसद्को विशेषाधिकारबारे अहिले आएका ब्याख्या सत्तारुढ हरुको इच्छा र चाहना बमोजिम आएका छन्। अदालतले गरेको कुनै पनि न्यायिक फैसला संसद्को विशेषाधिकार उल्लंघन मान्ने सोच अहिलेका सत्तारुढमा देखिएको छ। यो उनीहरुको सोचको दरिद्रता मात्र हो । यस सम्बन्धी अन्तिम ब्याख्या र फैसला गर्ने अधिकार पनि अदालतमा नै निहित छ। दाहाल, देउबा र ओनसरीले के बुझ्नु जरुरी छ भने सर्वोच्च अदालत मात्र संविधानको अन्तिम व्याख्याता हो, उनीहरुले नियुक्त गरेका वकिल होइनन्। चक्रपथ डटकम बाट

Thursday, May 4, 2017

राजीनामा फिर्तापछि निधिले गरे महाअभियोग प्रस्ताव फिर्ता हुने संकेत

काठमाडौं, २१ बैशाख । उपप्रधान एवम् गृहमन्त्रीबाट दिएको राजीनामा प्रस्ताव फिर्ता लिएसंगै विमलेन्द्र निधिले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग फिर्ता हुन सक्ने संकेत दिएका छन् ।

जनकपुर विमानस्थलमा पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री निधिले महाअभियोगबारे छलफल हुन सक्ने बताएका छन् ।
उनले संविधान संशोधन र महाअभियोग फिर्ताको विषयमा अब छलफल केन्द्रीत हुने धारणा राखे ।

सोहीअनसरमा बोलदै निधिले मधेस मुद्दाको सम्बोधन, स्थानीय निर्वाचन र देश र जनताको आवश्यकताको जिम्मेवारीलाई ध्यानमा राख्दै मन्त्री पदबाट दिएको राजीनामा फिर्ता लिएको बताएका छन् ।

उनले महाअभियोग प्रस्ताव दर्ता र आइजीपी नियुक्तिमा आफ्नो असहमति भएपछि राजीनामा दिएपछि नेपाली काँग्रेसका सभापति र प्रधानमन्त्रीको आग्रह र राष्ट्रिय समस्याको संवेदनशीलतालाई दृष्टिगत गर्दै आफूले राजीनामा फिर्ता लिएको स्पष्ट पारे ।
आफूले मन्त्री पदबाट राजीनामा दिएपछि मधेसी मोर्चाका नेताले राजीनामाका बारेमा पुनर्विचारको सुझाव दिएको उनले बताए ।

Wednesday, May 3, 2017

एक अनौठो कथा : अमेरिकी सुरक्षाकर्मी आईएस आतंकवादीको प्रेममा परेपछि...

काठमाडौं, २० वैशाख — अमेरिकाको सुरक्षा नियोग एफबीआईले आफ्नो एक अनुवादक महिलाले सिरियामा गएर इस्लामिक स्टेट (आईएस) आतंकवादीसँग गोप्य विवाह गरेको पुष्टि गरेको छ ।

आतंकवादीलाई भर्ती गर्ने उक्त व्यक्तिमाथि अनुसन्धान गर्ने क्रममा उसकै प्रेमजालमा ती अनुवादक फसेकी थिइन् ।
घटनापछि एफबीआईले विभिन्न क्षेत्रको पहिचान गर्न तथा सुरक्षाका जोखिमको न्यूनीकरण गर्न अनेकौं कदम चालेको बीबीसीलाई बतायो ।
उक्त महिलाको नाम डानिएला ग्रीन हो र उनले सन् २०१४ मा आफ्ना रोजगारदाताहरूलाई झुटो बोलेको सीएनएनले पत्ता लगायो । यो स्टोरी सीएनएनले नै ब्रेक गरेको थियो ।
ती ३८ वर्षीया महिला अमेरिका भागेपछि दुई वर्ष कारागारमा बसेकी थिइन् ।
एक अमेरिकी न्यायाधीशले ग्रीनको कथा गोप्य राख्न आदेश दिएका भएपनि फेडेरल कोर्ट अभिलेखहरू सोमवार सार्वजनिक गरिएका थिए ।
ग्रीनले डेनिस कस्पर्टसँग विवाह गरेकी थिइन् । उनी जर्मनीका –याप गायक थिए र पछि आतंकवादी बने ।
सन् २०१५ मा अमेरिकी सरकारले उनलाई आतंकवादी घोषणा गरेको थियो ।
एउटा प्रोपागान्डा भिडियोमा उनले भर्खरै गिँडेको मानिसको टाउको समातेको देखिन्थ्यो ।
ग्रीनले एफबीआईको फिल्ड अफिसमा काम गर्दागर्दै सन् २०१४ को जनवरीमा कस्पर्टको अनुसन्धान गर्ने जिम्मेवारी पाएको सीएनएनले बतायो ।
६ महिनापछि उनी सिरियामा गएर कस्पर्टसँग बिहे गरिन् ।
उनले आफ्ना वरिष्ठ अधिकारीहरूलाई जर्मनीमा बुवाआमा भेट्न जाने भन्दै ढाँटिन् ।
तर खासमा उनी टर्की गइन् र त्यहाँबाट आईएसको सहयोगमा सिरिया गइन् ।
त्यतिखेर उनी एक अमेरिकी सैनिकसँग विवाह गरेर बसेकी थिइन् ।
सन् २०१४ को जुनमा उनले कस्पर्टसँग विवाह गरिन् । कस्पर्टले आफ्नो उपनाम देसो डग त्यागेर अबु तल्हा अल–अल्मानी राखेका थिए ।
तर ग्रीनलाई नयाँ लोग्नेसँग असहज हुँदै गयो ।
उनले अमेरिकामा रहेका एक व्यक्तिलाई लेखिन्, ‘मैले योपाली सब कामकुरा बिगारें ।’
अर्को दिन उनले थपिन्, ‘म अब हराएँ र फर्किन सक्दिनँ । म एकदमै कठोर वातावरणमा छु र कतिन्जेल यहाँ बस्छु मलाई थाहा छैन । तर यो सबले कुनै अर्थ राख्दैन, धेरै ढिलो भइसक्यो अब त ।’

सिरिया पुगेको एक महिनाभित्र उनी भागेर अमेरिका फर्किन् ।
उनले अनुसन्धानकर्ताहरूसँग आफूले कस्पर्टलाई एफबीआईको अनुसन्धानको लक्ष्य रहेको बताएको स्वीकारिन् ।
उनी कसरी आईएसको कब्जामा रहेको क्षेत्रबाट भागिन् प्रस्ट छैन ।
सन् २०१४ को डिसेम्बरमा उनले अन्तर्राष्ट्रिय आतंकवादको सवालमा झुटो वक्तव्य दिएको स्वीकार गरिन् ।
उनलाई दुई वर्षको कारवास सजाय सुनाएर गत वर्ष रिहा गरियो ।
अहिले ग्रीन एक अज्ञात ठाउँमा होटेलमा काम गर्छिन् ।
अभियोजनकर्ताहरूले उनीमाथि कठोर सजाय हुनुपर्ने बताएपनि उनले लामो समयसम्म अधिकारीहरूलाई राम्रो सहयोग गरेकाले तुलनात्मक रूपमा नरम सजाय पाइन् ।
बीबीसी

Monday, May 1, 2017

पूर्वराजाले राप्रपालाई चुनाव खर्च नदिएपछि कमल थापा रनाहामा

काठमाडौं, १८ वैशाख । राजतन्त्र पुनस्थापनाको माग अलिअलि गरेर छाड्दै हिन्दू राज्यको माग मात्र समातेर बसिरहेका राप्रपा अध्यक्ष कमल थापाको रहस्यमय रुप देखेर पूर्व राजा ज्ञानेन्द्र शाह पनि छक्क परेका छन् । साँघु साप्ताहिकमा खबर छ– राजतन्त्र पुनस्थापनाको मुद्दा त्याग्दै लम्पसार पथमा अग्रसर हुँदा पार्टीभित्रबाट ठूलै खतरा आइलाग्ने भेउ पाएर २०७४ वैशाख १४ गते थापा पूर्व राजा ज्ञानेन्द्र शाहलाई भेट्न पुगेका थिए । निर्मल निवास स्रोतका अनुसार पहिले त पूर्व राजाले थापालाई भेट्नै मानेन् ।

निकै दवाव आएपछि शाहले के प्रयोजनका लागि भेट्ने हो पहिले लिखित निवेदन दिनु भने । स्रो भनछ– थापाले लिखित निवेदन दिए भेट्न पाउँ भनेर । त्यसपछि थापाले बल्ल पूर्वराजाको दर्शन भेट पाए । थापा निकट स्रोत भन्छ–यसपाला ज्ञानेन्द्र शाहसँग भेट्न राजासँग भेट्नु जत्तिनै मुश्किल प¥यो ।
थापाले ज्ञानेन्द्र शाहसँग ४५ मिनेट जति भेट्न पाएको बताइन्छ । सो भेटमा के भयो त रु भेट गरेर फर्किएपछि थापाले पार्टीभित्र निकटहरुसँग भने–ज्ञानेन्द्र शाहले चुनाव खर्च नदिने भए । जानकारहरु भन्छन्–विगतमा चुनाव अघिपछि पनि थापाले पूर्व राजाबाट मोटो रकम खर्च वापत हात पार्दै आएका थिए । त्यसरी पाएको खर्च पार्टीभित्र पारदर्शी नभएपछि शाहले सहयोग दिन बन्द गरेका थिए ।

शाहले केही व्यापारी मित्रहरुलाई पनि सहयोग दिन बन्द गरेका थिए । कुनै रकम पनि थापाले पारदर्शी नगरेपछि ज्ञानेन्द्र शाहले खर्च दिन बन्द गरेको बताइन्छ।

Saturday, April 29, 2017

बस दुर्घटनामा १९ को मृत्यु

याङ्गुन, १६ वैशाख । म्यानमारको दक्षिणपश्चिमी राज्य कयीनको एसियन राजमार्गमा भएको यात्रुबाहाक बस दुर्घटनामा परी कम्तीमा १९ व्यक्तिको मृत्यु भएको छ ।
यस दुर्घटनामा परी अन्य २१ जना घाइते भएका सरकारी स्रोतले शनिबार जनाकारी दिएको छ ।

एयर कन्डिसनको सेवा उपलब्ध भएको यस बसमा ४० भन्दा बढी व्यक्ति सवार रहेका जनाइएको छ ।
सो बस ३० किलोमिटर गहिराइमा खसेको बताइएको छ । स्थानीय समायानुसार शुक्रबार बिहान १०ः४५ बजे सो बस दुर्घटना भएको बताइएको छ । तत्काल उपचारको लागि घाइतेहरु नजिकैको अस्पताल लगिएको बताइएको छ ।

फोटो साकेतिक मात्र हो !

साँझ घरबाट बेपत्ता दुई बर्षीय बालकको दुई दिनपछि शव भेटियो

शनिवार, बैशाख १६, २०७४ सिरहा : सिरहाको नरहा ३ खोरियाबाट बुधबार साँझ बेपत्ता बालक भएका बालकको शव शुक्रबार साँझ हत्या गरिएको अवस्थामा भेटिएको छ।

बालकको बुधबार साँझ नै हत्या गरी घर नजिकैको बारीमा पुरिएको अवस्थामा प्रहरीले शव निकालेको हो। घर नजिकैको भाण्टामारीमा घाँटीरेटी हत्या गरी खाल्डोमा गाडेको अवस्थामा स्थानीय भरोसी यादवको दुई बर्षीय छोरा रमनको शव भेटिएको हो।
शुक्रबार साँझ कुकुरले माटो खनेपछि बालकको शव भेटिएको हो। बच्चाको शव निकाल्दा घाँटी रेटी हत्या गरेको देखिएको प्रहरीको भनाइ छ।
बच्चाको शव पोष्टमार्टमको लागि सिरहा जिल्ला अस्पताल पठाइएको छ। बुधबार साँझ ७ः३० बजेसम्म बुवा भारोसी यादवले आफैं बसेर छोरा छोरीलाई सँगैराखेर पढाइ रहेको अवस्थामा छोडेर गाउँ गएका थिए।
भरोसी गाउँ गएको ५÷७ मिनेटकै फरकमा छोरा हराएका थिए। फर्केर आउँदा कान्छो छोरा नभेटिएको यादवका दाइ खेमराज यादवले बताए। बालक हराएकै दिन हत्या भएको हुन सक्ने प्रहरीले बताएको छ।

राति धेरै वेर गाउँ घरमा खोजखवर गर्दा पनि छोरा नभेटिएपछि यादव परिवारले प्रहरीलाई खवर गरेको थियो। इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायव उपरीक्षक गजुसिद्ध बज्राचार्यले घटनाको अनुसन्धान भइरहेको बताए।
प्रहरीले घटनामा संलग्नको आशंकामा दुईजनालाई नियन्त्रणमा लिएको छ। अनुसन्धनमा असर पर्ने भन्दै नाम भने खुलाइएको छैन। बालक हराएकै बेलादेखि अचेत रहेकी बालकी आमा २८ बर्षीया निराकुमारी यादवको अहिलेसम्म होस खुलेको छैन। बालक हत्या गरिएको अवस्थामा भेटिएपछि पुरै गाउँ शोकमा डुबेको छ। भरोसीका दुई छोरा र एक छोरी छन्। हत्या भएका छोरा कान्छो हुन्।

Friday, April 28, 2017

तोकियो प्रचण्डले राजिनामा दिने मिति, ओलीले सहयोग गरे प्रचण्ड फेरी पनि प्रधानमन्त्री…

देउवा नयाँ कसरतमा बजेट ल्याउन नदिए देउवाको प्रधानमन्त्री हुने सपना पुरा नहुने
२०७४/१/१५ गते काठमाडौं ।

अब स्थानिय निकायको निर्वाचनको मिति निकै नजिक छ तर निर्वाचनको लागि आबश्यक पर्ने राजनैतिक सहमती र
संबिधान संसोधनको काम अक्रै भैसकको छैन ।

यहि अबस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठको पहिलो हप्ता सरकार छाड्ने र नेपाली कांग्रेसलाई हस्तान्त्रण गर्ने तयारी भएको छ । बैशाख ३१ मा चुनाव भए जेठको २ गते प्रधानमन्त्री पदबाट राजीनामा दिने प्रधानमन्त्री निकट उच्च स्रोतले सुचनाकेन्द्र डटकमलाई जनाएको छ ।

राजीनामा दिएको एकहप्तामा देउवालाई प्रधानमन्त्रीको कुर्सी जिम्मा लगाउने गरि आन्तरिक तयारी भइरहेको छ । तर, केहीगरि चुनाव सर्ने अवस्थामा भएमा सहमति पनि पछि धकेलिने संभावना पनि छ ।
प्रधानमन्त्रीले नै यसअघि बैशाख ३१ गते स्थानीय तहको चुनाव भए लगत्तै पूर्वसहमति अनुसार सत्ता कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्त्रण गर्ने बताइसकेका छन् । तर राजनैतिक तहमा पहिलो चरणको स्थानिय निकायको चुनाव पछि जेठ १५ मा सरकारले बजेट ल्याउने छ त्यो बजेट माओवादी सरकारले नै ल्याउन पाउनुपर्ने बताइएको बेला शेर बहादुर देउवाले बजेट ल्याउन नदिए एमालेको सहयोगमा अर्को पटक पनि प्रचण्ड नेतृत्वमा सरकारबन्ने संभावना रहेको समेत बताईन्छ ।

यता ‘जेठ पहिलो हप्तानै कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुनेगरि सत्ता छाड्ने तयारी छ’ स्रोतले भन्यो, ‘जेठको २ गते राजिनामा दिने विषयमा मोटामोटी सहमति भएको छ त्यो कायम रहेमा जेठ २ गते देशबासीका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री प्रचण्डको राजिनामा आउनेछ । ’
- Source: suchanakendra.com

रामचन्द्रले राजीनामा दिन्छु भनेपछि देउवा ‘ब्याक’ उम्मेदवार छनोट प्रक्रियाबारे कांग्रेसमा विवाद

१५ बैशाख, काठमाडौं । स्थानीय तहका उम्मेद्वार छनोट गर्ने विषयमा नेपाली कांग्रेसभित्र विवाद चर्किएको छ । बरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय निर्वाचन परिचालन कमिटीबाटै राजिनामा दिने चेतावनी दिएपछि महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिलाई उम्मेदवार छनोट समितिबाट हटाइएको छ ।

गत सोमबार ४ बजेपछि पार्टी कार्यालयमा पुगेका पौडेल तनावमा थिए । महासमिति एवं महाधिवेशन प्रतिनिधिसहितको निर्णायक समितिमा सहमति गर्ने र त्यहाँ सहमति नभए बहुमतका आधारमा उम्मेदवार तय गर्ने निर्णयसहितको सर्कुलर महामन्त्री डा. शशांक कोइरालाले तयार पारेका थिए ।


सभापति देउवा र महामन्त्री शशांकको सहमतिमा गरिएको यस्तो निर्णयका कारण रामचन्द्र पौडेल हैरान थिए ।

केन्द्रको अधिकार क्षेत्र र जिल्लामा पुर्‍याउने र पाका महाधिवेशन प्रतिनिधिलाई पनि टिकट वितरणमा सहभागी गराउने पार्टी सभापतिको चाहना पौडेललाई स्वीकार्य नभएपछि देउवा पछि हट्नु परेको देउवा निकट स्रोतले जनायो ।

पौडेल पार्टी कार्यालयमा पुग्दा सभापति देउवा त्यहाँ थिएनन् । उनले मुख्य सचिव कृष्ण पौडेललाई बोलाउने आदेश दिए । पत्रकार कृष्ण केसीले पौडेललाई बोलाएपछि उनले पार्टीको परिपत्र देखाउँदै-यो कसले लेख्नु भन्यो ? भन्दै आक्रोशयुक्त प्रश्न गरे ।


चार जना पत्रकार समेत भएको ठाउँमा बरिष्ठ नेता पौडेलले मुख्य सचिव पौडेललाई तुरुन्त परिपत्र फेर्न निर्देशन दिँदै झपारेपछि पत्रकारहरु बाहिरिए ।

मुख्य सचिव पौडेलले सभापतिको निर्देशनमा परिपत्र गरिएको भन्दै आफूले फेर्न नसक्ने बताएपछि नेता रामचन्द्रले उसोभए निर्वाचन परिचालन समितिबाट राजिनामा दिने बताए ।

तत्कालै सभापति देउवालाई फोन लगाउन आदेश दिँदै पौडेल आक्रोशमा आएपछि दोहोरो भनाभनसमेत भएको प्रत्यक्षदर्शीले बताए ।

देउवासँग फोन लाग्नासाथ उनले आफ्नो आक्रोश रोक्न सकेनन् । सभापति र बरिष्ठ नेताबीच ‘तँ तँ,म म’को शैलीमा भनाभन भएपछि मुख्य सचिव पौडेल हडबडाउँदै उभिएका थिए ।

पौडेलले देउवासँगको भनाभनपछि देउवानिकट अरु केही नेताहरुलाई समेत फोन गरे । त्यहाँ पौडेललाई नेविसंघका अध्यक्ष नैनसिंह महरले सान्त्वना दिनुपर्ने अवस्था आएको थियो । उनले महरसँग पनि देउवाले एकलौटी टिकट बाँड्न लागेको बताएका थिए ।

किन ताते रामचन्द्र ?

महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिसहितको संयन्त्रबाट मतदान मार्फत टुंग्याउने विधिले आफ्नो पक्षका उम्मेदवार धेरै कम आउने डरले पौडेल आक्रोशमा आएको आरोप देउवा पक्षको छ ।

देउवाको जालमा परेको भन्दै पौडेलले महामन्त्री शशांक कोइरालालाई समेत गाली गरेको पौडेल निकट स्रोतले जनाएको छ ।

देउवा निकट एक केन्द्रीय सदस्यले भने-कांग्रेस आˆनो लोकतान्त्रिक अभ्यासको निर्णयबाट पछाडि फर्कदा उम्मेदवार छान्ने संकट बढेको छ । अब ७४४ गाउँपालिका नगरपालिकाका अधिकांश उम्मेदवारको नाम केन्द्रमा आउने छ ।

सहमतिका आधारमा स्थानीय तह हुँदै जिल्ला कार्यसमितिले टुङ्याउन नसके कम्तिमा तीनजनाको नाम केन्द्रमा पठाउने पहिलेको परिपत्र थियो । त्यो तीनजनाको सूची बनाउन धेरै जिल्ला असफल भएका छन् ।

भरतपुर महानगरपालिकामा ३४ जनाको दावी नै केन्द्रमा पठाइएको छ । यो अवस्थामा उम्मेदवारी दर्ता हुने दिनसम्म कांग्रेसले उम्मेदवार तय गर्ने अवस्था छैन ।

देउवाले तल्ला तहदेखि केन्द्रसम्म गुटबन्दीको अन्त्य गर्ने प्रयत्नस्वरुप रामचन्द्रलाई निर्वाचन परिचालनको संयोजक र महेश आचार्यलाई घोषणापत्रको संयोजक बनाए पनि पौडेलबाट सहयोग नभएको गुनासो गरेका छन् ।

पौडेल पक्षले क्षेत्रीय सभापति र जिल्ला सभापतिमा आफ्नो पक्षको उल्लेख्य उपस्थिति रहेकाले टिकट वितरणमा महाधिवेशन प्रतिनिधि सामेल गराउन नचाहेको स्रोतले जनाएको छ । तिनै महाधिवेशन प्रतिनिधिका कारण पौडेल सभापतिमा हारेका थिए ।-Online Khabar bata

एउटा यस्तो छेपारो जुन ६४ लाख रुपैयाँमा बिक्री हुन्छ: के यो तपाईको गाउँ घरमा पाइन्छ ? (सेयर गरौँ)


काठमाडौँ – झट्ट सुन्दा अचम्म लाग्न सक्छ तर यो सत्य घटना हो । हाम्रो घरका भित्ता वा ढोकाहरुमा टाँसिने छेपारोको मूल्य लाखौँ सम्म पर्छ भन्ने कुरा सायदै तपाइहरुले बिश्वास गर्नुहुन्नहोला ।

तर चीनमा एउटा विशेष खालको छेपारोको मूल्य सुन र हिरा भन्दा पनि कम छैन । यो छेपारोले विशेष आवाज निकाल्ने भएकोले दुर्लभ छेपारोको रुपमा लिईएको छ । यसलाई गिको नामले चिनिन्छ । ‘टक के’ भने जस्तो आवाज निकाल्ने भएकाले यो छेपारोलाई टक के छेपारो पनि भनिन्छ । चीनमा यो छेपारोको मूल्य ६४ लाख रुपैयाँ जति पर्ने गर्दछ ।

यो छेपारोको मूल्य यति महँगो पर्नुको कारण यो छेपारोमा भएको विशेष गुण हो । यसको मासु औषधि बनाउन र दक्षिण पूर्व एसियामा मधुमेह,एड्स,क्यान्सर र यौन क्षमता बढाउने औषधि जस्ता रोगको परम्परागत औषधि बनाउनमा प्रयोग हुने गरेको पाइएको छ ।

अन्तराष्ट्रिय ब्ल्याक मार्केटमा समेत यो छेपारोको माग उच्च छ । यसको तस्करी लाखौँ रुपैयाँमा हुने गरेको र यो जातको छेपारो दक्षिण पूर्व एसिया, इण्डोनेसिया, भारत, फिलिपिन्स तथा नेपालमा पनि पाइने गरेको छ । वन विनाशका कारण यो छेपारो अहिले संकटमा परेको छ ।
विश्वको कालो बजारमा समेत यो छेपारोको माग अत्यधिक रहेको छ ।

सम्भोगको आवाजले टेनिस खेल नै स्थगित !

सम्भोगका बेला एकजना महिलाले निकालेको ठूलो आवाजका कारण चलिरहेको टेबलटेनिस खेल नै स्थगित गर्नुपरेको छ ।

घटना अमेरिकाको हो । अमेरिकाको फ्लोरिडमा चलिरहेको सारासोटा ओपन टेनिस अन्तरगतको एक खेल सम्भोगका बेला महिलाले निकालेको आवाजका कारण केहीबेर स्थगित भएको छ ।

प्रतियोगिताअन्तरगत फ्रान्सेस टिओफे र मिचेल क्रुगरबीच खेल चलिरहेको थियो । खेल चलिरहेको बेला एक्कासी सेक्स गर्नेबेला निकाल्ने आवाज सुनियो । टिओफेले सुरुमा त्यो आवाज सुनेछन् र उनले निकै आश्चर्य मान्दै आवाज आएको दर्शक दिर्घातर्फ हेरे । अरुले पनि सेक्सको आवाज आएसँगै आश्चर्य मानेर हेरे ।

आवाज कहाँबाट आएको हो ? कुन ठाउँमा सम्भोगको सत्र चलिरहेको हो ठम्याउन गाह्रो भयो । उक्त आवाज लाइभ सहवासको कार्यक्रमबाट नभै कसैले मोबाइल फोनमा चर्को स्वरमा पोर्न भिडियो चलाउँदा आएको हुनसक्ने अनुमान गरियो । तर कतिपयले भने त्यो फोनबाट आएको आवाज नभै नजिकैको अपार्टपेन्टमा कुनै जोडीले साच्चीकै सम्भोग गरिररहेको र त्यसो गर्दा चर्को आवाज निकालिरहेको अनुमान पनि गरे ।

उक्त आवाज सुनिएपछि दोश्रो सेटमा सर्भ गर्न आटेका टिओफे केहीबेर रोकिए । उक्त सेक्स न्वाइज बन्द नहुँदासम्म खेल सुरु हुन सकेन ।

एजेन्सी
-Online Khabar

विवेकशीललाई रवीन्द्र मिश्रको प्रस्तावः किशोरलाई मेयर, दर्शनालाई उपमेयर

१५ बैशाख, काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टी स्थानीय चुनावमा साँठगाँठका लागि प्रयत्नशील छन् । तर, काठमाडौं महानगरपालिकाको मेयरमा दुवैले आफ्नो दावी नछाडेपछि प्रयत्न सार्थक बन्न सकेको छैन ।


आफूलाई वैकल्पिक शक्ति दाबी गर्ने दुई दललाई मिल्न शुभेच्छुकहरुले सल्लाह दिँदै आएका थिए । यसैलाई मनन गरेर उनीहरुले सहकार्यको पहल गरेका हुन् ।

सुरुमा साझा पार्टीका रविन्द्र मिश्रले काठमाडौंको मेयरमा किशोर थापालाई र उपमेयरमा रञ्जु दर्शनालाई साझा उम्मेदवार बनाउने प्रस्ताव गरे । तर, विवेकशील मेयर छाड्न तयार भएन । उसले रञ्जुलाई मेयर र किशोरलाई उपमेयरमा उठाउने काउन्टर प्रस्ताव राखेको छ, जुन साझा पार्टीलाई मञ्जुर छैन ।

मेयर आफूले पाउनुपर्नेमा दुवै पार्टीका आ-आफ्ना तर्क छन् । साझा पार्टीले वरिष्ठता, अनुभव र विज्ञताका आधारमा किशोर मेयरका लागि योग्य भएको र उनको मातहतमा रहेर रञ्जुले आफूलाई निखार्न सक्ने तर्क गरेको छ ।

विवेकशीलले भने युवापुस्ताकी प्रतिनिधि र उर्जावान नेतृ भएकाले रन्जु नै मेयरका लागि उपयुक्त हुने तर्क गरेको छ । साझा पार्टी जन्मनै बाँकी रहेको तर, आफू चार वर्ष पुरानो भएकाले पनि पहिलो पदमा आफ्नो हक लाग्ने उसको भनाइ छ ।

रविन्द्र मिश्र भन्छन्ः रञ्जुको बेला भएको छैन

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले किशोरलाई मेयर र रञ्जुलाई उपमेयरमा उठाउनु सहज र स्वभाविक हुने बताए । उनको भनाइको सार यस्तो छः
‘हामीले उहाँहरुलाई मेयर र उपमेयरमा तालमेल गर्ने प्रस्ताव गरेका हौं । किशोरजीलाई मेयर र रञ्जुजीलाई उपमेयरमा उठाउनु उचित हुन्छ भन्ने हाम्रो धारणा थियो । किशोरजीको अनुभव, इमान, विज्ञता, क्षमता सबै कारणले उहाँ मेयरको लागि लायक व्यक्ति हुनुहुन्छ । तर, उहाँहरुले रञ्जुलाई मेयर र किशोरजीलाई उपमेयरमा उठाआंै भन्नुभो । त्यो हामीलाई मान्य भएन ।

यो पनि पढ्नुस्- काठमाडौंको चुनावः नानीमैयादेखि रञ्जु दर्शनासम्म !

हामी पनि युवाहरुलाई प्रवर्द्धन गर्नुपर्छ भन्ने पक्षमा नै छौं । साझा पार्टीमा पनि २३-२४ वर्षका धेरै युवाहरु छन् । तर, काठमाडौंको मेयर भनेको चानचुने जिम्मेवारी होइन । यो पदका लागि अनुभवी, सक्षम, इमान्दार र विज्ञ व्यक्ति आवश्यक हुन्छ । विकसित देशहरुमा हेर्नुभयो भने पनि युवालाई प्रवर्द्धन गर्ने त भनिन्छ । तर राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, मेयर आदिमा अलि उमेर खाएका परिपक्व मान्छेहरु नै हुन्छन् । उहाँहरुले मार्क जुकरबर्ग, मलाला, पृथ्वीनारायण शाह आदिको उदाहरण दिनुभएको छ । उनीहरु भनेका अपवाद हुन् । अपवादलाई सामान्यिकरण गर्न मिल्दैन । उदाहरणका लागि मलालाले १७ वर्षको उमेरमा नोबेल पुरस्कार जितिन् भने हरेक १७ वर्षका छोरीलाई आमाबाबुले नोबल पुरस्कार खोइ जितेको भन्न मिल्छ ? सबै मान्छे बुद्ध हुन सक्दैनन् ।

युवाहरुको पनि उमेर समूह हुन्छ । २० वर्षको पनि युवा हुन्छ, ३५ वर्षको पनि युवा हुन्छ । युवालाई जिम्मेवारी दिने नाममा २१ वर्षको व्यक्तिलाई थाम्नै नसक्ने भारी बोकाउन हुँदैन । मैले महसुस गरेअनुसार ९९ प्रतिशत जनमत किशोरजीलाई मेयर र रञ्जुलाई उपमेयर दिनुपर्ने पक्षमा नै छ । रञ्जुको पक्षमा पनि लहर छ तर, समय बित्दै जाँदा मानिसहरु यथार्थको धरातलमा आउनेछन् ।’

विवेकशीलका प्रवक्ता भन्छन्ः रञ्जुलाई रोक्न असम्भव

विवेकशील पार्टीका अध्यक्ष उज्ज्वल थापाले यस विषयमा प्रतिक्रिया दिन मानेनन् । तर, सो पार्टीका प्रवक्ता रमेश पौडेलले रञ्जुलाई अब मेयरको उम्मेदवारीबाट तल ओराल्न सकिने अवस्था नरहेको बताए । उनको भनाइको सार यस्तो छः

हामी पनि सहकार्यको पक्षमा नै थियौं । सुरुमा हाम्रो पार्टीका अध्यक्ष उज्ज्वल थापाले काठमाडौं र ललितपुरमा मिलेर उम्मेदवारी दिने प्रस्ताव साझा पार्टीका संयोजक रवीन्द्र मिश्रसँग राख्नुभएको थियो । तर, मिश्रले चुनाव लड्ने नलड्ने विषयमै टुंगोमा नपुगेको बताउनुभयो । पछि अचानक किशोर थापाजीलाई उम्मेदवार बनाउनुभयो । त्यसपछि हामीले पनि आफ्नो ढंगले रञ्जुलाई उम्मेदवार छनौट गर्‍यौं ।


कसलाई मेयर र उपमेयरमा उठाउने भन्ने मुल मुद्दा होइन । मुल मुद्दा भनेको नयाँ नेतृत्वलाई स्थापित गर्नुपर्छ भन्ने हो । व्यवहारिक अर्थमा युवालाई नेतृत्वमा ल्याउनुपर्छ भन्ने आधारभूत मान्यताबाट हामी पछि हट्न सक्दैनौं । नयाँ नेतृत्वको वकालत गर्ने, तर कपाल फलेको मान्छे अघि सार्ने कुरा विरोधाभाषपूर्ण हुन्छ ।
युवा भएको कारण मात्र होइन, क्षमता र प्रतिभाका हिसाबले पनि रञ्जु मेयर पदका निम्ति योग्य उम्मेदवार हुन् । उनलाई हामीले कुनै सहानुभूतिबस मेयरको टिकट दिएका होइनौं, सार्वजनिक आह्वान गरेर प्रतिस्पर्धाका आधारमा जुरीले छनोट गरेको हो । भलै उनको अनुभव कम होला तर, अनुभव मात्रै सबैथोक होइन । अहिले रञ्जुकोे पक्षमा लहर उर्लिरहेको छ । यसले देशको राजनीतिमा नै नयाँ उत्साहको सञ्चार गरेको छ । त्यसैले अब उनी ‘अनस्टपेबल’ भएर अघि बढेकी छिन् ।

हामीले उहाँहरुसँग प्रस्ताव राखेका छौं कि रञ्जुलाई मेयर र किशोरजीलाई उपमेयरमा उठाऔं । उहाँजस्तो अनुभवि मान्छेले उपमेयर पदमा रहेर रञ्जुलाई बलियो सपोर्ट गर्न सक्नुहुन्छ । तर, उहाँहरुले स्वीकार्नुभएको छैन । हामी अझै आशावादी छौं, त्यसैले उपमेयरमा उम्मेदवारी घोषणा गरेका छैनौं ।

विवेकशील र साझा पार्टीः को कति पानीमा ?

विवेकशील नेपाली पार्टी चार वर्षअघि निर्वाचन आयोगमा दर्ता भएको हो । यसले आम राजनीतिक पार्टीभन्दा फरक शैलीमा आफूलाई अघि बढाइरहेको छ । आर्थिक पारदर्शीता र सामाजिक सक्रियताले युवा जमातबीच विवेकशीलको राम्रो छवी छ । २०७२ सालको भूकम्पपछिको उद्दार र राहतमा सो पार्टीको सक्रियता प्रशंसनीय थियो ।

दोस्रो संविधानसभाको चुनावमा विवेकशीलले पार्टीका तर्फबाट काठमाडौंमा ४ जना उम्मेदवार उठाएको थियो । उनीहरुले कुल मिलाएर तीन हजार भोट ल्याएका थिए । काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनेका उज्ववल थापा पाँचौं स्थानमा रहेका थिए । निर्वाचन आयोगमा दर्ता नभइसकेकाले उनीहरुले कुकुर चुनावचिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

यदि मेयर र उपमेयरमा भागबण्डा गरेर जाने हो भने किशोर र रञ्जुको टिमले ठूला दलहरुलाई स्तब्ध नबनाउलान् भन्न सकिँदैन । तर, दुवैले मेयरमै उम्मेदवारी दिँदा उनीहरुको भोट बाँडिने खतरा ठूलो हुन्छ । किनकी किशोर र रन्जु दुवैको भोट बैंक लगभग एउटै हो

देश तथा विदेशमा गरी विवेकशीलका १४ हजार साधारण सदस्य छन् भने ५ सय सक्रिय सदस्य छन् । सदस्यता शुल्क र शुभेच्छुकहरुबाट प्राप्त आर्थिक सहयोगले यो पार्टीको खर्च चल्दै आएको छ । आफूले पाएको सहयोगलाई विवेकशीले पारदशीरुपमा वेबसाइटमा राख्ने गर्छ ।

यता, बीबीसीको मासिक ७ लाखको जागिर छोडेर रवीन्द्र मिश्रले साझा पार्टी गठन गरेका हुन् । निर्वाचन आयोगमा दर्ता नभएकाले यो पार्टीले औपचारिकता पाउन भने बाँकी नै छ । पुराना दल तथा नेताहरुबाट वाक्क दिक्क भएको जनमतलाई साझा पार्टीले अलिकति आकर्षण गरेको छ ।

बीबीसी नेपालीको सम्पादक र सामाजिक अभियन्ताका रुपमा रवीन्द्र मिश्रको आफ्नो छाप छ । देशमा उनका फ्यानहरु पनि निकै छन् । यही आधारमा पनि उनी राजनीतिमा हाम्फाल्न हौसिएका हुन् । राजनीतिज्ञका रुपमा उनी कति सफल हुनेछन् त्यो भविष्यले बताउनेछ ।

साझा पार्टीमा हाल २० जनाको संयोजन समिति छ । पार्टीमा पूर्वसचिव थापा, अधिवक्ता ओमप्रकाश अर्याल, विश्लेषक मुमाराम खनाल, चिकित्सक सरोज धिताल, इन्जिनीयर सुर्यराज आचार्य, अधिवक्ता निरुपमा यादव लगायत छन् । यादवलाई सो पार्टीले काठमाडौंको उपमेयरमा उम्मेदवार बनाएको छ ।

साझा र विवेकशील दुवै पार्टीले निर्वाचन आयोगबाट चुनाव चिहृन पाएका छैनन्, त्यसैले स्वतन्त्र हैसियतमा उम्मेदवारी दिनुपर्ने वाध्यता छ । विवेकशीलले ‘स्माइल’ र साझाले तराजु चुनावचिन्हको दावी गर्दै आएका थिए ।

को हुन् किशोर र रञ्जु ?

साझा पार्टीले मेयरको उम्मेदवार बनाएका किशोर थापा पूर्व प्रशासक हुन् । ३२ वर्ष सरकारी सेवामा रहँदा उनले आफ्नो छवी स्वच्छ राख्न सफल भए । आर्किटेक्ट इन्जिनीयर थापा शहरी योजना र हाउजिङका विज्ञ मानिन्छन् । तर, थापासँग राजनीतिक अनुभव भने छैन । चुनावमा भोट माग्नका लागि आफ्ना योजनाहरु सुनाइरहँदा हिजो उच्च ओहदामा रहँदा चाहिँ के-के गरे त भन्ने प्रश्नहरु उनीतिर सोझिनेछन् । उनले सचिवका रुपमा तीन वटा मन्त्रालयमा काम गरेका थिए ।

विवेकशील पार्टीले उम्मेदवार बनाएकी रञ्जु दर्शना एक उर्जावान युवती हुन् । देश र समाजप्रति उनको समर्पण तथा इच्छाशक्तिमा शंका गर्ने ठाउँ छैन । यद्यपि, राजधानी हाँक्नका लागि उनी कच्चै रहेको आलोचकहरुले टिप्पणी गर्छन् । दर्शना हाल विकास अध्ययन विषयमा स्नातक तह अध्ययनरत छिन् । उनी राजनीतिमा लागेको चार वर्ष मात्र भएको छ ।

भोट बाँडिने खतरा

उम्मेदवारी घोषणालगत्तै किशोर र रञ्जु दुवैलै घोषणापछि प्राप्त प्रतिक्रियाले किशोर र रञ्जु दुवै मज्जाले हौसिएका छन् । ठूला पार्टीहरुलाई छिचोल्दै मेयर पड्काउँछु भन्ने महत्वाकांक्षा दुवैलाई पलाएको छ । रञ्जुको उम्मेदवारीपछि किशोर केही छायामा परेका छन् तर उनको पनि उत्साह कम छैन ।

अहिलेको माहौल हेर्दा यस्तो लाग्छ, मानौं काठमाडौंको मेयरमा मुख्य प्रतिस्पर्धा रञ्जु र किशोरबीच नै हुन गइरहेको छ । ठूला दलहरुले अहिलेसम्म उम्मेदवार घोषणा गर्न नसकेको अवस्थामा एकछत्र उनीहरुको चर्चा हुनु स्वभाविक नै हो । पुराना दल र नेताहरुप्रति वितृष्णा बोकेका मतदाताहरुमा यी दुईको उम्मेदवारीले चुनावप्रति चाख बढाएको पनि छ ।

यदि मेयर र उपमेयरमा भागबण्डा गरेर जाने हो भने किशोर र रञ्जुको टिमले ठूला दलहरुलाई स्तब्ध नबनाउलान् भन्न सकिँदैन । किनकी हरेक चुनावमा नौलो प्रयोग गर्न खोज्ने काठमाडौंका मतदताको प्रवृत्ति छ ।

तर, दुवैले मेयरमै उम्मेदवारी दिँदा उनीहरुको भोट बाँडिने खतरा ठूलो हुन्छ । किनकी किशोर र रन्जु दुवैको भोट बैंक लगभग एउटै हो । कुनै पनि राजनीतिक दलमा कट्टर आस्था नभएका तटस्थ मतदाताहरु उनीहरुतिर तानिने हुन् । त्यसमध्ये बौद्धिक जमातको बढि आकर्षण किशोरतिर हुनेछ भने युवा जमातले रञ्जुलाई टेस्ट गर्न चाहनेछन् । धेरै तटस्थ मतदाता चाहिँ रञ्जु र किशोरबीच कसलाई रोज्ने भनेर अलमलमा पर्नेछन् । यस्तोमा दुवैलाई घाटा छ ।

दिर्घकालीन एकताको सम्भावना

साझा र विवेकशीलबीच स्थानीय चुनावमा मिलेमतो नभए भने पनि भविष्यमा उनीहरु एक हुने सम्भावना टरेको छैन । शुभेच्छुकहरुको चाहनालाई कदर गर्दै एक दिन मिल्नैपर्छ भन्नेमा दुवै दल सहमत छन् ।

साझाका संयोजक मिश्र भन्छन्, ‘हामी दुवै पार्टीको आदर्श र मूल्य-मान्यता एउटै छ, त्यसैले ढिलो चाँडो एकता हुनैपर्छ ।’

विवेकशीलका अध्यक्ष उज्ज्वल थापा पनि स्थानीय चुनावमा तालमेल नहुँदैमा दिर्घकालिन एकताको सम्भावना नसकिने बताउँछन् । उनले भने, ‘हामी पनि एकताको पक्षमा नै छौ । तर, त्यो कहिले जुर्छ भन्न सकिँदैन ।’

अाेमनमा नेपाली महिला बिक्रीः मूल्य ‘एक लाख ३० हजार’

अाेमनमा नेपाली महिला बिक्रीः मूल्य ‘एक लाख ३० हजार’
काठमाडौं- वैदेशिक रोजगारको प्रलोभनमा पारेर नेपाली युवतीलाई एक लाखभन्दा बढी रुपैयाँ लिई बिक्री गर्ने गिरोहका चार सदस्य पक्राउ परेका छन्। प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले भारतको दिल्ली हुँदै नेपाली युवतीलाई ओमन पुर्‍याएर बिक्री गरेको अभियोगमा तोकबहादुर तामाङ, मेदनीप्रसाद प्रसाईं र निमा लामालाई पक्राउ गरेको हो। यसअघि नै सोही गिरोहका विष्णु लामा पक्राउ परेका थिए।

ब्युरोकी एसपी मीरा चौधरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीहरुले नेपालका विभिन्न नाकाबाट भारतको दिल्ली पुर्‍याएर हवाईमार्ग हुँदै युवती ओमन पठाउने गरेको बताएका छन्। ‘यसबापत उनीहरुलाई ओमनको दलालले प्रतिमहिला एक लाख ३० हजार रुपैयाँ दिने गरेको खुलेको छ’, चौधरीले भनिन्।

पक्राउ परेकाहरु नेपालमा बसेर वैदेशिक रोजगारीमा जाने प्रयासमा रहेका महिला खोज्ने, उनीहरुलाई राम्रो कामको प्रलोभनमा पारेर ओमन जान राजी गराउने र राहदानी बनाएर भारतको दिल्लीसम्म पठाउन सक्रिय थिए।

दिल्ली पुगेका महिलालाई हवाई यात्राको टिकट मिलाएर ओमन पठाउने समूह र घरेलु कामदारको आवरणमा बिक्री गर्ने ओमनमा सक्रिय समूहका सदस्य भेटिएका छैनन्।


ब्युरोका अनुसार पक्राउ परेकामध्ये सिन्धुपाल्चोक सीपापोखरीका सरोज भन्ने तोकबहादुरले वैदेशिक रोजगारीमा जान चाहने महिलालाई काठमाडौं ल्याएर होटलमा राख्ने र राहदानी बनाइदिएर दिल्ली पठाउने गर्दै आएका थिए।

झापाका मेदनीले सरोजले पठाएको राहदानी संकलन गर्ने र काठमाडौं–दिल्लीको टिकट मिलाउने काम गर्थे। सिन्धुपाल्चोक मार्मिङका निमाले महिलाको विवरण र राहदानी कुरियर गरेर दिल्ली पठाउने गर्दै आएका थिए ।

गोंगबुको होटलमा सेल्टर

मानव बेचबिखनमा सक्रिय समूहले रोजगारीको प्रलोभन देखाएर ओमन पठाउन दुई युवतीलाई गोंगबुको गेस्ट हाउसमा राखेको सूचनाको आधारमा ब्युरोले छापा मारेर बुधबार उद्धार गरेको थियो।

उद्धार गरिएका महिलाको बयानमा खुलेको नाममध्ये एक थिए निमा। उनी २७ जना महिलालाई अवैध रुपमा विदेश पठाएर बिक्री प्रयास गरेको अभियोगमा ब्युरोको खोजी सूचीमा थिए।

२०७२ साउन ५ मा अवैध रुपमा खाडी मुलुक जान तयारी अवस्थामा रहेका २७ नेपाली युवती नयाँदिल्लीमा फेला परेका थिए । भिजिट भिसामा दुबई, कुवेत र इराकको कुर्दिस्तानमा घरेलु कामदारको आवरणमा बिक्री गर्न भारत पु¥याइएका नेपाली महिला समातिएपछि भारतीय प्रहरीले नेपाल पठाएको थियो।



ती युवतीको बयानमा सुशील भन्ने सुजिल राई, राजबाबु श्रेष्ठ, सानु लामा र धनबहादुर भन्ने दानबहादुर क्षेत्रीसँगै विष्णु लामा र सानुको नाम खुले पनि विष्णु र सानु फेला परेनन्। अन्य चारजना पक्राउ परेका थिए। उनीहरु पुर्पक्षका लागी केन्द्रीय कारागार पुगे। फरारमध्येका सिन्धुपाल्चोक गुम्बाका विष्णु काठमाडौंको गोकर्णेश्वरमा गत वैशाख ८ मा पक्राउ परे।

अनुसन्धानमा विष्णुले कुवेत पुर्‍याएर बिक्री गर्न फसाइएकी एक महिलाको २०७२ फागुनमा उद्धार भएको भेटियो। ती महिलाले बयानमा विष्णुको नाम लिएकी थिइन् । विष्णुसँगको बयानमा नेपालमा महिला खोज्ने र आवश्यक दस्तावेज दिल्ली पठाउन उनलाई निमाले सघाउने गरेको खुलेपछि प्रहरी निमाको खोजीमा खटियो। निमाको खोजी गर्दा अन्य दुई नयाँ अभियुक्त समातिए । साथै उनीहरुको प्रलोभनमा परेर ओमन जान राजी भएका दुई महिलाको जीवनसमेत जोगियो।

रोकिएन दिल्ली रुट
घरेलु कामदारको आवरणमा खाडी र अफ्रिकी मुलुकसम्म नेपाली युवती पु¥याई बिक्री गरेर जोखिमपूर्ण कामका लगाउने गरेको खुलेपछि नेपाल र भारतको गृह सचिवस्तरीय बैठकले चार वर्षअगाडि ‘दिल्लीबाट हवाईमार्ग हुँदै खाडी क्षेत्रसमेतका सात देश जान चाहनेका लागि ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरेको थियो ।

स्थलमार्ग हुँदै सहजै दिल्ली जाने र त्यहाँबाट भिजिट भिसामा द्वन्द्वग्रस्त इराकी क्षेत्रमा समेत नेपाली महिला पुग्ने गरेको खुलेपछि दुवै देशका सुरक्षा निकायले विमानस्थलमा निगरानी बढाउने निर्णय गरे पनि मानव तस्करीमा दिल्ली रुटको प्रयोग अझै रोकिएको छैन ।

पक्राउ परेका अभियुक्त र उद्धार गरी ल्याइएका महिलाको बयानमा मानव तस्करीमा सक्रिय समूहले भारतको दिल्ली र मुम्बईको हवाईमार्गबाट श्रीलंका पु¥याएर त्यहाँबाट खाडी मुलुक लैजाने गरेको खुलेपछि प्रहरीसहितको सरकारी टोली श्रीलंका पुगेर अनुसन्धान गरी फर्किएको थियो ।

टोलीले श्रीलंकाको विभिन्न मोटेलमा खाडी जाने पर्खाइमा रहेका दुई दर्जनभन्दा बढी नेपाली महिला भेटेको थियो । नेपाल फर्केर टोलीले दिल्ली विमानस्थलबाट श्रीलंका जान समेत कडाइ गर्न सरकारको ध्यानाकर्षण गराए पनि कार्यान्वयनमा आएन ।

‘नेपाली युवतीलाई खाडीलगायतका देशमा पु¥याएर बिक्री गर्ने गिरोहले अझै पनि भारतको दिल्ली विमानस्थल प्रयोग गर्ने गरेको देखियो,’ एसपी चौधरीले भनिन्, ‘पक्राउ परेको गिरोहले समेत त्यही रुटको प्रयोग गर्ने गरेको खुलेपछि विस्तृत अनुसन्धान गर्दैछौं।’
-Nagarik News bata

Saturday, April 22, 2017

मुस्ताङमा बस दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु


मुस्ताङ, ९ वैशाख । मुस्ताङको मुक्तिनाथमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ३० जना घाइते छन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङले दिएको जानकारी अनुसार मुक्तिनाथ मन्दिरबाट जोमसोमतर्फ आउँदै गरेको ना प छ ६०६७ नं को बस दिउँसो साढे १२ बजे कागबेनीस्थित सडकमा पल्टिएर दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

बस बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका ४ स्थित मन्दिर जान लागेको थियो । बसमा तीर्थयात्री सवार थिए ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Sunday, April 16, 2017

दिपक क्षेत्रीलाई अमेरिकाबाट ५ लाख नगद उपचार सहयोग, भन्छन - मैले सोच्दै न सोचेको भयो

Dipak Chhetri was handovered donation for his treatment today at his residence. दिपक क्षेत्रीलाई अमेरिकाबाट ५ लाख नगद उपचार सहयोग, भन्छन - मैले सोच्दै न सोचेको भयो | Dipak Chhetri

Saturday, April 15, 2017

चुनाव विथोल्न मोर्चाले बन्द र हड्ताल गर्ने

काठमाडौ, ३ वैशाख । मधेसी मोर्चाले सरकारले घोषणा गरेको निर्वाचन बिथोल्ने आन्दोलनका कार्यक्रम तय गरेको छ ।

मोर्चाको शनिबार बसेको बैठकले मोर्चाका माग पूरा गर्नुको साटो सरकारले औपचारिकताका लागि मात्रै निर्वाचनमा सहभागी हुन आह्वान गरेको भन्दै कडा आन्दोलनका कार्यक्रम बनाएको सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले बताउनुभयो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

‘मोर्चाले निर्वाचनलाई असफल पार्न सम्पूर्ण शक्ति लगाउने निर्णय गरेको छ’, नेता कर्णले भन्नुभयो ।

मोर्चा आन्दोलनको कार्यक्रम आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारीमा छ ।

उपेन्द्र यादव, राजेन्द्र महतो महन्थ ठाकुरलगायत मोर्चाका शीर्ष नेताको सहभागितामा तय भएको वैशाख ५ देखि ३१ गतेसम्मका विरोध कार्यक्रममा जुलुस प्रदर्शन, धर्ना, आमसभा तथा बन्द हडतालसम्मका छन् ।

संविधान संशोधनलगायत विभिन्न माग राखेका मोर्चाले चैतसम्म सरकारलाई माग पूरा गर्न अल्टिमेटम दिँदै माग पूरा नभए दीर्घकालीन आन्दोलनमा उत्रिने चेतावनी दिएको थियो ।

Friday, April 14, 2017

गगन थापाको ‘रक्सी नखाने’ अभियानमा प्रचण्डले के भने ?

काठमाडौँ, १ बैशाख । ‘म स्वस्थ–मेरो देश स्वस्थ’ नारासहित स्वास्थ्य न्त्रालयले ‘मेरो वर्ष’ अभियान सुरु गरेको छ।

स्वास्थ्य मन्त्रालयले पाँच वटा प्रतिबद्दतासहित सुरु गरेको अभियानको नयाँ बर्षको अवसर पारेर शुक्रबार काठमाडौँको दशरथ रंगशालाबाट सुरु गरियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झण्डोत्तलन र मंगलधुनका साथ अभियान आरम्भ भएको घोषणा गरेका थिए ।

अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले हरेक नागरिकलाई स्वस्थ रहनका लागि खानपान र जीवनशैलीमा ध्यान दिन आग्रह गरे । उनले आफू पनि स्वस्थ जीवनशैलीका लागि प्रतिबद्ध रहने बताए ।

कार्यक्रममा स्वास्थ्य मन्त्री गगन थापा, बन मन्त्री शंकर भण्डारी, उर्जामन्त्री जनार्दन शर्मा, स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ लगायत हजारौं, बलिउड स्टार मनिषा कोइराला लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वास्थ्य मन्त्री थापाले जीवनशैलीमा र खानपानमा सुधार गर्दा हजारौं व्यक्तिको जीवन स्वस्थ हुनुका साथै व्यक्तिगत र राष्ट्रको अरबौं रकम जोगिने भन्दै सबैलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न आह्रवान गरे।

मन्त्री थापासँगै कार्यक्रममा उपस्थित हजरौँले एकैपटक ‘म रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ सेवन गर्दिनँ, म नियमित व्यायाम गर्छु, म स्वस्थ र पोषिलो खाना खान्छु, म नियमित स्वास्थ्य परीक्षण गराउँछु र म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु’ भन्ने पाँच वटा प्रतिबद्धता व्यक्त गरेका छन्।

स्वास्थ्य सचिव डा। सेनेन्द्रराज उप्रेतीले नेपालका अस्पतालमा भर्ना हुनेमध्ये ८५ प्रतिशत बिरामी नसर्ने रोगका भएको बताए।

कार्यक्रममा अभिनेत्री मनिषा कोइरालाले जीवनशैली र खानपान लगायतका सानासाना कुराहरुमा ध्यान दिँदा ठूला रोगबाट जोगिन सक्ने बताइन्।

-dainik nepal

Thursday, April 13, 2017

बाबुराम भट्टराईको पार्टी आफ्नै जिल्लामा चुनाव लड्न नपाउने

गोरखा । जिल्ला निर्वाचन कार्यालय गोरखामा दर्ता भएका १६ दलमध्ये छवटा दलले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन नपाउने भएका छन् ।

दल दर्ता भए पनि चुनाव चिह्न नपाएपछि निर्वाचनमा भाग लिनबाट ती दल वञ्चित हुनुपरेको हो ।


जिल्ला निर्वाचन अधिकारी राजेन्द्र पोखरेलका अनुसार, नयाँ शक्ति पार्टी, नेपाल कम्युनिस्ट पार्टी माले, जनसमाजवादी, युनाइटेड ग्रिन अर्गनाइजेसन, नेपाल गान्धीवादी पार्टी, देशभक्त पर्यावरणीय सामाजिक मोर्चा र पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टीले निर्वाचनमा भाग लिन नपाउने भएका हुन् ।

दुईवटा नगरपालिका र नौवटा गाउँपालिका रहेको गोरखामा एक लाख ६९ हजार ४६ जना मतदाता छन् जसमध्ये ८१ हजार ६२१ पुरुष, ८७ हजार ४२४ महिला र एक तेस्रोलिङ्गी छन् । एघार स्थानीय तहमा गरी ९४ वडा रहेको र यी वडामा वडा सचिवहरु खटाइसकिएको प्रजिअ जितेन्द्र बस्नेतले जानकारी दिए ।


निर्वाचनका लागि शिक्षक, कर्मचारी गरी दुई हजार १५५ जना कर्मचारी खटाउने गृहकार्य भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । वैशाख ३ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिने र वैशाख १२ भित्र सबै स्थानीय तहमा कार्यालय खोल्ने बताइएको छ ।


मतदाता शिक्षा दिन सुरु गरिएको छ । मतदाता परिचयपत्र मतदान केन्द्रमा खटिएका कर्मचारीले निर्वाचन हुनुपूर्व बाँड्नेछन् । निर्वाचनलाई स्वतन्त्र र भयरहित ढङ्गले सम्पन्न गर्न सुरक्षाका हिसाबले पनि तयारी सुरु गरिएको प्रजिअ बस्नेतको भनाइ छ ।


नगर प्रमुख, उपप्रमुखका साथै गाउँपालिका प्रमुख, उपप्रमुखलगायत वडाका विभिन्न पदमा उम्मेदवार क–कसलाई बनाउने भन्ने गृहकार्यमा दलहरु लागिपरेका छन् । रासस

Wednesday, April 5, 2017

अचानक किन राजीनामा दिने मनस्थितिमा पुगे निधि ?

काठमाडौं, २४ चैत । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिने भएका छन् ।

स्रोतका अनुसार आफूलाई वरियतामा दोस्रो नम्बरमा अर्थात वरिष्ठ उपप्रधानमन्त्री नबनाई अपमान गरेको भन्दै कांग्रेस नेता समेत रहेका निधि राजीनामा दिने निष्कर्षमा पुगेका हुन् ।

उसो त प्रहरी महानिरीक्षक (आईजीपी) प्रकरणमा पार्टी सभापति शेरबहादुर देउवासँग चिढिएका निधिले आफ्ना निकटस्थसँग प्रचण्ड सरकारको ९ महिने कार्यकाल (साउन २१ देखि चैत २१ सम्म) अर्थात आयु सकिएको बताउने गरेका छन् ।
यही बीचमा वरियता विवादले असन्तुष्ट रहेका गृहमन्त्री निधि राजीनामा दिने मनस्थितीमा पुगेका हुन् । उनले केही दिनभित्रै राजीनामा दिने स्रोतको भनाई छ ।

यता प्रधानमन्त्री प्रचण्डले वरिष्ठ उपप्रधानमन्त्री तपाई नै हो भनेर निधिलाई आश्वासन दिने गरेका छन् । तर, राप्रपा अध्यक्ष समेत रहेका उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापालाई आन्तरिक रुपमा वरिष्ठ उपप्रम बनाउने प्रचण्ड र देउवाबीच सहमति भएको सूचना पाएपछि निधि रुष्ट बनेका हुन् ।

यता राप्रपा अध्यक्ष थापाले आफूलाई वरिष्ठ उपप्रधानमन्त्री नबनाए सरकार छाड्ने धम्की दिँदै आएका छन् । जसकारण प्रधानमन्त्री प्रचण्ड आफ्नो सरकार जोगाउन भएपनि थापालाई वरिष्ठ उपप्रम बनाउन बाध्य भएको बताइन्छ ।
दैनिक नेपाल

Tuesday, April 4, 2017

बालकलाई हात्तीले घिसार्दै लग्यो, सेना हेरिरह्यो गोली हानेर मार्न सकेन

मान्छे मार्न पल्केको हात्ती नमारिए आन्दोलन गर्ने चेतावनी
काठमाडौं, २२ चैत । जङगली हात्तिको आक्रमणबाट ठुलो जनधनको क्षति भएको भन्दै बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ति क्षेत्र अन्र्तगत श्रीरामनगर उपभोक्ता समिति आन्दोलित बनेको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर जंगली हात्तिको आतङ्क नियन्त्रण गर्र्नुपर्ने भन्दै सरकार सामु ९ बुँदे माग अघि सारेको छ ।

समितिले तत्काल आतङ्कित हात्तिलाई नमारिए कडा आन्दोलनमा उत्रिने जनाएको छ । समितिका अध्यक्ष नवराज न्यौपानेले जीवजन्तु र मानवबीचको सह–अस्तित्वलाई जोगाउँदै दुवै पक्षको उचित व्यवस्था हुनुपर्ने माग गरेका छन् ।
पत्रकार भावुक योगीले मानव र जन्तुबीचमा शीत युद्ध सुरु भएको भन्दै सरकारले यसतर्फ तत्काल ध्यान दिनु पर्ने बताए । उनले भने,‘मध्यवर्ति क्षेत्रमा कम्जोर आर्थिक अवस्थाका मानिसको बसोबास छ, त्यहाँ जंगलि हात्तिको चरम आक्रमणबाट वस्ति त्रसित छ, राज्य निकाय मौन बसेको हुन्छ, सेनालाई खबर गर्दा समयमा पुग्दैन, यस्तो अवस्थामा सरकार मानवको पक्षमा भन्दा हिँस्रक हात्तिको पक्षमा उभिएको भान भएको छ।’

त्यस्तै कार्यक्रममा श्रीरामनगर उपभोक्ता समितिका संयोजक फिरु चौधरीले जंगली जनावरको आक्रमणबाट मृत्य भएकालाई हाल रु ५ लाख दिएकोमा असन्तुष्ट जनाउँदै भने,‘सरकारले राहतको नाममा ५ लाख दिएर झारो टार्ने काम भएको छ, अब ५ लाखले हुँदैन, १० लाख दिनुपर्छ, समयमा राहत र सुरक्षा दिने काममा सरकार लाग्नुपर्छ।’

कार्यक्रममा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष धर्मराज शर्माले सरकारले पीडिको जीवन माथि ख्यालवाड गरिरहेको आरोप लगाए ।

उनले भने, ‘पहिले हरियाली बनाउनुस भनेर राज्यले हामीलाई भन्यो हामीले बनायौँ, आज हामीले संरक्षण गरेको वनमा पाटे बाघ बस्छ, राज्य गर्वगर्छ, तर हामी स्थानिय वासिन्दा रातभर जागा स्नुपर्छ, कति बेला के हुन्छ थाह हुँदैन, हाम्रो जीवन अनिश्चित बनेको छ, केही दिन अघि मात्रै एकजना बालकलाई हात्तिले घिसादै मार्या सेनाले हेरि रहयो तर गोली हानेर मार्न सकेन, यस्तो दुखद स्थितिमा किन राज्य लाचार बनेको छ ? अब तत्काल त्यो हात्तिलाई मार्नुपर्छ ।’
-dainik nepal

Monday, April 3, 2017

मुग्लिन सडकमा पहिरो खस्दा दर्जनबढी सवारी पुरिए, दुई जनाको मृत्यु

चितवन, २१ चैत । नारायणगढ—मुग्लिन सडकमा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । पहिरोमा आधा दर्जनबढी सवारी साधन पुरिएका छन् ।

मुग्लिन सडकअन्तर्गत चितवनमा पर्ने कविलास भन्ने ठाउँमा सडक माथिबाट सुख्खा पहिरो खस्दा सवारी साधनसँगै पुरिएर गम्भीर घाईते भएका दुई जनाको उपचारका लागि भरतपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको सनाखत हुन सकेको छैन् ।

बिहान १०ः४० बजेको समयमा खसेको सुख्खा पहिरोले सडकमा गुडिरहेका सवारी साधनलाई पुरेको चितवन प्रहरी प्रमुख एसपी दिपक थापाले जानकारी दिए ।
उनका अनुसार पहिरोमा पाँच वटा मोटरसाइकल, एउटा ट्रक, एउटा ट्याङ्कर, एउटा कार, एउटा टाटामोबाइल गाडीसहित ९ वटा सवारी साधन पुरिएका छन् ।

पुरिएकाहरुको उद्वारको लागि तीनवटै सुरक्षा निकाय तथा स्थानीयहरुलाई परिचालन गरिएको छ । उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाई छ ।
-dainik nepal

एमालेप्रति बढेको जनलहरले कतिपय राजनीतिक दल आत्तिएः अध्यक्ष ओली

'देश असाधारण र स्पष्ट ध्रवीकरणतर्फ गयो'
काठमाडौँ, २१ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश असाधारण र स्पष्ट ध्रवीकरणतर्फ गएको बताउनुभएको छ ।

एमाले काठमाडौँ जिल्ला सङ्गठन कमिटीद्वारा यहाँ आयोजित पार्टी ‘सदस्यता सपथ ग्रहण तथा चुनावी अभियान सुभारम्भ समारोह’लाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “यतिखेर यो निर्वाचन एउटा असाधारण, अभूतपूर्व र स्पष्ट ध्रवीकरणमा हुन गइरहेको छ, यसबाट राष्ट्रियताको पक्षधर स्वाभिमानी शक्ति एकातिर र अरु तत्कालको फाइदा हेर्ने स्वाभिमान नभएका अर्कातिर ध्रुवीकृत हुनेछन् ।”

अध्यक्ष ओलीले कुनै पनि तत्वले अवरोध गरे पनि निर्वाचन अनिवार्य हुने भन्दै तीनवटै तहको निर्वाचनमार्फत मुलुक लोकतान्त्रिक प्रणालीअन्तर्गत चल्ने धारणा राख्नुभयो । पछिल्लो समय एमालेप्रति जनलहर बढेको र यसबाट आत्तिएर कतिपय राजनीतिक दल निर्वाचन नहोस् भन्ने चाहनामा रहेको उहाँको भनाइ थियो ।

सत्तारुढ दलप्रति कटाक्ष गर्दै एमाले अध्यक्ष ओलीले सरकार गठन भएको लामो समय बितिसक्दा पनि भूकम्पपीडितलाई अझैसम्म प्रभावकारी राहत उपलब्ध गराउन नसकेको आरोप लगाउनुभयो ।
-dainik nepal

Wednesday, March 29, 2017

जाजरकोटमा नेताको हत्या भएपछि नेविसंघको आकस्मिक बैठक, आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौं, १६ चैत । नेपाली कांग्रेस जाजरकोटका युवा नेता तथा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य रवीन्द्र शाहको मंगलबार राति अज्ञात समूहले हत्या गरेपछि नेपाल विद्यार्थी संघको आकस्मिक बैठक बसेको छ ।

संघका केन्द्रिय अध्यक्ष नैनसिंह महरको अध्यक्षतामा बुधबार विहान बसेको बैठकले हत्याको बिरोधमा दिउँसो दुई बजे काठमाडौंमा त्रिचन्द्र कलेज र देशभरका क्याम्पसमा एक घन्टा बिरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । त्यस्तै बिहीबार देशैभरका कलेजमा विरोधका कार्यक्रम गरिनेछन् भने शुक्रबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको छ ।

मंगलबार राति अज्ञात समुहद्वारा शाहको बर्बरतापूर्ण, पासबिक तरिकाले हत्याको घटनाले सिंगो संगठन दुःखी र मर्माहत भएको जनाउँदै यो घटना लोकतन्त्रमाथिको प्रहार भएको संघको ठहर छ । आसन्न स्थानीय निर्वाचनको पूर्व संध्यामा लोकतान्त्रिक पार्टीको जुझारु नेताको निर्ममतापूर्वक गरिएको हत्या लोकतन्त्रमाथिकै आक्रमण भएको अध्यक्ष महरले बताए ।

नयाँ संविधान कार्यान्वयन गरेर लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने अवसर प्राप्तिका बेला लोकतान्त्रिक कार्यकर्तामाथि गरिएको आक्रमणलाई राज्य र पार्टीले त्यही रुपमा हेर्न जरुरी भएको ठम्याइ नेविसंघको छ । संघले घटनाको सुक्ष्म ढंगले अनुसन्धान गरेर हत्यारा पत्ता लगाइ कडा कारवाहीको माग समेत गरेको छ ।

यस्ता छन् कार्यक्रमः 

१-आज दिउसो २ बजे उपत्यकाको त्रिचन्द्र क्याम्पस अगाडिबाट बिरोध प्रदर्शन र देशभर सबै जिल्लामा क्याम्पस अगाडी बिरोध प्रदर्शन ।
२ – भोलि चैत्र १७ गते देशभर सबै क्याम्पस अगाडि बिहान ९ बजे देखि १० बजे सम्म बिरोध प्रदर्शन ।
३ – चैत्र १८ गते प्रत्येक जिल्ला प्रशासन कार्यालयमा प्रदर्शनसहित ज्ञापनपत्र बुझाउने । साथै २४ घन्टाभित्र घटनाको यथार्थ सार्बजनिक नगरिए आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने ।
-dainik nepal

Tuesday, March 28, 2017

नेपाल १० खेलाडीमा सीमित, फिलिपिन्सले ३ गोल गर्‍यो

१५ चैत, काठमाडौं । एसियन कप छनौट अन्तर्गत फिलिपिन्सबिरुद्ध जारी खेलमा नेपाल सुरुवाती १२ मिनेटमै १० खेलाडीमा समेटिएको छ ।

खेलको १२औं मिनेटमा फिलिपिनो खेलाडीको हेडर प्रहार नेपाली मिडफिल्डर बिक्रम लामाले हातले रोकेका थिए । रेफ्रीले उनलाई सिधै रेड कार्ड देखाए भने फिलिपिन्सलाई पेनाल्टीको अवसर दिए ।

टोलीका कप्तान फिल योङहस्वेण्ड प्रहार गरेको पेनाल्टी नेपाली गोलरक्षक किरण चेम्जोङले रोकेर गोलको खतरा टारेका थिए ।

तर फिलिपिन्सले २१औं मिनेटमा पुनः पेनाल्टीको अवसर पायो । त्यस अवसरमा भने फिल चुकेनन् र १-० को अग्रता दिलाए । डिफेण्डर रविन श्रेष्ठले फिलिपिनो खेलाडीलाई डिबक्सभित्र फल गरेपछि उसले पेनाल्टीको अवसर पाएको थियो ।

त्यसको दुई मिनेट बित्न नपाउँदै फिलिपिन्सले अर्को गोल गर्‍यो । उसका लागि फिल योङहस्वेण्डले गोल गरे ।

२८औं मिनेटमा नेपालले तेस्रो गोल खायो । यसपटक इयान राम्सेले फिलिपिन्सका लागि गोल गरे ।

सुरुवातमै १० खेलाडीमा समेटिनुपरेपछि नेपालले अहिले रक्षात्मक खेल खेलिरहेको छ ।
-online khabar

Monday, March 27, 2017

आरआरमा स्ववियु चुनावः भित्र मतदान, बाहिर ढुंगा हानाहान

१५ चैत, काठमाडौं । तनावका बचि प्रदर्शनीमार्गस्थित रत्नराज्य (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भइरहेको छ ।


कडा सुरक्षाका बीच मतदान भइरहेको छ । बाहिर भने तनाव बढ्दो छ । संयुक्त विद्यार्थी संगठनको नाममा केही विद्यार्थीहरुले चुनाव रोक्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको छ । विद्यार्थीहरुले ढुंगामुढा गरेका छन् ।

फागुन २३ का लागि तय भएको आरआरको स्ववियु चुनाव निर्वाचन आयोगको निर्देशनपछि रोकिएको थियो । तर, सर्वोच्च अदालतले चुनाव रोक्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश लिएपछि चुनाव भएको हो ।
-online khabar

यो ‘खतरनाक’ सूचनापछि मधेस पस्यो सेना! प्रधानसेनापति नै खटिए

काठमाडौं, १४ चैत । गत फागुन १० गते जंगीअड्डामा बसेको पृतनापति बैठकमा राजनीतिक अस्थिरता र केही बिखण्डनकारी समूहका गतिविधिबाट मुलुकको सुरक्षा कमजोर बनेको भन्दै चिन्ता व्यक्त गरेको एक महिनापछि नेपाली सेनालेसम्बन्धित क्षत्रमै पुगेर सुक्ष्म अध्ययन थालेको छ ।

निर्वाचन घोषणा भएपछि प्रदेश नं. २ मा सुरक्षा चुनौती थपिएको विश्लेषण भइरहेको बेला प्रधानसेनापति राजेन्द्र क्षत्री प्रदेश भ्रमणमा निस्किएका थिए । तरुण साप्ताहिकले समाचार छापेको छ ।

दुई साताअघि धनुषा पुगेका उनले त्यहाँको सुरक्षा अवस्थाबारे जानकारी मात्रै लिएनन्, सीमा सुरक्षा स्तम्भको अवस्था र दसगजामा हुने गतिविधिबारे विस्तृत जानकारी लिएका थिए ।



धनुषास्थित नेपाली सेनाको गोरखनाथ गणको वार्षिकोत्सव अवलोकन गरी त्यहाँको सुरक्षा स्थिति र सम्भावित सुरक्षा चुनौतीबारे जानकारी लिएका क्षत्रीले सप्तरी र सर्लाहीको भ्रमण गरेका थिए । त्यहाँबाट महोत्तरीसम्म समेत पुगेका थिए ।

सुरक्षा स्रोतका अनुसार, सेनापतिको भ्रमण प्रदेशको अवस्था बुझ्ने, पृथकतावादी क्रियाकलापको सूक्ष्म अध्ययन गर्न सम्बन्धित गणहरूलाई निर्देशन दिनेलगायतका कार्यक्रममा केन्द्रित थियो ।
-Dainik Nepal

स्वास्थ्यका लागि अमृत हो पुदिना, हेर्नुस् यसका १२ फाइदा

एजेन्सी । गाउँघरमा पाइने पुदिनामा कैयौं औषधिको गुण पाइन्छ । यसमा भिटामिन ‘ए’ को मात्रा धेरै हुने भएकाले मानव स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसले मुहार चम्किलो बनाउन पनि त्यतिकै सहयोग गर्छ । यो गर्मीका समयमा स्वास्थ्यका लागि झन बढी फाइदाजनक मानिन्छ ।

जस्तैः

– पुदिनाको पात पिसेर निधारमा लगाएमा टाउको दुख्ने समस्याबाट आराम पाइन्छ ।

– पुदिना, तुलसी, अदुवा र कालीमोर्चालाई मिलाएर पानीमा उमाल्नुहोस् । जुन रस ग्यास्टिक समस्या भएकाले लगातार सेवन गर्दा जरैदेखि समस्या समाधान हुन्छ ।

– पुदिनाको पातको धुलोलाई चिनीसंग मिलाएर खाएमा पेट दुख्ने समस्या निको हुन्छ ।

– पुदिनाको ताजा रस सेवन गर्दा रुघाखोकी निको हुन्छ ।

– ज्वरो आएको बेला पुदिना र तुलसीको पात पानीमा उमालेर सेवन गर्दा ज्वरो ठीक हुन्छ ।

– दाद, एलर्जी भएको ठाउँमा पुदिनाको पात पिसेर लेप लगाउँदा ठीक हुन्छ ।

– पुदिनाको सेवनले खटाई लाग्ने समस्या पनि निको हुन्छ ।

– यसको सेवनले गर्मीमा लाग्ने लू बाट पनि राहात मिल्न सक्छ ।

– यदि शरीरमा घाउ छ भने त्यहाँ पुदिनाको लेप लगाउँदा छिटो निको हुन्छ ।

– पुदिनाको पात पिसेर त्यसको लेप मुहारमा लगाउँदा पनि दाग, धब्बा निको हुनुका साथै मुहार चम्किलो पनि हुन्छ ।

– यदि सानो बच्चालाई गर्मीका कारण झाडापखाला लागेको छ भने पुदिनाको पात दूधमा उमालेर दिनमा दुईदेखि तीन पटक दुई÷दुई चम्चा खुवाएमा झाडापखाला निको हुन्छ ।

– यसको चटनी (अचार) बनाएर खाएमा पेटको सबै समस्या निको हुन्छ ।
-dainik nepal

थ्रेसहोल्डले ल्याएको तरंगः मधेशीदेखि एकसिटे दलहरुमा भुइँचालो, अब के हुन्छ ?

थ्रेसहोल्डले अब दल टुक्रिएर संसदमा एक जना मात्रै भएपनि प्रतिनिधित्व गर्ने, मन्त्री बन्ने आशा सकिएको छ ।
लामो प्रयासपछि भर्खरै मात्र थ्रेसहोल्ड लागू भएको छ । प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ तीन प्रतिशत भोट पाउने दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने गरेर थ्रेसहोल्ड पारित भएको छ । तीन महिनाअघि संसदमा पुगेको प्रस्ताव बल्ल पास भएको हो । थ्रेसहोल्ड पारित भएपछि भने केही साना दलले असन्तुष्टि जनाएका छन् । तर, यसलाई स्वीकार्नुको विकल्प उनीहरुसँग छैन ।

थ्रेसहोल्ड लागू भइसकेपछि अब भने साना दलका नेताहरु फरक बाटो खोज्नतिर लागेका छन् । अहिलेकै अवस्थामा नेपाली काँग्रेस, एमाले र माओबादी केन्द्र मात्रै राष्ट्रिय दलको मान्यता पाउँछन् । समानुपातिकबाट सिट प्राप्त गरेका दलका नेता भने स्वतन्त्र रुपमा मात्रै संसदमा छिर्ने स्थितिमा छन् ।

राप्रपा, मधेशी जनअधिकार फोरम, नयाँ शक्ति लगायतका आफूलाई केही निर्णायक शक्ति ठान्ने दलहरुले भने दल विस्तारलाई बढी जोड दिन सक्छन् । यी दलहरुको पार्टी एकता पनि पनि पर्छ । केही दिनअघि नयाँ शक्ति र संघीय समाजबादी फोरमबीच पार्टी एकताको कुरा पनि अगाडि बढेको थियो । तर, समझदारी हुन भने सकेन ।

थ्रेसहोल्डले अब दल टुक्रिएर संसदमा एक जना मात्रै भएपनि प्रतिनिधित्व गर्ने, मन्त्री बन्ने आशा सकिएको छ । त्यसले गर्दा पनि अब साना दलहरु आफ्नो पार्टीलाई विस्तार गर्दै लैजानेकी अन्य दलसँग एकता गर्ने वा समाहित हुने भन्ने दोधारमा छन् ।
विकल्प: पार्टी विस्तार, एकता वा समाहित

संसदीय निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ तीन प्रतिशत भोट पाउनुपर्ने सीमा निर्धारण भएपछि साना दलहरुले पार्टी विस्तार, अन्य दलसँग एकता वा समाहित हुनुको विकल्प अब छैन । यसअघि आपसी मनमुटाव, पदको वार्गेनिङ निमिल्नु लगायतका कारण फुटेका पार्टीहरु पनि अब एक हुने स्थितिमा आउनुपर्ने देखिन्छ ।

यसैकारण थ्रेसहोल्ड लागू भइसकेपछि साना दलहरु अब के गर्ने भन्ने विषयमा दौडधुपमा लागेका छन् । यसको झल्को मधेशबादी दलहरुमा देखिन थालेको छ । विगतमा एकै दलबाट फुटेर टुक्राटुक्रा भएका मधेश केन्द्रीत दलहरुले एक आपसमा पनि पार्टी एकता गर्नुपर्छ भन्ने महसुश गरिसकेका छन् ।

संविधानमा आफ्नो एजेण्डाले राम्रो स्थान पाउन नसकेकोमा एक हुनुपर्छ भन्ने मनसाय बनाएका मधेश केन्द्रीत दलहरुलाई थ्रेसहोल्डले त्यसमा झन बल पु¥याएको छ । केही समय अगाडिदेखिनै पार्टी एकताको कुरा अगाडि बढेर बिचमै रोकिएको भएपनि अब भने यस विषयले निरन्तरता पाउन सक्छ । यसको सुरुवात नेताहरुले गरिसकेका पनि छन् ।

अहिलेको परिस्थितिले मधेशबादी नेताहरुलाई पार्टी एकता गर्नुपर्छ भन्ने कुरा तानेको छ । सरकारको समर्थन फिर्ता लिएदेखिनै मधेशबादी दलहरु आपसी छलफलमा पनि जुट्न थालिसकेका छन् ।

अहिलेकै अवस्थामा राष्ट्रिय दलको मान्यता पाउन सक्ने स्थितिमा रहेका अन्य दलहरुले पनि राष्ट्रिय दलको मान्यता पाउनका लागि दल विस्तार गर्नुपर्छ । दल विस्तार गर्न सकिने सम्भावना नरहेको खण्डमा अर्को दलसँग मिलेर पार्टी एकता वा कुनैदलमा समाहित हुनुको विकल्प छैन ।

शाख जोगाउन कुन बाटो रोज्न सक्छन् ?

आगामी दिनमा हुने संसदीयको चुनावबाट साना दलहरुलाई संसदमा पाइला टेक्न भर्खरै लागू भएको थ्रेसहोल्डले बलियो बार लगाइदिएको छ । जुन बार तोडेर भित्र पस्न निकै मेहनत गर्नुपर्ने छ ।

थ्रेसहोल्ड लागू भएपछि सरकारको प्रतिपक्षी गठबन्धदमा रहेका केही साना दलहरुले एमालेको साथ पनि छोडेका छन् । ती दलहरुले थ्रेसहोल्डमा एमालेले समर्थन गरेको र आफूहरुलाई धोका दिएको आरोप लगाएका छन् । एमालेको साथ छोडेसँगै आफूहरुलाई बलियो बनाउन साना दलहरुले अब दौडधुपमा लागेका छन् र लाग्नुपर्ने पनि भएको छ । आफ्नो दलको पहिचान आर्थात साख जोगाउन पनि दलहरुले संगठन विस्तार गर्नुपर्छ । तर, दल विस्तार गरेर आशातित प्रतिफल प्राप्त गर्न सकिन्न भन्ने कुरामा ढुक्क रहेकाहरु भने पार्टी एकताको विषयलाई अगाडि बढाउन सक्छन् । पद र पार्टीको नामबारे समहती जनाएर पार्टी एकतालाई साना दलहरुले प्राथमिकता दिन सक्छन् ।

राप्रपा, मधेशी जनअधिकार फोरम, नयाँ शक्ति लगायतका आफूलाई केही निर्णायक शक्ति ठान्ने दलहरुले भने दल विस्तारलाई बढी जोड दिन सक्छन् । यी दलहरुको पार्टी एकता पनि पनि पर्छ । केही दिनअघि नयाँ शक्ति र संघीय समाजबादी फोरमबीच पार्टी एकताको कुरा पनि अगाडि बढेको थियो । तर, समझदारी हुन भने सकेन ।

थ्रेसहोल्डको सकारात्मक पक्ष
यसअघि एक सिट मात्रै भएपनि संसदमा प्रतिनिधित्व गर्न पाएका दलहरुले थ्रेसहोल्ड लागू भएपछि विरोध गर्नु उनीहरुका लागि स्वभाविक हो । तर, अब त्यो बाटो बन्द हुने भएपछि कुनैपनि विकल्प अपनाएर बलियो स्थान ओगट्नुपर्छ भन्नेतिर लाग्नुपर्ने भएको छ ।

यसले गर्दा अब साना दलहरु एकजुट हुन सक्छन् । जसले गर्दा अब एक दल भएर संसदको ढोका भित्र छिर्ने वातावरण बनाउन सक्छन् ।

एक सिटे दलको अन्त्य

आगामी वैशाख ३१ गते हुने स्थानीय तह चुनावमा सबै सिट प्रत्यक्ष नै हुने भएकाले राजनीतिक दलसम्बन्धी कानुनमा गरिएको थ्रेसहोल्डको व्यवस्थाले त्यसलाई कुनै असर गर्नेछैन । तर, आगामी दिनमा हुने संसदीय चुनावमा प्रतिनिधित्व गर्ने दलको अन्त्य हुन्छ ।

पार्टी फुट्दैन र एजेण्डा स्थापित गर्न सहज

थ्रेसहोल्डले अब कुनै पनि दल फुटाएर अर्को दल निर्माण गरि विस्तार गर्न त्यति सजिलो हुने छैन । अहिलेकै अवस्थामा हेर्दा पनि पार्टी फुटाएर अलग्गिएका दलहरुको अवस्था त्यति राम्रो देखिँदैन । थ्रेसहोल्ड लागू भएपछि पनि पार्टी फुटाएर अर्को पार्टी खोल्ने आँट गर्न गाह्रो छ । जसले गर्दा पार्टी बलियो हुन जान्छ । त्यस्तै, संसदमा बलियो स्थान बनाउँदै संसदमा प्रतिनिधित्व गर्न सक्यो भने आफ्ना एजेण्डालाई स्थापित गर्न सहज हुन्छ ।

आर्थिक भार घट्छ

अहिलेको अवस्थामा ३२ दलले प्रतिनिधित्व गरिरहेका छन् । ती दललाई संसद् सचिवालयले संसदीय दलको कार्यालय दिनु परेको छ । हैसियतअनुसार दलको नेता र प्रमुख सचेतक तथा सचेतकले समेत संसदबाट सुविधा लिइरहेका छन् । जसले गर्दा देशरलाई आर्थिक भार बढेको छ । थ्रेसहोल्ड लागूपछि आगामी दिनमा राष्ट्रिय दलको संख्या निश्चित रुपमा यो भन्दा धेरै कम हुन्छ ।

दल नै कम भएपनि अहिले हुने आर्थिक भार स्वतः घट्छ । थ्रेसहोल्ड पार गरेर राष्ट्रिय मान्यता प्राप्त नगरेका दलले दलीय सुविधा पाउने छैनन् । उनीहरुलाई एउटा सांसदले प्राप्त गरेने सुविधा मात्र उपभोग गर्छन् । उनीहरुले संसद्मा समेत दलीय भन्दा पनि स्वतन्त्र रुपमा प्रवेश हुनेछन् र धारणा राख्नेछन् ।
-dainik nepl

नेपालले अमेरिकामा मन्दिर बनाउने, छ लाख डलरमा जग्गा खरिद

वासिङ्टन डिसी, १४ चैत । नेपालीको बाहुल्यता भएको मेरिल्यान्ड राज्यमा नेपाली संस्कृति झल्कने हिन्दू बौद्ध मन्दिर निर्माणका लागि छ लाख ८० डलरमा जग्गा तथा भवन खरिद गरिएका छन् ।

बैंकको लिलाममा रहेको करिब १० लाख डलर पर्ने मूल्यको ३१ एकड जमिन र बङ्गला, सहायक घर, स्वीमिङ पुल, टेनिस कोर्ट समेतको भौतिक संरचना खरिद गर्न नेपाली समुदाय सफल भएको छ । अमेरिकामा रियल स्टेटको क्षेत्रमा क्रियाशील रहनुभएका र मन्दिर निर्माणका लागि बोर्ड अफ ट्रष्टी समेत रहनुभएका कृष घिमिरेको पहलमा उक्त भौतिक संरचना खरिद गर्न नेपाली समुदाय सफल भएको हो ।

“खरिदसम्बन्धी सम्पूर्ण प्रक्रिया हामीहरुले शुक्रबार सम्पन्न गरेका छौँ,” घिमिरेले रासससँग भन्नुभयो – “अब यसको मर्मत सम्भार गरेर आगामी डिसेम्बरसम्ममा सञ्चालनमा ल्याउने सोच बनाएका छौँ । मर्मत सम्भार गर्न र पूर्णरुपमा सञ्चालनमा ल्याउन करिब १६ लाख डलर लाग्ने प्रारम्भिक अनुमान रहेको छ ।”
घिमिरेले दिनुभएको जानकारी अनुसार चार महिनाको अवधिमा मेरिल्यान्ड राज्यमा बसोबास गर्दै आएका ८०० परिवारको सहयोगमा रकम सङ्कलन गरिएको हो । छोटो समयमा यसरी रकम सङ्कलन गर्न सफल भएर नेपाली समुदायले महत्वपूर्ण सन्देश दिन सफल भएको छ ।

“हामीहरुले यो अभियानमा दोस्रो पुस्ताका युवायुवतीलाई समेत परिचालन गर्दै उनीहरुको संलग्नतामा यसलाई सफल बनाउन लागिपरेका छौँ,” घिमिरेले अगाडि थप्नुभयो – “पारदर्शिता, स्वच्छ कार्यशैली र समुदायको प्रतिबद्धताको कारणले हामी यो सम्पत्ति खरिद गर्न सफल भएका छौँ ।” रासस

Sunday, March 26, 2017

कमल थापाको राप्रपा फेरि फुट्यो, दीपेन्द्रकी प्रेमिका उपाध्यक्ष बन्दै

काठमाडौं, १४ चैत । गत मंसिर ६ गते एकीकरण भएको राप्रपा फेरि फुटेको छ । असन्तुष्ट समूहको आइतबार बिहान भएको भेलाले डा.प्रकाशचन्द्र लोहनीको अध्यतामा ५१ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको छ ।

पार्टीको नाम एकीकृत राप्रपा राखिएको छ । चुनाव चिन्ह पुरानै कायम गरिएको छ । चुनाव चिन्ह हलो कि गाई ? भन्ने विवादका कारण राप्रपा फुटेको हो ।

डा.लोहनी नेतृत्वको राप्रपाले चुनाव चिनह हलो कायम गरेको छ । तर निर्वाचन आयोगले निर्णय गर्न भने बाँकी छ । तरुण साप्ताहिकले समाचार छापेको छ ।

नवगठित राप्रपाका केन्द्रीय सदस्य तथा प्रेस संयोजक महेश्वर रोकायका अनुसार बुधबार साँझ १० देखि १२ बजेसम्मको शुभसाइतमा निर्वाचन आयोगमा गएर पार्टीलाई विधिवत् रुपमा दर्ता गरिनेछ ।

नवगठित राप्रपामा केशरबहादुर विष्ट, गणेश शेरचन, सगुन लावती, बालकृष्ण न्यौपाने, दिलविकास राजभण्डारीलगायतका समूह पनि समेटिएका छन् ।

स्थानीय तहको निर्वाचन सम्मुख आइसकेको र टिकट नपाउने जति नवगठित राप्रपामा जान सक्ने सम्भावनाका कारण कमल थापाले नयाँ रणनीति अवलम्बन गरेका छन् ।

पशुपतिशम्शेर राणा, लोकेन्द्रबहादुर चन्दलाई कुनै हालतमा पनि नवगठित राप्रपामा जान नदिने रणनीति कमल थापाको छ ।

यसका लागि उनले पशुपति शम्शेर राणाकी छोरी देवयानी राणालाई केन्द्रीय सदस्य मनोनीत गरेर उपसभापतिको जिम्मेवारी दिने आश्वासन दिएका छन् भने लोकेन्द्रबहादुर चन्दका कान्छा छोरा अरुणलाई केन्द्रीय सदस्य मनोनीत गर्ने तयारी गरेका छन् ।
-dainik Nepal

२२७ नेपाली विदेशी जेलमाः नौ नेपालीलाई मृत्युदण्डको फैसला

१४ चैत, काठमाडौं । ४३ लाख ८९ हजार नेपाली वैदेशिक रोजगारीमा रहेको वैदेशिक रोजगार विभागको तथ्यांक छ । वैदेशिक रोजगारीमा गएकामध्ये दुई सय २७ जना नेपाली विभिन्न मुलुकको जेलमा छन् ।


हत्या, बलात्कार, लागुऔषध कारोबारलगायत गम्भीर अभियोगमा उनीहरूले जेलजीवन बिताइरहेका हुन् । तीमध्ये केहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ, केही ब्लडमनी तिर्न नसकेर जेलमा छन् भने केहीलाई जन्मकैदको सजाय सुनाइएको छ । यीबाहेक कागजात नमिलेर, भिसाको म्याद सकिएरलगायत अन्य सामान्य अभियोगमा के–कति नेपाली पक्राउ परेका छन् भन्ने तथ्यांक सरकारसँग छैन ।

फाइल तस्वीर

रोजगारीको सिलसिलामा साउदी अरेबिया पुगेका नेपालीमध्ये ६९ जना जेल परेका छन् । बहराइनमा पनि सातजना नेपाली जेलमा रहेका छन् । एउटै कोठामा बस्ने नेपाली नागरिकको हत्या गरेका अभियोगमा भोजपुरका पर्शुराम राईलाई दक्षिण कोरियाको अदालतले १३ वर्षको कैद सजाय तोकेको छ । याँ पत्रिका दैनिकमा समाचार छ ।

त्यस्तै नेपाली सहकर्मीसँग झगडा गरी दुईवटा औँला काटेको अभियोगमा झापाका शेखर पौडेल पनि दक्षिण कोरियामा पक्राउ परेका छन् । उनको मुद्दा विचाराधीन छ । कुवेतमा लागुऔषधको सेवन र कारोबारलाई ठूलो अपराध मानिन्छ । त्यहाँ पक्राउ परेकामध्ये अधिकांश नेपाली लागुऔषध सेवन र कारोबारको मुद्दा खेपिरहेका छन् । कुवेतको जेलमा रहेका नेपालीमध्ये ५३ जना केटा र नौजना केटी छन् । हत्याको आरोपमा समेत कुवेतको जेलमा केही नेपालीले सजाय काटिरहेका छन् ।

मलेसियाको जेलमा रहेका १३ नेपालीमध्ये सबैजना केटा छन् । तीमध्ये आठजना हत्या अभियोगमा पक्राउ परेका हुन् । ओमनको जेलमा भने तीनजना नेपाली मात्र जेलमा छन् । कतारमा ५२ जना नेपालीले जेलजीवन बिताइरहेका छन् । संयुक्त अरब इमिरेट्स (युएई)का विभिन्न जेलमा १९ जना नेपाली छन् ।
-online khabar

नेपाल-भारत खुल्ला सिमाना रोक्न सर्वोच्च अदालतमा मुद्दा, रिट दर्ता गर्ने को-को ?

काठमाडौँ, १३ चैत । सर्वोच्च अदालतमा नेपाल–भारतको खुला सिमाना रोक्न माग गर्दै सर्वोच्च अदालतमा आइतबार रिट दायर गरिएको छ ।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालयलगायतलाई विपक्षी बनाई आइतबार दायर गरेको रिट निवेदनमा नेपाल–भारत खुला सिमाना व्यवस्थापन तथा नियन्त्रण गर्नुपर्ने माग गरिएको छ ।

रिट निवेदनमा विसं २००९ को निस्केको नेपाल गजेटमा नेपाल–भारतबाट सीमा वारपार गर्दा परिचयपत्र अनिवार्य देखाई अभिलेख राख्ने व्यवस्थाको कार्यान्वयन हुनुुपर्ने, दुई देशको खुला सिमानाको व्यवस्थापन र नियन्त्रण नहुँदा आतङ्ककारी, तस्करीजस्ता गतिविधि हुने भएकाले सिमानामा नियन्त्रण गर्नुपर्ने उल्लेख छ ।
सीमामा शान्ति सुरक्षा नहुँदा नेपालीले निकै कठिनाइ भोग्नुपरेको हुँदा सिमानामा शान्ति सुरक्षाको व्यवस्था मिलाउनुपर्ने र सन् १८१६ र १९५० को नेपाल–भारत मैत्री सम्बन्धमा समेत खुला सिमाना नलेखिएको हुँदा पुनरावलोकन गर्न परमादेशको माग रिट निवेदनमा गरिएको छ ।

रिट दायर गर्ने को-को ?

रिट दर्ता गर्नेमा अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, अधिवक्ता विमल ज्ञवाली, लीलाधर उपाध्याय र शशिकुमार कार्की रहेका छन् ।
साभार: दैनिक नेपाल

साझा सवाल अङ्क - ४८६ हुम्लाको विकास कस्ले रोक्यो ? ...भिडियो हेर्नुस

जम्मा ५० हजार जनसंख्या रहेको हुम्लामा जडिबुटी, पर्यटन र जलस्रोतको अपार सम्भाना छ भनिन्छ तर जहिल्यै गरिबी र अभाबको विम्ब बनिरहेकै छ । को हो त हुम्ला विकासको बाधक ? अनि के छन् त राजनीतिक दल र तिनका नेताको हुम्लालाई समृद्द बनाउने योजना ।
खानेपानी तथा सरसफाई मन्त्री तथा हुम्लाबाट निर्वाचित (नेपाली काग्रेस) सांसद, जीवनबहादुर शाही, एमाले नेता गोरखबहादुर बोगटी र माओवादी केन्द्रका नेता कर्णजीत बुढाथोकीसँग हुम्ला सदरमुकाम सिमीकोटमा गरिएको बहस ।

यो अङ्क सँगै साझा सवालले पुरै ७५ जिल्ला समेटन सफल भएको छ... हेर्नुस भिडियो

म्यादी प्रहरीमा मधेसी युवाको आकर्षण मोर्चाका नेता भन्छन्- नजाऊ भन्न सकिन्न

१३ चैत,काठमाडौं । संविधान संशोधन नगरी मधेसमा चुनाव हुन नदिने मधेसी मोर्चाको अडान कायमै रहँदा निर्वाचन प्रयोजनका लागि खुलेको म्यादी प्रहरीको भर्ना प्रक्रियामा भने मधेसी युवाको आकर्षण बढेको छ ।


मधेसका जिल्लामा निर्वाचनका कार्यक्रममा अवरोध गर्दै आएका मोर्चा कार्यकर्ताले म्यादी प्रहरी भर्तीमा भने मधेसी युवालाई रोक्न सकेका छैनन् ।

मधेसी मोर्चाको प्रभाव रहेका २ नम्बर प्रदेशका जिल्लामा समेत मधेसी युवाहरु म्यादी प्रहरीमा भर्ती हुन जिल्ला प्रहरी कार्यालयमा लाइन लागेका छन् । नेपाल प्रहरीले म्यादी प्रहरी लागिको भर्ना आवहृवान गरे लगत्तै तराई मधेसका जिल्लामा आवेदन दिने युवाको लाम लागेको छ ।

बेरोजगार युवाहरु म्यादी प्रहरीको आवेदन फारम बुझाउने लाइनमा छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय चुनावलाई ‘बहिष्कार’ गर्ने रणनिती बनाइरहेको अवस्थामा मधेसमा म्यादी प्रहरी बन्नका लागि मधेसी सामुदायकै युवाहरुको लाम लागेको छ ।

भर्ना आहृवान गरिएको दोस्रो दिन सम्म करिब २ सय ५० जनाको दरखास्त दर्ता भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डेले बताए । रुपन्देहीमात्र होइन पश्चिम तराईका कपिलबस्तु, बाँके, नवलपरासी, कैलाली, कन्चनपुर लगायतका जिल्लामा पनि म्यादी प्रहरीका लागि थारु र मधेसी युवाको आकर्षण देखिएको छ ।

मधेसी मोर्चाले एमालेको मेची महाकाली अभियान बिथोल्ने क्रममा प्रहरीको गोली लागेर ५ जनाका मृत्यु भएको सप्तरीमा समेत चुनावी प्रयोजनका लागि मागिएको म्यादी प्रहरीमा भर्ती हुन स्थानीय युवाको लाइन लागेको छ ।

मध्य तराईका धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट लगायतका जिल्लामा पनि मधेसी युवाले म्यादी प्रहरीको लागि आवेदन दिएका छन् ।



यसैबीच मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले चुनावी प्रयोजनका लागि भइरहेको म्यादी प्रहरी भर्ती प्रक्रिया बिथोल्ने वा मधेसी युवालाई रोक्ने पक्षमा मोर्चा नरहेको बताएका छन् ।

कर्णले अनलाइनखबरसँग भने- ‘म्यादी प्रहरीको भर्ती रोक्ने कुरा छैन, जानेहरु जान्छन्, नजाऊ भनेर हामीले भन्ने कुरा पनि भएन । चुनाव भनेको राजनीतिक सहमतिका आधारमा टुंगो लाग्ने कुरा हो ।’

प्रहरीले म्यादी प्रहरीका लागि चैत ११ गते देखि चैत १७ गते सम्म आवदेन दिन भनेको छ । नेपाल प्रहरीले निर्वाचनका देशभरीबाट ७५ हजार म्यादी प्रहरीको माग गरेको छ ।
-online khabar

नेपाल टेलिकमको प्रिपेड, पोष्टपेड, स्काई मोबाइल सम्बन्धि महत्वपूर्ण जानकारी ।

नेपाल टेलिकमको प्रिपेड , पोष्टपेड, स्काई आदी सिमलाई के गरी एक्टीभेट गराउने ? सबैलाई जानकारी गराउन शेयर गरौ ।

मोबाइल सम्वन्धी महत्वपूर्ण जानकारी ।

१‍ नयाँ नमस्ते प्रिपेड सीमकार्ड एक्टिभ गर्न १४१५ मा कल गर्ने
२‍ आफ्नो मोबाइल नम्बर थाहा पाउन *9# मा कल गर्ने
३ मोबाइलको ब्यालेन्स थाहा पाउन *400# मा कल गर्ने
४ NT Recharge Card बाट मोबाइल रिचार्ज गर्न *412*pin# मा कल गर्ने
अन्य थप जानकारी तलको तस्विरबाट ।
Ntc

सीमांकनबिना संशोधन असम्भव : मोर्चा

मधेस आन्दोलनको जग नै सीमांकन हो
आइतवार, चैत १३ काठमाडौं : मधेसी मोर्चाले सीमांकनसहित संविधान संशोधन विधेयक पारित गर्दै धारा २७४ समेत संशोधन हुनुपर्ने 'बटमलाइन' प्रस्तुत गरेको छ । मोर्चाका शीर्ष नेताहरूले सीमांकनबिनाको सरकारी कार्यदलले ल्याउने प्रस्तावमा कुनै प्रकारको छलफल र परामर्श हुनै नसक्ने जिकिर पनि गरेका छन् ।
सीमांकनबिनाको संविधान संशोधनमा सहमत हुन नसक्ने बताउँदै उनीहरूले सत्ता पक्षको दाबीमा कुनै सत्यता नभएको दाबी गरे । पहिलो मधेस आन्दोलन, गत नौ महिनासम्म भएको आन्दोलन र त्यसको निरन्तरताको उद्देश्य नै सीमांकन रहेको दाबी उनीहरूले गरेका छन् । साउन १९ गते माओवादी केन्द्र र कांग्रेससँग भएको तीनबुँदे सहिमतिमै स्पष्ट रूपमा उल्लेख गरिएको सीमांकनबारे सरकारले गलत प्रचार गरेको उनीहरूको भनाइ छ ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संसद्मा प्रस्तावित सीमांकनलगायत विधेयक परिमार्जनसहित पारित गर्नुका साथै धारा २७४ लाई पनि संशोधन गर्नुपर्ने बताए । उनले अन्नपूर्णसँग भने, 'स्थानीय तहको निर्वाचन शान्तिपूर्ण ढंगले विरोध गर्ने र निर्वाचन हुन नदिने मोर्चाको स्पष्ट अडान छ । सरकारले जबर्जस्ती निर्वाचन गराए पनि त्यो मान्य हुँदैन । मोर्चा निर्वाचनको पक्षमा हुन सक्दैन ।' दलको मान्यताका लागि तीन प्रतिशतको थ्रेसहोल्ड मान्य नहुने उल्लेख गर्दै उनले संसद्देखि सडकसम्म यसको विरोध गर्ने बताए ।
संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले संविधान संशोधनलाई लिएर सरकारले केके गर्यो भन्ने विषयमा आफूहरू जानकार नरहेको बताए । उनले भने, 'म कुनै कार्यदलमा छैन । सीमांकनबिनाको संशोधन भन्दै गठन गरिने कार्यदलमा बस्नुको कुनै औचित्य पनि रहँदैन ।' मधेस आन्दोलनको जग नै सीमांकन रहेकाले सीमांकनबिना संविधान संशोधन हुन नसक्ने दाबी श्रेष्ठले गरे । सत्ता पक्षले आफ्ना कमजोरी लुकाउन सहमतिको कुरालाई उचालिरहेको हुनसक्ने उनले बताए ।

स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण ढंगले विरोध गर्ने र निर्वाचन हुन नदिने मोर्चाको स्पष्ट अडान छ ।
- महन्थ ठाकुर, अध्यक्ष, तमलोपा
मधेस आन्दोनलको जग नै सीमांकन रहेकाले सीमांकनबिना संविधान संशोधन हुन सक्दैन ।
- राजेन्द्र श्रेष्ठ, सहअध्यक्ष, संघीय समाजवादी फोरम नेपाल
सम्झौताका नाममा आन्दोलन तुहाउन, रोक्न र कमजोर गर्न तीन दलले गरेको नयाँ प्रस्ताव मधेस र मधेसीविरुद्ध छ ।
- राजेन्द्र महतो, अध्यक्ष, सद्भावना पार्टी

संशोधनमार्फत समाधान गर्ने हो भने कुनै पनि विषयलाई थाती राख्नु हुँदैन ।
- महेन्द्र यादव, अध्यक्ष, तराई मधेस सद्भावना पार्टी
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले निर्वाचनका लागि सम्झौता गरी नयाँ षड्यन्त्रमा आफूहरू नफस्ने बताए । उनले भने, 'सम्झौताका नाममा आन्दोलन तुहाउन, रोक्न र कमजोर गर्न तीन दलले गरिरहेको नयाँ सम्झौताको प्रस्ताव मधेस र मधेसीविरुद्ध छ ।' सरकारले संविधान संशोधन नगरी सहमतिका लागि आयोग बनाएर समस्या समधान गर्न गरेको प्रस्तावमा मोर्चा नअल्झिने र मधेसलाई छोडेर मुलुकमा कुनै पनि निर्वाचन सम्भव नहुने दाबी महतोले गरे ।
तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवले सीमांकनबिनाको संशोधनमा मधेसी मोर्चा राजी भयो भन्दै गरिएको प्रचारमा सत्यता नरहेको बताए । उनले भने, 'सीमांकनबिनाको संशोधन प्रस्ताव प्रधानमन्त्री दाहाल र प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीले देशलाई खाल्डोमा हाल्ने षड्यन्त्रको उपज हो ।' अहिले दाहाल र ओली मधेसीका नाममा मुलुकलाई बर्बादीतर्फ लैजाने नीतिमा रहेको आरोप उनले लगाए । सीमांकनसहितको संशोधन नगरी समस्या समाधान हुन नसक्ने बताउँदै उनले भने,'संशोधनमार्फत समाधान गर्ने हो भने कुनै पनि विषयलाई थाती राख्नु हुँदैन ।' मोर्चा अब प्रमुख तीन दलको उधारोमा नचल्ने उनले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहालले चीन प्रस्थान गर्नुअघि बिहीबार राति संविधान संशोधनलाई निकास दिएर चीन जान खोजे पनि सीमांकनबिनाको प्रस्ताव राखेको र त्यसमा पनि सत्ता पक्षकै राप्रपा र प्रमुख विपक्षी एमालेले असहमति जनाएको दाबी मोर्चाका नेताहरूले गरेका छन् ।
मोर्चाले संविधानको मर्म र भावनाअनुसार सीमांकनसहितको संशोधन तथा केन्द्र (संसद्), प्रान्त (प्रदेश) र स्थानीय निकाय निर्वाचन क्रमशः हुनुपर्ने माग गरिरहेको छ ।
-annapurna post

Saturday, March 25, 2017

धनगढी पुगेर बाबुरामले भने- भारतलाई माफी मगाएरै छाड्नुपर्छ

धनगढी, १३ चैत । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले कञ्चनपुरको पुनर्वास घटनामा भारतलाई माफी मगाएरै छाड्नुपर्ने बताएका छन् ।

भारतीय सुरक्षाकर्मीको गोलीबाट नेपाली नागरिक गोविन्द गौतमको मृत्यु हुँदासमेत सरकार गैरजिम्मेवार र लाचार ढंगमा प्रस्तुत भइरहेको भन्दै बाबुरामले आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा भने- ‘जुनसुकै हालतमा भारतलाई माफी मगाएरै छाड्नुपर्छ ।’

संयोजक भट्टराईले राजनीतिक स्थिरताका लागि ल्याइएको थ्रेस होल्डको व्यवस्था जायज भएको भन्दै साना दलले विरोध गर्नुको कुनै अर्थ नरहेको दाबी गरे ।
असन्तुष्ट मधेसी मोर्चालाई पनि सहमतिमा ल्याएर तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिँदै बाबुरामले निर्वाचनका लागि आफ्नो पार्टी तयार रहेको जानकारी गराए ।

राष्ट्रिय एकतालाई मजबुत बनाउन संविधान संशोधन गर्नुको विकल्प नभएको भन्दै उनले संशोधन नभए देशमा फेरि ठूलो द्धन्द हुने चेतावनी दिए । हिमाल, पहाड, तराईका जनतालाई समेट्ने गरी समयावधिमा निर्वाचन हुनुपर्ने उनको भनाई छ ।-Dainik Nepal

संघीय फोरमका नेता अशोक वर्माले राजीनामा दिए, उपेन्द्र यादवलाई धक्का

बुटवल, १३ चैत । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले रुपन्देही जिल्ला कार्यसमितिमा ठाडो हस्तक्षेप गरेर ‘यादव’ जातीको बर्चश्व बनाएको भन्दै संगठन गर्दै आएका युवा नेता अशोक वर्माले सदस्य पदबाट राजीनामा दिएका छन् ।

युवा नेता वर्माले जिल्ला अध्यक्षलाई सम्बोधन गरेर रुपन्देही जिल्ला कार्यसमितिको सदस्यबाट राजीनामा दिएका हुन् । वर्माको राजीनामाले केन्द्रसम्म हलचल मच्चाएको छ । उपेन्द्र यादवलाई राजीनामा प्रकरणले तानव उत्पन्न भएको स्रोतको भनाइ छ ।

युवा नेता वर्माले राजीनामा पत्रमा भनेका छन्, ‘रुपन्देही जिल्ला कार्यसमितिभित्र नातावाद, कृपावाद तथा एकल जातीको नीति कायम भएकोले बुटवल क्षेत्र नम्बर ४ को अध्यक्ष रहने गरी बाँकी अन्य पदबाट राजीनामा दिएको जानकारी गराउँछु’
रुपन्देही जिल्लाको महाधिवेशनमा ठाडो हस्तक्षेप भएको भन्दै वर्मासहितका युवा नेताहरूले बन्दसत्रमा नारावाजी गर्दै बहिष्कार समेत गरेका थिए । वर्मासहितका युवाहरूले बन्दसत्र बहिष्कार गरेपछि अध्यक्ष उपेन्द्र यादवले विवादलाई थामथुम पार्ने प्रयास गरेका थिए ।

पार्टीभित्र विशेष गरेर यादव जातीको बर्चश्व रहेको भन्दै रुपन्देहीमा विद्रोह भएपछि उपेन्द्र यादव संकटमा परेका छन् । यस्तै विद्रोह अरु जिल्लामा पनि हुने तयारीमा रहेको एक नेताले बताए ।
-dainik nepal

बझाङमा भूकम्पको धक्का

बझाङ, चैत १२ – बझाङमा भूकम्पको धक्का महसुश गरिएको छ ।

शनिबार बेलुका ७ बजेर २० मिनेट जाँदा बझाङको लेकगाउँबाट २० किलोमिटर उत्तर केन्द्रविन्दु भएर ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक तिर्थ दाहालले जानकारी दिनुभयो ।

बैशाख १२ र त्यसपछि लगातार रुपमा अाएका पराकम्पले गर्दा बेलुकाकाे खाना खान बसेका मानिसहरु भागाभाग गरेका थिए ।

गत बैशाख १२ पछि पराकम्प नभएर बझाङमै भूकम्पको धक्का महसुस गरिएको थियो । यसले पनि सर्वसाधरणलार्इ डर पैदा गरेका हो ।
केही सञ्चारमाध्यमहरुमा ठूलो भूकम्प अाउनुअगाडी साना भूकम्प अाउँछ भनेर सुनेका बासिन्दाहरु डरले त्रसित रहेका खबर प्राप्त भएकाे छ ।